वासिङ्टन । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अमेरिकी सहयोग जुटाउन बुधवार अमेरिकाको भ्रमणमा आउँदै छन्। यहाँ रहँदा उनले राष्ट्रपति जो बाइडेनसँग शिखर वार्ता गर्नेछन् ।
गत फेब्रुवरीमा आफ्नो देशमा छिमेकी मुलुक रुसले आक्रमण गरेपछि पहिलोपटक युक्रेनी राष्ट्रपति विदेश भ्रमणमा निस्कदै छन्। उनले अमेरिकी संसद्ललाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । युक्रेनको प्रतिरक्षा क्षमता सुदृढ तुल्याउन तथा आफ्नो देश र अमेरिकाबीचको सहयोगबारे छलफल गर्न आफू अमेरिका भ्रमणमा जान लागेको उनले बताएको छन् ।
अत्यन्त संवेदनशील युक्रेनी राष्ट्रपतिको यो भ्रमण रुस–युक्रेनबीच जारी युद्धका बेला भइरहेको छ । युद्धले दुवै देशमा अकल्पनीय विनाश भएको छ भने दुवै पक्षकाा हजारौँ मारिएका तथा घाइते भएका छन् । यो वर्षको खर्चसम्बन्धी प्रस्तावमा अमेरिकी सांसदहरूले मतदान गर्ने समयमा हुन लागेको युक्रेनी राष्ट्रपतिको यो भ्रमणका बेला किएभलाई करिब ४५ अर्ब डलर आपतकालीन सहायता समावेश गरिएको छ । रक्षा मन्त्रालयलेपनि क्षेप्यास्त्र उपलव्ध गराउने तयारी गरिरहेको छ ।
यसैबीच, राष्ट्रपतिको कार्यालयका सञ्चार सचिव करिन जीन–पियरेले युक्रेनी राष्ट्रपतिको स्वागतका लागि राष्ट्रपति बाइडेन तत्पर रहेको र संसद्मा हुने उनको सम्बोधनले युक्रेनको लागि अमेरिकाको सुदृढ द्विपक्षीय समर्थनलाई प्रदर्शन गर्ने बताएकी छन् । “यो भ्रमणले युक्रेनलाई आर्थिक, मानवीय र सैन्य सहायताको प्रावधानसहित लामो समयसम्म सहयोग गर्ने संयुक्त राज्य अमेरिकाको दृढ प्रतिबद्धतालाई जोड दिनेछ,” मङ्गलबार राति उनले जारी गरेको वक्तव्यमा भनिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...




प्रतिकृया लेख्नुहोस्: