Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

कांग्रेस र एमाले मिलेर सरकार बनाउने सम्भावना कति ?

खबरडबली संवाददाता

गठबन्धनलाई नै निरन्तरता दिने भन्ने गठबन्धन नेतृत्वले भनिसकेको छ। वैकल्पिक हिसाबले सरकार बनाउने विषय छलफलमा छैन।

काठमाडौं । मङ्सिरमा सम्पन्न निर्वाचनको अन्तिम नतिजा आएसँगै सरकार गठन गर्ने विषयमा प्रमुख राजनीतिक दलहरूले छलफल र गृहकार्य थालेको चर्चा सुरु भएको छ।

नवनिर्वाचित प्रतिनिधिसभामा ठूलो दलका रूपमा स्थापित नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेका नेताहरूबीच पनि छलफल भएको भन्ने विवरणहरू आइरहेका छन्।

पछिल्ला दिनमा उक्त दलका केही नेताहरूबीच भएका भेटलाई कतिपयले नयाँ सरकार गठनसँग जोडेर हेरेका छन्।

यद्यपि दुवै दलका नेताहरूले “ती भेटमा सत्ता साझेदारीबारे गम्भीर कुराकानी नभएको” बताएका छन्।

त्यस्तै गत साता चुनावी तालमेल समेत गरेका सत्ताधारी गठबन्धनका शीर्ष नेताहरूले मतपरिणामले गठबन्धनलाई अघि बढाउने अभिमत दिएको वक्तव्यमार्फत् जनाएका थिए।

उनीहरूले “गठबन्धन थप एकताबद्ध हुँदै अघि बढ्ने” उल्लेख गर्दै सत्ता साझेदारी कायम रहने जनाएका थिए।

तर गठबन्धनका दलहरूसँग स्पष्ट बहुमत छैन।

प्रत्यक्ष निर्वाचनबाट ५७ र समानुपातिकतर्फबाट ३२ गरी नेपाली कांग्रेसका कुल ८९ सांसद हुनेछन् भने नेकपा एमालेका प्रत्यक्षबाट ४४ र समानुपातिकतर्फबाट ३४ गरी कुल ७८ सांसद छन्।

ओलीको सङ्केत 

यसै साता नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका थिए।

उक्त भेटघाटलाई लिएर कतिपयले दुई दलका नेताहरूबीच सरकार गठनबारे पनि छलफल भएको हुनसक्ने अनुमान गरेका छन्।

केसीले चाहिँ त्यो भेट “विशुद्ध शिष्टाचार र चुनाव जितेकोमा बधाई साटासाटमा मात्र सीमित रहेको” दाबी गरे।

यद्यपि उनले “देशको वर्तमान परिस्थिति र सरकार गठनबारे छलफल नभएको भन्ने नभएको” पनि बताए।

केसीले भने, “सरकार गठनको बारेमा त खास नेतृत्व तहको कुरा हो। उहाँहरूले गरेको भए बेग्लै कुरा हो।”

“हामी एउटा गठबन्धन लिएर चुनावमा गयौँ  र जनसमर्थन प्राप्त गर्‍यौँ। यसबीचमा विकल्प खोज्नु राजनीतिक इमान्दारी हुँदैन। त्यतातिर त्यति गम्भीरतापूर्वक छलफल भएन।”

“तर के छ भने- त्यस्ता सम्भावनाहरू खोज्नुपर्छ। मुलुक अस्थिरतातिर जान लाग्यो भन्ने उहाँ (ओली) ले कुरा निकाल्नुभएको थियो।”

उनले चुनावले जनतामा असन्तुष्टि देखा परेको र देश भूराजनीतिक हिसाबले पनि असहज अवस्थामा पर्ने सङ्केत देखिएकोबारे ओलीसँगको भेटमा चर्चा भएको जानकारी दिए।

उसोभए सरकार गठनबारे कुरै भएन त भन्ने प्रश्नमा केसीले भने, “सरकार बनाउने विषयमा कुराकानी नभएको होइन। अहिले सरकार त गठबन्धनकै बन्छ भन्ने कुरा मैले राखेँ।”

“होइन, त्यसले निम्त्याउने जटिलताले के खालको परिस्थिति निम्त्याउँछ। त्यो पनि त बुझ्नुभएको होला भन्ने उहाँको कुरा थियो।”

“त्यसोभए ओलीको सङ्केत मिलेर जाऔँ भन्ने थियो?” भन्ने प्रश्नमा केसीले भने, “त्यो सङ्केत चाहिँ नआएको होइन।”

उनले देशमा अस्थिरता बढ्ने अवस्था बन्यो त्यसलाई स्थिरतातिर लिएर जान “तपाईँहरूले पहल गर्नुपर्‍यो” भनेर ओलीले भनेको बताए।

केसीका भनाइमा देशको परिस्थितिबारे ओली र उनीबीच सामीप्यता पनि देखिएको थियो।

एमाले के भन्छ ?

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अन्य दलहरूसँगै नेपाली कांग्रेससँग पनि देशको वर्तमान परिस्थितिबारे छलफलहरू भइरहेको बताएका छन्।

यद्यपि त्यो “सरकार गठनको तहमा नपुगेको” उनको भनाइ छ।

उनले निर्वाचनको नतिजाले देशलाई “थप अस्थिर र जटिल” परिस्थितितर्फ लैजाने देखिएकाले त्यसबारे एमालेले चासो र चिन्ता व्यक्त गर्दै दलहरूसँग छलफल गरेको स्पष्ट गरे।

अहिले जनतामा देखिएको असन्तुष्टि र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिले नेपालमा प्राप्त भएको उपलब्धिमाथि नै खतरा उत्पन्न हुन सक्ने भएकाले त्यसबारे मुख्य दलहरू एक हुनुपर्ने ज्ञवालीले बताए।

तर सरकार गठनबारे पनि एमालेले कांग्रेससँग कुराकानी गर्न खुला रहेको ज्ञवालीको भनाइ छ।

उनले भने, “साच्चै गम्भीरतापूर्वक नेकाले छलफल गर्ने हो भने र देशका मुख्य अजेन्डामा न्यूनतम साझा अवधारणा बनाउन हो भने ठूलो दल बनेकाले उसले सरकार बनाउँदा हामीले बाहिरबाट सहयोग गर्ने वा हामीले बनाउँदा उसले सहयोग गर्ने अवस्था हुन सक्ला।”

तर त्यसबारे अहिले यी दुई दलबीच गम्भीर रूपमा त्यसबारे चर्चा नभएको उनको भनाइ छ।

यद्यपि देशमा राजनीतिक अस्थिरता उत्पन्न हुने र चारवटा दल मिलेर पनि सरकार बनाउन नसक्ने परिस्थिति आएकाले खास विषयहरूमा दुई दलबीच एकैखाले अवधारणा बन्न सके उपयुक्त हुने उनको भनाइ छ।

के कांग्रेस भन्छ ?

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमालेसँग "छलफल भएको” बताए। तर त्यस्ता छलफल “सरकार गठनमा केन्द्रित नभएको” उनको भनाइ छ।

“कतिपय विषयमा समान दृष्टिकोण बनाउनुपर्ने हुन्छ। त्यसैले गर्दा छलफहरू भएका छन् तर सरकार गठनको विकल्पबारे कुरा भएको छैन,” उनले भने।

“गठबन्धनलाई नै निरन्तरता दिने भन्ने गठबन्धन नेतृत्वले भनिसकेको छ। वैकल्पिक हिसाबले सरकार बनाउने विषय छलफलमा छैन।”

कांग्रेस र एमाले मिलेर सरकार बनाउने भन्ने खालका विवरणहरू आएको कुरालाई भने उनले अस्वीकार गरेनन्।

महतले भने, “कतिपय कुराकानीमा त्यस्तो कुरा भएका हुनसक्छ। त्यो सार्वजनिक भएको छ, तर वैकल्पिक ढङ्गले सरकार बनाउने विषय गम्भीर छलफलको विषय भएको छैन।” बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेट्रोल र डिजेलमा किन भयो भारी मूल्य वृद्धि ? यस्तो छ निगमको जवाफ

प्रतिसिलिन्डर २१६ रुपैयाँ बढेर आए पनि ग्यासको मूल्य नबढाएको प्रस्टीकरण

पूर्वी नाकाबाट भित्रिए छ हजार ७ सय ९१ पर्यटक

झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्र...

बाजुराको उच्च भेगमा वर्षात्सँगै हिमपात हुँदा किसान खुसी

बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि  वर्षासँगै हिमपात भएको हो । गत माघ दोस्रो सातापछि पनि जिल्लाको उच्च भेगमा वर्षासँगै हिमपात भएको थियो ।...

कांग्रेस समानुपातिकमा सभापतिका ससुरादेखि पूर्वराष्ट्रपतिका छोरासम्म

काठमाडौं । ‘थ्रेसहोल्ड’ कटाएका ६ वटा राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिटअनुसारका सांसदको नाम तय गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास...

मध्यपूर्व युद्धको असर : नेपालमा पनि पेट्रोल १५, डिजेल र मट्टीतेल १० रुपैयाँले महँगियो

अब काठमाडाैंमा प्रतिलिटर पेट्रोल १७२ र डिजेल–मट्टीतेल १५२ पर्ने

नयाँ सरकारले तत्काल सामना गर्नुपर्ने अर्थतन्त्रका चार मुख्य चुनौती

काठमाडौं । नवनिर्वाचित सरकारले शासन सम्हालेको करिब दुईअढाई महिनामै नयाँ बजेट ल्याउनुपर्ने छ। अबको केही दिनमा नयाँ सरकार गठन भइसक्ने आकलनका माझ उक्त...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न व्यवसायीको माग

रूपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेपछि रूपन्देहीका उद्योगी र व...

कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध

काठमाडौँ । कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ । दूतावासले विज्ञप्तिमार्फत...

रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्न...

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने भएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र स...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: