Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

ललिता निवास प्रकरणमा फेरि कागजपत्र जाँच्दै सीआईबी

खबरडबली संवाददाता

काठमाडौं । ललिता निवासको सरकारी जग्गा हिनामिनाबारे प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदन फिर्ता भएको एक वर्षपछि केन्द्रीय अनुसन्धान ब्युरोले पुनः अनुसन्धान सुरु गरेको छ। 

करिब तीन वर्ष लगाएर तयार पारिएको अनुसन्धान प्रतिवेदन सीआईबीले २०७८ पुस २२ गते जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो।

सीआईबीको सो अनुसन्धान प्रतिवेदन अपूर्ण रहेको जनाएर जिल्ला सरकारी वकिलको कार्यालयले पुस २६ गते पुनः सीआईबीलाई नै फिर्ता पठाएको थियो। अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएका कतिपय बुँदाका सक्कली कागजपत्र तथा प्रमाणसमेत पेस गर्न भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले अनुसन्धान प्रतिवेदनमाथि १० बुँदामा सीआईबीलाई पत्रचार गरेको थियो।

सरकारी वकिलको कार्यालयले ललिता निवासको जग्गामा पशुपति टिकिन्छा गुठीबाट मोही खडा गरी जग्गा वितरण गरेको जग्गाको सक्कल कागज मागेको थियो।​ त्यसैगरी प्रतिवेदनमा उल्लेख भएको वि.सं. १९८७ को लालमोहरको आधिकारिकता पुष्टि गर्न, मालपोत ऐन २०३४ अनुसार सरकारी जग्गा व्यक्तिको नाममा रहेको पाइए स्वतः खारेज हुने र सरकारी कायम हुनुपर्नेमा मालपोत कार्यालयले फिर्ता वा जफत गर्नेबारे भएको पछिल्लो प्रगति तथा त्यसको मिसिलसमेत पेस गर्नुपर्ने उल्लेख गरिएको थियो।

यसैगरी सरकारी जग्गा प्राप्ति ऐन २०१८ को दफा ७ बमोजिम ललिता निवाससमेतका छवटा दरबार अधिग्रहण गर्ने २०२१ मङ्सिर १५ गतेको निर्णयको सक्कली कागजपत्र तथा २०२१ मङ्सिर १७ गते प्रकाशित राजपत्रको सूचनाको प्रमाणसमेत पेस गरी अनुसन्धान प्रतिवेदन पुनः तयार गर्न भनिएको थियो।

ललिता निवासको जग्गा साविकमा भीम शमशेरले लालमोहर पाई हक हस्तान्तरण हुँदै सुवर्ण शमशेर र निजका हकवाला अंशियारमा आएको देखिएको थियो। 

सरकारी वकिलको कार्यालयले नेपाल सरकारले अधिग्रहण तथा जफत गरी प्राप्त सरकारी जग्गा कायम भएको ललिता निवास क्याम्पभित्रको २९९ रोपनी ९ आना ३ दाम जग्गाको नापजाँचका प्रमाण र त्यसमा बनेका संरचनाको हाइलाइट नक्सा स्पष्ट पारी प्रतिवेदनमा पेस गर्न भनिएको थियो।

सीआईबीले गत वर्ष बुझाएको अनुसन्धान प्रतिवेदनमा पेस गरिएका विभिन्न निवेदन, मुचुल्कासहितका प्रस्ताव तथा स्वीकृति दिने व्यक्ति र साक्षीको सहीछापको सक्कली प्रमाण पेस गर्न आग्रह गरिएको थियो। यो समाचारगोरखापत्र दैनिकमा छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending