काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम सञ्चालन गरेको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका कारण स्थगित गरिएको कार्यक्रम आजदेखि पुनः सञ्चालन गरिएको हो ।
मन्त्रालयको कल सेन्टरमार्फत श्रमिकहरूले श्रममन्त्री शेरबहादुर कुँवरलाई प्रत्यक्षरूपमा आफ्ना गुनासा, समस्या र सुझाव राखेका छन् । आजको कार्यक्रममा १० बढी श्रमिकले वैदेशिक रोजगारीमा ठगिएको गुनासो मन्त्रीसमक्ष राखेका थिए ।
मन्त्री कुँवरसँग श्रमिकहरूले सम्झौताअनुसार विदेशमा आफूहरूले तलब सुविधा नपाएको, विदेश पठाउँछु भनेर रु सात लाख ५० हजारसम्म पैसा लिएको गुनासो सुनाएका थिए । संयुक्त अरब इमिरेट्स ९युएई०, मलेसिया, साउदीलगायत देशमा रोजगारीका लागि जाँदा ठगिएको उनीहरूको भनाइ छ । सुर्खेतका एक व्यक्तिले आफूलाई क्यानाडा पठाइदिने भन्दै करिब रु छ लाख ठगेको गुनासो मन्त्रीसमक्ष राखेका थिए ।
श्रमिककै गुनासा र समस्याहरू सुनेपछि मन्त्री कुँवरले वैदेशिक रोजगारीका लागि विदेश जानुपूर्व जान लागेको देश, आफूले गर्ने काम, पाउने सेवासुविधा, पठाउने म्यानपावर वा व्यक्तिका बारेमा राम्ररी बुझ्ने, जानकारी लिने अनि कसैलाई पैसा तिरेको भए त्यसको प्रमाण राख्नेलगायत विषयमा ध्यानु दिनुपर्नेमा जोड दिए । उनले श्रमिकका समस्या र सवालबारे तत्कालै बुझेर समाधानका लागि वैदेशिक रोजगार विभाग र बोर्डलाई निर्देशन दिएको थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १७:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...
पौष ६ गते, २०८२ - १६:३२
काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक ...
पौष ६ गते, २०८२ - १६:१६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...
पौष ६ गते, २०८२ - १६:०९
काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...
पौष ६ गते, २०८२ - १५:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...
पौष ६ गते, २०८२ - १५:३९
जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...
पौष ६ गते, २०८२ - १५:२७
काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...
पौष ६ गते, २०८२ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...




प्रतिकृया लेख्नुहोस्: