कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिका लागि छुट्टै पाठ्यक्रमको व्यवस्था गर्न जरुरी भएको बताएको छन् । न्याय परिषद्को ३२औँ स्थापना दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले कानुनमा संशोधन गरेर भए पनि न्यायाधीश नियुक्तिका लागि पाठ्यक्रम बनाउनुपर्ने जरुरी भएको बताए । “जुनसुकै तहको न्यायाधीश नियुक्तिका गर्न पनि एउटा कोर्ष पास गर्ने व्यवस्था गर्न जरुरी छ”, कामुप्रधानन्यायाधीश कार्कीले भने, “कानुनमा संशोधन गरेर भए पनि यो काम गर्न जरुरी छ ।”
न्याय परिषद्ले ठोस प्रमाणका आधारमा मात्र न्यायाधीशलाई कारबाही, नियुक्तिका लागि सिफारिस गर्ने गरेको उल्लेख गर्दै उहाँले सर्वोच्च, उच्च अदालतमा न्यायाधीशको सङ्ख्या खाली भएको कारणले गर्दा मुद्दा फछ्र्यौटमा कठिनाइ भएको बताए । “सर्वोच्च अदातलमा मुद्दाको चाङ धेरै छ, अहिले पाँच वर्ष नाघेका मुद्दा धेरै घटाइरहेका छौँ”, उनले थपे, “इजलासमा बसेर मुद्दाको सुनुवाइ गर्ने र घरमा गएर फैसला लेख्ने काम गरिरहेका छौँ ।”
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताको न्याय सेवाप्रति अलिकति पनि कमी आउन नदिने गरी काम गर्नुपर्नेमा जोड दिए। “न्याय सेवामा ढिलाइ भयो भन्ने गुनासो आइरहेको छ”, उनले भने, “जनतालाई न्याय दिन ढिलाइ गर्नुभएन ।”
महान्यायाधीवक्ता खम्मबहादुर खातीले न्यायाधीश नियुक्तिका लागि एउटा पाठ्यक्रम तयार गरी योग्य, दक्ष र कर्मठ न्यायाधीश न्याय सम्पादनका लागि नियुक्ति गर्नुपर्ने बताए। उनले न्यायाधीशलाई कारबाहीको प्रक्रिया पनि लम्व्याउने नहुनेमा जोड दिए । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायालयको समग्र सुधारका लागि सबै मिलेर काम गर्नुपर्ने बताए ।
कार्यक्रममा यस वर्षका उत्कृष्ट न्यायाधीशकारुपमा उच्च अदालत विराटनगर धनकुटा इजलासका न्यायाधीश रमेशकुमार खत्री र दोलखा जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठलाई कामु प्रधानन्यायाधीश कार्कीले सम्मान गर्नुभएको थियो । उक्त अवसरमा कामु प्रधानन्यायाधीश कार्कीले न्याय परिषद् बुलेटिन बिमोजन समेत गर्नुभएको थियो । न्याय परिषद्ले प्रत्येक पुस ३ गते न्याय परिषद् दिवस मनाउने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३ गते, २०८३ - १३:३३
काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने काममा सरकार केन्द्र...
आषाढ़ ३ गते, २०८३ - १३:२०
काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राई ले नेपालको चिया उद्योगले वार्षिक ठूलो परिमाणमा तयारी चिया निर्यात गरी अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान द...
आषाढ़ ३ गते, २०८३ - १३:०९
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका –३ स्थित लाछुगाउँनजिक कर्णाली राजमार्गको सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जन...
आषाढ़ ३ गते, २०८३ - १२:५०
वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...
आषाढ़ ३ गते, २०८३ - १२:४८
वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...
आषाढ़ ३ गते, २०८३ - १२:२४
काठमाडौं । प्रतिनिधिसभामा आफ्नो भूमिकामाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति ध्यानाकर्षण भएको बताएका छन्। नेपाली कांग्रेसका सांसद...
आषाढ़ ३ गते, २०८३ - १२:०९
काठमाडौं। नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद चन्द्रमोह...
आषाढ़ ३ गते, २०८३ - ११:५८
फुङलिङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ११ दम्पतीलाई नगदसहित सम्मान गरेको छ । सामाजिक सद्भाव, समानता र जातीय विभेद अन्त...
आषाढ़ ३ गते, २०८३ - ११:४५
खोटाङ। खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्कि पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ । दुई वर्षअघिको बाढी...
आषाढ़ ३ गते, २०८३ - ११:३४
काठमाडौँ । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने तथा बढी भाडा असुल्न खोज्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका ट...



प्रतिकृया लेख्नुहोस्: