Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

दाइजोले निम्त्याएको लफडा, विवादले उग्ररुप लिँदा प्रहरी र स्थानीयबीच झडप

रामगोपालपुरको अवस्था तनावग्रस्त, व्यापकरूपमा नेपाल र सशस्त्र प्रहरी परिचालन

खबरडबली संवाददाता

पतीले थप दाइजोका रूपमा काठमाडौँमा घर किनिदिन माइती पक्षसँग भन्नका लागि नेहालाई शारीरिक र मानसिक यातना दिँदै आएको र घरबाट समेत निकाला गरिदिएपछि नेहाले कानुनी बाटो अपनाएकी छिन् ।

महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिकामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा बिहीबार पाँच जना प्रहरी घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार झडपमा नेपाल प्रहरीका दुई, सशस्त्र प्रहरीका दुई र एक जना रामगोपालपुर नगरपालिकाका नगर प्रहरी घाइते भएका छन् ।

रामगोपालपुर नगरपालिका–५ बस्ने डा पङ्कज चौधरीले पत्नी नेहा चौधरीलाई घरभित्र पस्न नदिएपछि उत्पन्न भएको विवादले उग्ररुप लिँदै आन्दोलनमा परिणत भएपछि रामगोपालपुरमा प्रहरी र स्थानीयबीच झडप भएको हो ।

औरही नपा–१ माइती भएकी नेहाले पतिविरुद्ध घरेलु हिंसा र दाइजोविरुद्धको मुद्दा दिएकामा मङ्सिर २६ गते महोत्तरी जिल्ला अदालतले संरक्षणात्मक आदेश जारी गर्दै नेहालाई घरभित्र प्रवेश गर्न दिन भनेपछि नेहा अदालतको पत्र लिएर पतिको घर रामगोपालपुर–५ मा पुगेपछि त्यहाँ ताल्चा लागेको थियो ।

ताल्चा लागेका घर अगाडि नै नेहाले धर्ना बसेपछि स्थानीयवासीले नेहालाई घरभित्र प्रवेश गराउनुपर्ने माग राख्दै आन्दोलन गर्न थालेका छन् । स्थानीयले रामगोपालपुरका नगरप्रमुखले नेहाका सासु, ससुरालगायत परिवारका व्यक्तिलाई लुकाएर संरक्षण दिइरहेको आरोप लगाउँदै नगरपालिका भवनमा तोडफोड, सडक जामलगायत कार्यक्रम गर्न थालेपछि आन्दोलनले उग्ररुप लिएको थियो भने प्रहरी र स्थानीयबीच पटक–पटक झडप भएको हो ।

यता प्रहरीले नेहाको पति डा पङ्कज चौधरीलाई पक्राउ गरी उनीविरुद्ध विवाहमा दाइजो लिएको मुद्दामा अनुसन्धान गरिसकेको तथा घरेलु हिंसा मुद्दाउपर पनि अनुसन्धान गरिरहेको अवस्थामा थप आन्दोलन गर्नु नपर्ने भन्दै प्रहरी प्रमुख कृष्ण पङ्गेनीले बिहीबार नगरपालिकाको भवन तोडफोड र सडकमा चक्काजाम गराएको आरोपमा नेहा चौधरी र उनका सहयोगी निहारिका सिंह राजपुतलाई पनि नियन्त्रणमा लिएको हो ।

अहिले रामगोपालपुरको अवस्था तनावग्रस्त रहेको छ भने त्यहाँ व्यापकरूपमा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको हो । नेहाले डा पङ्कजसँग गत फागुन महिनामा रु ५० लाख बढी दाइजो दिएर रु एक करोड बढी लागतमा विवाह गरेकी थिइन् । 

तर पतीले थप दाइजोका रूपमा काठमाडौँमा घर किनिदिन माइती पक्षसँग भन्नका लागि नेहालाई शारीरिक र मानसिक यातना दिँदै आएको र घरबाट समेत निकाला गरिदिएपछि नेहाले कानुनी बाटो अपनाएकी छिन् ।

तर अदालतको आदेशको पनि अवज्ञा गर्दै ससुराली पक्षले नेहालाई घरभित्र पस्न नदिएपछि विगत चार–पाँच दिनदेखि नेहा ससुराली घरको मूलढोकामा बस्दै आएकी छिन् र स्थानीयवासीले उनको न्यायका लागि आन्दोलन सुरु गरेको अवस्था छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेट्रोल र डिजेलमा किन भयो भारी मूल्य वृद्धि ? यस्तो छ निगमको जवाफ

प्रतिसिलिन्डर २१६ रुपैयाँ बढेर आए पनि ग्यासको मूल्य नबढाएको प्रस्टीकरण

पूर्वी नाकाबाट भित्रिए छ हजार ७ सय ९१ पर्यटक

झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्र...

बाजुराको उच्च भेगमा वर्षात्सँगै हिमपात हुँदा किसान खुसी

बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि  वर्षासँगै हिमपात भएको हो । गत माघ दोस्रो सातापछि पनि जिल्लाको उच्च भेगमा वर्षासँगै हिमपात भएको थियो ।...

कांग्रेस समानुपातिकमा सभापतिका ससुरादेखि पूर्वराष्ट्रपतिका छोरासम्म

काठमाडौं । ‘थ्रेसहोल्ड’ कटाएका ६ वटा राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिटअनुसारका सांसदको नाम तय गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास...

मध्यपूर्व युद्धको असर : नेपालमा पनि पेट्रोल १५, डिजेल र मट्टीतेल १० रुपैयाँले महँगियो

अब काठमाडाैंमा प्रतिलिटर पेट्रोल १७२ र डिजेल–मट्टीतेल १५२ पर्ने

नयाँ सरकारले तत्काल सामना गर्नुपर्ने अर्थतन्त्रका चार मुख्य चुनौती

काठमाडौं । नवनिर्वाचित सरकारले शासन सम्हालेको करिब दुईअढाई महिनामै नयाँ बजेट ल्याउनुपर्ने छ। अबको केही दिनमा नयाँ सरकार गठन भइसक्ने आकलनका माझ उक्त...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न व्यवसायीको माग

रूपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेपछि रूपन्देहीका उद्योगी र व...

कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध

काठमाडौँ । कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ । दूतावासले विज्ञप्तिमार्फत...

रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्न...

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने भएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र स...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: