Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

जाडोयामभर नियमित दाउरा संकलनमा सहज

खबरडबली संवाददाता

रसुवा । चिसोको समयभर आगो ताप्ने प्रयोजनका लागि रसुवाका जङ्गलबाट दाउरा सङ्कलन गर्न सहज बनाइएको छ । जिल्लाको माथिल्ला  बस्तीमा चिसो बढ्दै गएका कारण कठ्याङ्ग्रिने जनजीवनलाई सहज बनाउन दाउरा सङ्कलनलाई प्राथमिकता दिइएको हो ।

जिल्ला विपद् व्यवस्थापनको अनुरोधमा लाङ्टाङ राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले उत्तरी हिमाली क्षेत्रका बासिन्दालाई मात्र नियमित दाउरा सङ्कलनको छुट दिएको हो । दाउरा सङ्कलनका लागि  शुल्क नलाग्ने बताइएको छ ।

नियमितरूपको दाउरा भने जाडोको समय अर्थात् आगामी फागुन १५ सम्मका लागि मात्र आगो ताप्ने प्रयोजनका लागि सुके, ढलेको तथा बोटमै सुकेका हाँगाबाट दैनिक सङ्कलन गर्न दिने निकुञ्ज तथा वन प्राविधिकले सहमति दिएका हुन् ।

दाउरा सङ्कलन गर्न वनजङ्गल पस्दा वन्यवन्तुलाई हाहु गरेर तर्साउने वा मार्ने काम गर्न नपाइने वन प्राविधिकले स्पस्ट पारेका छन् । हरियो खाले कुनै पनि वनस्पति काट्न वा मास्न नपाइने बताउँदै वन क्षेत्रका अधिकारीले तोकिएको भन्दा फरक तरिकाले गैरकानुनी कार्य गरेको पाइएमा नियमानुसार कारबाही हुनेसमेत जनाइएको छ ।

निकुञ्जका वन प्राविधिक नितेन्द्र सिंहले स्थानीय उपभोक्ता समितिको सिफारिसका आधारमा प्रत्येक हप्ता–हप्तामा मात्र दाउरा सङ्कलनका लागि उपभोक्ता जङ्गल जान पाउने प्रावधान परिमार्जन गरिएको जानकारी दिए उनले बढ्दो चिसोपनलाई मध्यनजर राखी जिल्ला विपद् व्यवस्थापन समितिको अनुरोध र आफ्ना उपभोक्ताको आवश्यकता परिपूर्ति गर्न प्रतिघर परिवार दैनिक एक–दुई भारी दाउरा सङ्कलनमा छुट गरिएको बताए ।

दाउरा सङ्कलनको निहुँमा काँचो वनस्पति काट्ने, वन्यजन्तु वा पक्षी मार्ने, तर्साउने गरेको पाइएमा कारबाही हुने जनाइएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख अनिल रेग्मीले भने वन डिभिजनको कार्यक्षेत्रमा पर्ने सबै वन समुदायमा हस्तान्तरण भइसकेको बताउनुभयो । स्थानीय उपभोक्ताले परम्परागतरूपमा जे–जति वन पैदावार उपभोग गर्दै आएका छन् ती वस्तु उपभोगमा हालसम्म रोकतोक नभएको उनले स्पष्ट पारे। 

जिल्लाका भू–भागमध्ये लाङ्टाङ निकुञ्ज क्षेत्रको नौकुण्ड गाउँपालिकाअन्तर्गत यार्सा, ग्राङ्मर, सिङ्वन्दी, चोरेचो, संयुल, लोकिल, कालिका गाउँपालिकाअन्तर्गत लोकिल, राम्चे, ग्राङ, गुम्वुडाँडा, स्याउबारी, गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत ठाडे, धुञ्चे, नागुङ, चन्दनबारी, भार्खु, ठुलोस्याफ्रु, बृद्विम, लाङ्टाङ, टिमुरेको खैदीसमेतका क्षेत्र जाडोले प्रभावित हुने गरेको बताइएको छ ।

 यसैगरी डिभिजन वन कार्यालयको इलाका क्षेत्रमध्ये उत्तरगया गाउँपालिकाको तिरू, आमाछोदिङ्मो गाउँपालिकाको हाकु, नेसिङ, ग्रे, स्यो, गोल्जुङ, गतलाङ, तातोपानी, सिम्बु, टेचाङ्चे गोसाइँकुण्ड गाउँपालिकाको थुमन तथा नाकथलीसमेतका स्थान हिमपात एवं जाडो प्रभावित क्षेत्र भएको सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेलले बताए। 

यी क्षेत्रमा चिसोपन बढिसकेको र मौसममा केही परिवर्तन आउँदा साथ हिमपात हुनसक्ने र गाउँले जनजीवन कठ्याङ्ग्रिने भएकाले डिभिजन वन तथा निकुञ्ज कार्यालयबाट दाउराको व्यवस्थापन गराउने र असहाय ज्येष्ठ नागरिक तथा गरिब महिला एवं बालबालिकाका लागि न्यानो कपडा व्यवस्था मिलाउन सरोकारवाला निकायलाई अनुरोध गरिसकिएको बताए। 

आगो ताप्ने काम घर बाहिर खुला ठाउँमा गर्न, नियमित तातोपानी पिउन, बालबालिका र ज्येष्ठ नागरिकलाई तातो स्थानमा राखी जाडोयाममा हुनसक्ने रूघाखोकी, निमोनियाजस्ता रोगप्रति सावधान रहन अनुरोध गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending