Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

ड्राइभिङ सिटमा बस्ने प्रयत्न गरेँ, मौका पाइनँ : गगन थापा

'म प्रतिको विश्वास डगमगाउन दिने छैन'

खबरडबली संवाददाता

काठमाडौं  । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले देश हाँक्ने गाडीको ड्राइभिङ सिटमा बस्ने प्रयत्न आफूले गरेपनि सफल हुन नसकेको बताएका छन्। 

बुधबार भएको कांग्रेस संसदीय दलको नेताको चुनावमा पराजित भएपछि एक भिडिओ सन्देशमार्फत थापाले परिणाम आफ्नो नियन्त्रणमा नभएको बताएका छन्। 

‘ड्राइभिङ सिटमा बस्नका निम्ति मैले प्रयत्न पनि गरेँ। प्रयत्न मेरो नियन्त्रणमा थियो त्यो कर्म मैले गरेँ,’ उनले भनेका छन्, ‘परिणाम मेरो नियन्त्रणमा थिएन त्यो मौका मैले पाइनँ। आज सांसदको ठाउँमा आम नेपाली मतदाताहरुले मतदान गर्न पाएको भए परिणाम बेग्लै आउँथ्यो भन्ने पनि मलाई थाहा छ।’ 

उनको भनाइ जस्ताको तस्तै 

क्षेत्र नम्बर ४ मा उम्मेदवारी दिने क्रममा मैले भनेको थिएँ, म यो क्षेत्रबाट निर्वाचित भएर गएँ भने ड्राइभिङ सिटमा बस्ने प्रयत्न गर्छु। ड्राइभिङ सिटमा बस्छु, गाडी चलाउँछु र नयाँ गति दिन्छु। 

तपाईंहरुले त्यसका लागि मलाई निर्वाचित गराएर पठाउनुभयो। ड्राइभिङ सिटमा बस्नका निम्ति मैले प्रयत्न पनि गरेँ। प्रयत्न मेरो नियन्त्रणमा थियो त्यो कर्म मैले गरेँ, परिणाम मेरो नियन्त्रणमा थिएन त्यो मौका मैले पाइनँ।

मलाई विश्वास छ, मेरो मतदाता जसले ममाथि विश्वास राखिदिनुभएको छ। मेरो यो प्रयत्नलाई नजिकबाट नियालिदिनुभएको छ र बुझिदिनुहुनेछ। जसरी मंसिर ४ गतेको निर्वाचनमा मलाई विश्वास गर्नुभयो, यसअघिको मेरो सांसदको यात्रामा पनि निरन्तर मेरो साथमा रहनुहुनेछ। 

देशभरीका थुप्रै चिनेको नचिनेको साथीहरुले आज भएको निर्वाचनमा मेरो पक्षमा परिणाम आओस् भनेर शुभेच्छा प्रकट गर्नुभएको मलाई थाहा छ। कति म सम्म आइपुगेको छ, कति नआइपुगेका पनि होलान्। म ति सबैप्रति आभार प्रकट गर्न चाहन्छु। आज सांसदको ठाउँमा आम नेपाली मतदाताहरुले मतदान गर्न पाएको भए परिणाम बेग्लै आउँथ्यो भन्ने पनि मलाई थाहा छ। 

तर यो संसदीय पद्धति हो, यहाँ सांसदले मत हाल्छन्। संसदीय पद्धतिभित्र नेपाली कांग्रेस पार्टीमा मात्र आज दलको नेताको निम्ति निर्वाचन भयो। यो सुखद पक्ष पनि हो। 

शुभेच्छुकहरूलाई मेरो अपिल छ, म निराश भएको छैन। प्रयत्न नै प्रारम्भ हो। परिणाम आउँछ आउँछ। केही ढिलो होला तर परिवर्तन आउँछ। नेतृत्व परिवर्तन गर्न आवश्यक छ, काम गर्ने शैली बदल्न आवश्यक छ। 

परिणाम दिनुपर्छ भन्ने मैले ठानेको कुराहरुलाई तपाईंहरुले साथ दिनुभयो। यसले एउटा परिणाम त ल्याउँछ ल्याउँछ। कम्तिमा हामीले एउटा प्रयत्न त सुरु गरेका छौं। यसलाई यसैगरी बुझिदिन म आग्रह गर्दछु। नेपाली कांग्रेसका धेरै शुभेच्छुकहरुले म प्रति शुभेच्छा राख्नुभयो, म सबैलाई निराश नभइदिन आग्रह गर्छु। 

१३ औं अधिवेशन एकपटक स्मरण गर्नपर्नेछ। नेपाली कांग्रेसको महामन्त्री पदमा मैले दाबी गरिहँदा पार्टीभित्रको नेतृत्व परिवर्तनको लागि म उभिनुपर्छ। म उभिएँ। मैले ६ सयभन्दा पनि कम मत पाएँ। त्यो बेलामा पनि शुभेच्छुकहरुको ठूलो विश्वास थियो। माया थियो। तर मतदाताको विश्वास मैले जित्न सकिँन। 

मैले मिहेनत गरेँ। त्यो ६ सयभन्दा कम मत बढेर ३ हजारभन्दा बढी भयो। तिनै मतदाताको विश्वास जित्न मैले सकेँ। आजको मतदाता भनेको सांसदहरु हो। 

तपाईंहरुले शुभेच्छा राख्नुभयो, मैले ती मतदाताहरुको मन जित्न सकिँन। त्यसैले यसलाई हामीले लिने भनेको यात्रा प्रारम्भ भयो भनेर नै हो। म सबैलाई भन्न चाहन्छु, हामी निराश भएर होइन उत्साहित भएर लाग्नुपर्नेछ।

मलाई यो बेलामा विश्वास गरेर आफैं उम्मेदवार हुने सम्भावना रहँदा रहँदै मेरो प्रस्तावक रहनुभएको सांसद डा. शेखर कोइराला, मलाई विश्वास गरेर समर्थन गर्ने धनराज गुरुङ, पार्टी महामन्त्री विश्वप्रकाश शर्मा र मेरो मित्र प्रदीप पौडेललाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। 

२४ जना सांसदहरु जसले मलाई विश्वास गर्नुभएको छ। ति साथिहरुलाई आभार व्यक्त गर्न चाहन्छु र म विश्वास दिलाउँछु, म प्रतिको विश्वास डगमगाउन दिने छैन। म अन्य सांसद साथिहरु जसको विश्वास जित्न सकेको छैन, उहाँहरुलाई हृदयबाट नमन गर्दै यति कुरा राख्न चाहन्छु, मैले गरेको प्रयत्नबाट परिणाम प्राप्त गर्न नसकेपनि म निरन्तर तपाईंहरुसँगै सहकार्य गर्नेछु। 

र तपाईंहरुको मन बदल्ने प्रयास निरन्तर गर्नेछु। हामी सँगै मिलेर पार्टीलाई संसदमा सफल बनाउनेछौं। साथै, संसदीय दलको नेतामा निर्वाचित हुनुभएका सभापति शेरबहादुर देउवालाई बधाई दिन चाहन्छु। जसरी सासंद साथिहरुले तपाईलाई विश्वास गर्नुभएको छ, ती विश्वासमा खरा उत्रनुहुनेछ भने विश्वास दिलाउन चाहन्छु। 

एउटा सांसद, पार्टीको कार्यकर्ता र सहयात्रीको रुपमा साथ रहिरहनेछ। फेरि एकपटक मलाई संसदीय दलको नेतामा उम्मेदवार हुन योग्य बनाइदिने सम्पूर्ण मतदातालाई नमन गर्दै भोलिबाट सांसदको नयाँ यात्रा प्रारम्भ हुनेछ। धन्यवाद।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending