Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

संसदीय दलमा संस्थापन पक्षकै इन्द्र बानियाँ र बहादुरसिंह लामाबीच कडा टक्कर

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन यही पुस १३ गते हुने भएको छ । बागमती प्रदेश संसदीय दलको नेता निर्वाचन समितिले दलको नेता चयनका लागि पुस १३ गतेका लागि निर्वाचनको मिति तोकेको हो ।

चन्द्र महर्जनको संयोजकत्वमा रहेको उक्त समितिले संसदीय दलको कार्यालय हेटौंडा परिसरमा निर्वाचन गर्ने निर्णय गरेको हो । समितिले पुस १३ गते दिउँसो २ देखि ३ बजेसम्मका लागि मतदानको समय तय गरेको छ । 

संसदीय दलको नेता निर्वाचन सम्बन्धी कार्यक्रम अन्तर्गत पुस १२ गते दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गरिने छ भने सोही दिन दिउँसो २  देखि ३ बजेसम्म मतदाता नामावली उपर दावी विरोध (छुट वा सच्याउने)को समय रहेको छ ।

दावी विरोध उपर जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन पुस १२ गते दिउँसो ४ बजे तय गरिएको छ । त्यसैगरी पुस १३ गते बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त (मनोनयन)को समय राखिएको छ । 

सोही दिन बिहान १०ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिने छ भने उम्मेदवारको दरखास्त उपर दावी विरोधका लागि बिहान ११ बजेदेखि ११ः३० बजेसम्मको समय तय गरिएको छ । 

सोही दिन दिउँसो १२ बजे दावी विरोध उपर जाँचबुझ गरी उम्मेदवारको दोस्रो नामावली प्रकाशनको गरिने छ । पुस १३ गते दिउँसो १२ः३० देखि दिउँसो १ः३० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने सकिने छ भने दिउँसो १ः४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ र २ बजेबाट मतदान सुरु गरिने छ ।

मतदानको लागि निर्वाचन कार्यक्रम प्रकाशित स्थान, मिति र समयभित्र मतदान क्षेत्रमा प्रवेश गरी लामवद्ध रुपमा रहेर मतदान गर्न सकिने छ । समितिले मतदानका लागि आफू निर्वाचित भएको प्रमाणपत्र अनिवार्य गरेको छ । 

निर्वाचन सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने समितिले जनाएको छ भने मतगणना समाप्त भएपछि मतगणनाको नतिजा घोषणा गर्ने निर्वाचन समितिले जनाएको छ । समितिको सदस्यहरूमा राजु श्रेष्ठ, ऋषिराम घिमिरे, गंगा दाहाल र सानुकान्छा श्रेष्ठ रहेका छन् ।

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि इन्द्रबहादुर बानियाँ र बहादुर सिंह लामा प्रतिस्पर्धामा रहेका छन् । दुबै नेता कांग्रेस संस्थापन पक्षका हुन् । लामा नुवाकोटबाट निर्वाचित भएका हुने भने इन्द्रबहादुर बानियाँ मकवानपुरबाट निर्वाचित भएका हुन् । 

लामा र बानियाँ दुवै पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन् । सबैभन्दा ठूलो दलको रुपमा रहेको कांग्रेसले प्रदेशसभामा ३७ सिट जितेको छ । कांग्रेसले प्रत्यक्षमा २५ सिट जितेको कांग्रेसले समानुपातिकबाट १२ सिट जितेको हो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending