काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले रेशम चौधरी प्रकरणमा दोहोरो भूमिका देखाएका छन्।
ओलीले स्थानीय चुनावको मुखैमा कैलाली पुगेर रेशम चौधरीको बचाऊ गर्दै मुद्धा लगाएर जेलमा हाल्नुपर्ने कुनै कारण नभएको बताएका थिए।
तर, अहिले सरकारले चौधरीलाई छाड्न अध्यादेश ल्याउँदा एमालेले विरोध गरेको छ।
ओलीको भनाइ जस्ताको जस्तै
मलाई थाहा छ, यहाँका थारु नेता जेलमै छन् । अनेकौं हजार मान्छे मरे । जेलमा हुनुपरेन । यहाँ हुँदै नभएको मान्छेलाई मुद्दा लगाएर, अर्को मान्छेलाई मुद्दा लगाएर यहाँ हुँदै नभएका रेशम चौधरीलाई त्यसबेला यहाँ थिएनन् । उनलाई मुद्दा लगाउनुपर्ने कुनै कारण थिएन ।
मैले थारु समुदायसँग, थारु समुदायका नेताहरूसँग ६ बुँदे सम्झौता गरेर ती समस्याहरूको समाधान गरौंला भनेर प्रतिबद्धता जनाएको थिएँ, सम्झौता गरेको थिएँ । तर, सरकार गयो, अहिलेको सरकारले १० महिनासम्म कुनै समस्याको समाधान गरेन । भोटको राजनीति गर्छ, समस्याको समाधान गर्दैन ।

थारु कल्याणकारीलाई बोलाएर मैले सहमति गरेको थिएँ र तपाईंहरूको यी काम म गरिदिन्छु भनेर प्रतिबद्धता जनाएको थिएँ । हाम्रो गृहमन्त्री उहाँहरू अनसन बसेको ठाउँमा, धर्ना दिएको ठाउँमा आफैं गएर पलेटी कसेर बसेर माग पूरा गर्छु भन्नुभयो । तर सरकार गयो, तपाईंहरूलाई थाहा छ ।
आगामी दिनमा यस्ता समस्याहरू कायम राख्ने होइन, समाधान गर्दै देशविकासको काममा हामी सबै अगाडि बढ्नुपर्छ । हो, यही कुराको ध्यानाकर्षण गर्न पनि म कैलालीजस्तो बढी संवेदनशील जिल्लामा आएको हुँ ।
२०७८ जेठ १८ गते ओली नेतृत्वको सरकार र थारु कल्याणकारी सभा, थारुहट थारुवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सम्झौता गरिएको थियो । चुनावअघि चौधरी निर्दोश देख्ने एमालेले चुनावलगत्तै अपराधी भएको आरोप लगाएको छ।
यस्तो थियो ६ बुँदे सहमति


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - ०८:२९
हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...
पौष ११ गते, २०८२ - ०८:१६
काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...
पौष ११ गते, २०८२ - ०८:१३
काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...
पौष ११ गते, २०८२ - ०८:०६
काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...
पौष ११ गते, २०८२ - ०७:५०
म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...
पौष ११ गते, २०८२ - ०७:४४
मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...
पौष ११ गते, २०८२ - ०७:३७
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...
पौष ११ गते, २०८२ - ०७:३३
काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...
पौष ११ गते, २०८२ - ०७:०५
मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...
पौष ११ गते, २०८२ - ०७:०१
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...




प्रतिकृया लेख्नुहोस्: