Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

स्थिरता र विकासका लागि निश्चित अवधिसम्म गठबन्धन रहनुपर्छः महन्थ ठाकुर

खबरडबली संवाददाता

काठमाडौ । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपाल सत्ता गठबन्धनमै रहने भएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले राजनीतिक स्थिरता र विकासका लागि आफ्नो पार्टी निश्चित समयसम्म गठबन्धनमा रहनुपर्ने आवश्यकता औँल्याए।

लोसपाका शीर्ष नेताहरुको बैठकले पाँचदलीय सत्ता गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुनेबारे समान धारणा बनाएकोे उनले जानकारी दिए । उनले भने, “सत्तामा गए पनि नगए पनि गठबन्धन कायम होस् भन्ने हाम्रो भावना छ । सत्तामा सहभागी हुनु ठूलो कुरा होइन, कमसेकम राजनीतिक अस्थिरताले विकासको काममा असर पर्छ, त्यसैले  स्थिरता र विकासका लागि निश्चित अवधिसम्म गठबन्धन रहनुपर्छ ।”

उनले कोभिड–१९ महामारी लगायतका कारण जुनसुकै सरकार बने पनि राजनीतिक स्थिरता र मुलुकको समग्र आर्थिक विकासमा केन्द्रित हुनुपर्ने आवश्यकतामा जोड दिए ।

अध्यक्ष ठाकुरले सत्ता गठबन्धनमा सहभागी हुनेलगायत समसामयिक विषयमा आज साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग कुराकानी हुने पनि जानकारी दिए । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आजै सार्वजनिक हुने र त्यसपछि नयाँ सरकार गठनका लागि दलहरुले पहल कदमी अघि बढाउने बुझिएको छ ।

लोसपाका वरिष्ठ नेता शरत्सिंह भण्डारीले सत्ता गठबन्धनमा सहभागी हुनेबारे पार्टीका शीर्ष नेताहरुको बैठकले निर्णय गरिसकेको बताए । उनले भने, “हिजो हामी निर्वाचनमा पनि गठबन्धन गरेर गएका थियौँ, अहिले निर्वाचनपछि पनि स्वाभाविक रुपमा सत्ता गठबन्धनमा रहन्छौँ, नयाँ बन्ने सरकारलाई लोसपाको समर्थन रहन्छ ।”
     
सत्ता गठबन्धनमा सहभागी हुनेबारे औपचारिक निर्णय गर्न लोसपाको छिट्टै कार्यकारिणी समितिको बैठक बोलाइएको पनि नेता भण्डारीले जानकारी दिए । लोसपाको कार्यकारिणी समितिको बैठक पुसको पहिलो साता बस्ने जनाइएको छ । लोसपाले प्रतिनिधिसभामा चार सिट जितेको छ । (

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महाधिवेशनमा सबैलाई उम्मेदवारी दिन खुला छ: रवि लामिछाने

रास्वपा ‘ह्वीप’ भन्दा पनि ‘विवेक’ले चल्ने पार्टी हो

प्रतिनिधिलाई तोकिएको पाँच हजार स्वेच्छिक बनाइएको सभापति लामिछानेको घोषणा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका रूपमा तोकिएको पाँच हजार रुपैयाँ शुल्क स्वेच्छिक बनाइएको घो...

विष्णु पौडेल विशेष अदालतमा उपस्थित, २० दिन थुनामा राख्न अनुमति मागियो

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ। वि...

रास्वपाको बन्द सत्र सुरु, बालेन शाह आएनन्

चितवन । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्द सत्र सुरु भएको छ। बन्द सत्र हिजो नै सुरु गर्ने तयारी भए पनि प्राविधिक कारण देखाउँ...

कांग्रेसलाई १० वर्षमा “छिया–छिया” पारियो, अब पार्टी बनाउने अभियान अघि बढाउँछौं: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो ८–१० वर्षमा नेपाली कांग्रेसलाई गम्भीर रूपमा कमजोर बनाइएको टिप्पणी गरेका छन्। झापामा आयोजित...

कीर्तिपुरको होल्डिङ सेन्टर खाली गर्न ५ दिनको समय, सुकुम्बासीलाई प्रति परिवार २५ हजार रुपैयाँ दिने निर्णय

काठमाडौं । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीलाई ५ दिनभित्र भवन खाली गर्न सूचना जार...

मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी

काठमाडौँ। सरकारले मेडिकल शिक्षामा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने तयारी गरेको छ । मङ्गलबार सङ्घीय संसद् राष्ट्रिय सभा अन्तर्गतको विका...

सार्वजनिक यातायातमा प्रविधिको माध्यमबाट निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले प्रविधिको प्रयोगमा जो...

रास्वपा महाधिवेशन: मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसी...

रास्वपा महाधिवेशन: प्रतिनिधि तीन हजार ८४९ कायम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन हजार ८४९ प्रतिनिधि कायम भएका छन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending