Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

कामचलाउ सरकारले सिफारिस गरेको विवादित अध्यादेशमा राष्ट्रपति के गर्लिन् ?

राष्ट्रपतिका राजनीतिक सल्लाहकार भन्छन् : कामचलाउ सरकार भएकाले अध्ययन गर्नुपर्ने भयो

खबरडबली संवाददाता

काठमाडौं । सरकारले सिफारिस गरेको विवादित अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्छिन् वा यसअघिको नागरिकता विधेयकजस्तै निष्क्रिय बनाउँछिन् भन्नेबारे विभिन्न आकलन र टीकाटिप्पणी सुरु भएका छन्।

सरकारले फौजदारी कार्यविधिमा संशोधन गर्दै निश्चित प्रकृतिका घटनामा सरकार पक्षले लगाएका मुद्दा फिर्ता लिन मिल्ने अध्यादेश सोमवार राष्ट्रपतिलाई सिफारिस गरेको थियो।

कतिपयले राष्ट्रपतिले यस्तो अध्यादेश जारी गर्न नहुने बताइरहेका बेला राष्ट्रपतिको कार्यालयले भने यसबारे कस्तो निर्णय हुन्छ भनेर स्पष्ट भनेको छैन।

तर राष्ट्रपति भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले राष्ट्रपति भण्डारीले आफू विवादमा नपर्ने गरी संविधानले दिएको अधिकार प्रयोग गर्ने प्रतिक्रिया दिएका छन्।

“निर्णय विवादित बन्नु पनि हुँदैन, संविधान र कानुनभन्दा बाहिर जानु पनि हुँदैन। त्यसैले उहाँ छलफलमा हुनुहुन्छ,” यादवले भने।

आगामी फागुन अन्तिममा आफ्नो दोस्रो कार्यकाल पूरा गर्न लागेकी राष्ट्रपति भण्डारीलाई सकेसम्म विवाद नहुनेगरी निर्णय लिन आफूहरूले पनि सुझाव दिने यादवले बताए।

'कामचलाउ सरकार भएकाले अध्ययन गर्नुपर्ने भयो'

यसअघि गत असोजमा संसद्को बहुमतले पारित गरेको नागरिकता संशोधन विधेयक प्रमाणीकरण नगरेपछि भण्डारीको आलोचना भएको थियो।

“यही सरकारले एउटा पार्टी फुटाउन २० प्रतिशतमा पार्टी छुट्ट्याउन मिल्ने अध्यादेश ल्याउँदा सम्माननीय राष्ट्रपतिले सही गर्नुभयो” उनले भने।

“किनकि संविधानमा त्यही कुरा थियो। तर अहिले कामचलाउ सरकार भएको हुनाले यो कुरा चाहिँ अध्ययन गर्नुपर्ने भयो।”

उनले अध्यादेशबारे कांग्रेसकै नेताहरूले समेत असन्तुष्टि व्यक्त गरिरहेका कारण राष्ट्रपतिले सबै पक्षसँग परामर्श गर्ने जानकारी दिए।

“आफ्नै पार्टी, विरोधी दल र सहयोगी पार्टीबाट पनि विरोध भइरहेको छ। नागरिक समाजबाट पनि विरोध भएको छ र कानुनसम्मत छ कि छैन भन्ने प्रश्न पनि उठिरहेको छ। त्यस कारण यो पेचिलो भएको हुनाले सबैसँग सल्लाह गरेर उहाँ जानुहुन्छ,” उनले भने।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति भण्डारीले सरकार पक्षसँग पनि परामर्श लिने बताए।

“अध्ययन गरेर एउटा टुङ्गोमा पुग्नुहोला। आवश्यक पर्दा सरकार र सरकारसम्बद्ध निकायहरूसँग पनि परामर्श गर्न सक्नुहुन्छ,” उनले भने।

“अहिले नै यही टुङ्गोमा पुग्नुहुन्छ भन्न सक्दैनौँ।”

यसअघि कतिपय सन्दर्भमा राष्ट्र र जनताको भावना हेरेर राष्ट्रपतिले निर्णय लिएको उल्लेख गर्दै अधिकारीले यो विधेयकबारे राष्ट्रपति कुनै निष्कर्षमा चोडमा पुग्न बाँकी नै रहेको बताए।

नेपाली कांग्रेसका प्रभावशाली महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्ा सहितका कतिपय नेताहरूले पनि अध्यादेशको विरोध गरिरहेका छन्।

नेकपा एमालेले आफ्नो संस्थागत धारणा सार्वजनिक गरेको छैन तर उक्त पार्टीका सचिव योगेश भट्टराईले अध्यादेशको विरोध गरेका छन्।

“नयाँ संसद् आइसकेपछि अध्यादेशको बाटोमा जानु भएन। यस्ता विषयमा एमालेले समर्थन पनि गर्दैन र यसरी माफी दिने कुराले आगामी दिनमा पनि यस्ता काम गर्न उत्साहित गर्न सक्छ,” उनले भने।

अध्यादेशमा के छ?

अध्यादेशमा “विद्यमान राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलाप सञ्चालन गरिरहेका राजनीतिक दल वा समूह”का हकमा आममाफी लागु हुने भनिएको छ।

जसका लागि शान्तिपूर्ण राजनीतिक क्रियाकलाप सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुपर्ने र “नेपाल सरकार र त्यस्तो राजनीतिक दल वा समूहबीच राजनीतिक प्रकृतिका सम्झौता” भएको हुनुपर्ने भनिएको छ।

यस्तो अवस्थामा सरकार पक्षले दायर गरेका मुद्दा फिर्ता लिनेगरी सहमति भएको अवस्थामा “त्यस्ता राजनीतिक दल वा समूहका नेता तथा कार्यकर्ताका विरुद्धमा नेपाल सरकार वादी भई चलाइएका मुद्दा जुनसुकै तहको अदालतमा विचाराधीन रहेको भए पनि फिर्ता लिन बाधा पर्नेछैन" भनिएको छ।

व्यवस्थामा मौन तरिकामा आपत्ति

अध्यादेशमा विरोध जनाइरहेका धेरैले यसको विषयवस्तुमा भन्दा पनि संसद्को निर्वाचन सकिएर बैठक सुरु हुनै लाग्दा अध्यादेशको बाटो प्रयोग गरिएको भन्दै आपत्ति जनाएका छन्।

“अध्यादेशले कसलाई फाइदा पुग्छ पुग्दैन भन्ने विषयमा म जान्नँ। विवाद हुने कुरामा म बोल्दिनँ तर यसरी अध्यादेश ल्याउने कुरा ठिक होइन,” पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले भने।

जानकारहरूले यस्तो अध्यादेशले टीकापुर घटनाका कारण जेल सजाय खेपिरहेका रेशम चौधरी र उनका कार्यकर्ता, कुनै समय राज्यविप्लवको अभियान चलाएका सीके राउत र विगतमा अर्ध भूमिगत गतिविधि गरेको नेत्रविक्रम चन्द नेतृत्वको पार्टीका कार्यकर्ताहरूलाई यसले प्रत्यक्ष लाभ पुग्ने बताएका छन्।

चौधरी पक्षसँग गत वर्ष जेठमा एमाले नेतृत्वको सरकारका कानुनमन्त्री लीलानाथ श्रेष्ठले गरेको सम्झौताका कारण यो अध्यादेशले रेशम चौधरी सहितका नेताहरूलाई रिहाइका लागि बाटो खुल्ने ठानिएको छ।

सीके राउत नेतृत्वको जनमत पार्टी र चन्द नेतृत्वको नेकपासँग पनि ओली नेतृत्वको अघिल्लो सरकारले सम्झौता गरेको थियो।

कतिपयले हाल थुनामा रहेका कांग्रेसका नेता मोहम्मद अफताव आलमलाई समेत यो अध्यादेशले फाइदा पुग्ने दाबी गरे पनि कानुनका जानकारहरू उनी संलग्न भएको घटना राजनीतिक प्रकृतिको नभएको र राज्यले सम्झौता नगरेका कारण आलम छुट्न नसक्ने बताउँछन्।  बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending