Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

चिनियाँ कम्पनीलाई निर्यात नियन्त्रणको सूचीमा राखेकामा अमेरिकाको विरोध

खबरडबली संवाददाता

बेइजिङ । अमेरिकाले ३६ वटा चिनियाँ कम्पनीलाई निर्यात नियन्त्रणको सूचीमा राखेकामा चीनले त्यसको विरोध गरेको छ । अमेरिकी कारबाहीको जवाफमा चीनले आफ्ना कम्पनी र संस्थाहरूको वैधानिक अधिकार संरक्षण एवम् हित प्रवद्र्धनमा दृढताका आवश्यक कदम चाल्ने वाणिज्य मन्त्रालयका प्रवक्ताले बताएका छन् । 

चिनियाँ पक्षले २५ वटा चिनियाँ संस्थालाई अप्रमाणित सूचीबाट हटाएको जानकारी पाएको बताउँदै प्रवक्ताले उक्त कदमको स्वागत गरेका छन् । अमेरिकाले निकालेको  अप्रमाणित सूचीबाट दुई पक्षलाई पारस्परिक सम्मानको आधारमा सञ्चार गर्न तथा आपसी चिन्ता र चासोलाई सम्बोधन गर्न सघाउने उनले बताए । 

अमेरिकी पक्षले राष्ट्रिय सुरक्षाको अवधारणालाई बढाएको, निर्यात नियन्त्रण र अन्य उपायको दुरुपयोग गरेको,  चिनियाँ कम्पनी र संस्थामाथि आक्रमण गर्न राज्य शक्ति प्रयोग गरेको, विश्व बजारलाई विकृत पारेर आर्थिक बदमासीलाई प्रश्रय दिएको आरोप उनले लगाए । 

अमेरिकाले चिनियाँ कम्पनीलाई बारम्बार तथाकथित सूचीमा समावेश गर्दा चिनियाँ र अमेरिकी कम्पनीहरूबीचको सामान्य आर्थिक र व्यापारिक सहकार्यमा बाधा पुग्ने, त्यो बजारको नियमविपरीत हुने तथा अन्तर्राष्ट्रिय आर्थिक एवम्   व्यापार व्यवस्थालाई कमजोर बनाउने बताउँदै वाणिज्य मन्त्रालयका प्रवक्ताले विश्वव्यापी औद्योगिक एवम् आपूर्ति शृङ्खला,  विश्वशान्ति र विकासमा अवरोध सृजना गर्ने जनाएका छन् । अमेरिकी कदम चीन र अमेरिकाका लागि मात्र नभई समग्र विश्वको निम्ति पनि अनुपयुक्त भएको उनले बताए । 

निकासी नियन्त्रण निष्पक्ष, तर्कसङ्गत र भेदभावरहित ढङ्गले हुनुपर्ने, विकास प्रवद्र्धन गर्न वैज्ञानिक एवम्  प्राविधिक उपलब्धिहरूको युक्तिसङ्गत प्रयोग हुनुपर्नेमा जोड दिँदै वाणिज्य मन्त्रालयका प्रवक्ताले प्रविधि आदानप्रदान, व्यापारमा सहयोग तथा विश्वव्यापी आपूर्ति शृङ्खलालाई निरन्तरता दिनुपर्ने बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपाको प्रश्न: विदेशमा रहेका नेपालीले पैसा पठाउन पाउने, भोट हाल्न नपाउने किन ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...

ललितपुरको जंगलमा दुई जनाको हत्या प्रकरण: कारण बन्यो आर्थिक लेनदेन

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...

महाराजगञ्जमा देउवा भेट्न पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...

सरकारले निर्वाचन सम्बन्धी माग्यो तीन विषयमा सुझाव, विदेश मताधिकार र ‘नो भोट’ समावेश

काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...

अर्थ मन्त्रालयमा रोकिएका आयोजना छिट्टै फुकुवा हुन्छ, हाइट मास्ट र स्ट्रिट लाइट कार्यक्रम पुन: सुरु गरिन्छ: मन्त्री घिसिङ

रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...

संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गर्नेको संख्या १४३ पुग्यो, जसपा, जनमत र स्वतन्त्र सांसदले पनि गरे हस्ताक्षर

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...

१० लाख मतदाता थप, ११४ दल दर्ता, ५१ प्रकारका सामग्री सुनिश्चित

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...

सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...

कांग्रेसले प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै आज ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा बुझाउँदै

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा विष्णुलाल गिरी निर्वाचित

काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending