काठमाडौं । नयाँ सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेपछि दलहरु छलफलमा जुटेका छन्। राष्ट्रपतिले नयाँ सरकार गठनका लागि पुस ३ गते आह्वान गरेकी थिइन्।
राष्ट्रपतिको आह्वानपछि दलहरु संसदीय दल नेता चयन गरेर सरकार गठनमा जुटेका छन्। दलहरूले संसदीय दलको नेता चयन गरिसके तर को प्रधानमन्त्री बन्ने भन्ने विषय औपचारिक रूपमा छलफल गरेका छैनन्।
राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न पुस १० गते अपरान्ह ५ बजेसम्मको समय दलहरूलाई दिएकी छन्।
यो समयभित्रै नयाँ सरकार बन्नेमा सत्ता गठबन्धनमा रहेका दलका नेताहरू ढुक्क छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै गठबन्धनले पुस १० भित्र नयाँ सरकार बनाउने बताए।
बिहीबार साँझ बालुवाटारमा गठबन्धनका तीन शीर्ष नेतासहित दलका नेताहरूबीच सरकार गठन गर्ने विषयमा सामान्य छलफल भएको छ।
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच समसामयिक राजनीतिक घटनाक्रम र नयाँ सरकारबारे कुराकानी भएको थियो।
गठबन्धनबाट देउवा र प्रचण्डले प्रधानमन्त्रीको दाबी गरेका छन्। चुनावी सरकारको नेतृत्व देउवाले गरेको भएकाले अब बन्ने सरकारको नेतृत्व प्रचण्डले आफुले पाउनुपर्ने अडान राखेका छन्। तर, देउवा प्रचण्डको कुरामा सकारात्मक भएपनि संस्थापनइतर पक्षले नेतृत्व छाड्न नहुँने दबाब बढाइरहेको छ।
गठबन्धनबाट प्रधानमन्त्री नपाए प्रचण्डले अर्को विकल्पमा जानेबारे पनि तयारी थालेका छन्। माओवादी नेता बर्षमान पुन कांग्रेसले प्रधानमन्त्री नदिए एमालेको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने कसरतमा लागेका छन्। त्यसमा एमालेले पनि सकारत्मक सन्देश दिएको बुझिएको छ।
प्रचण्डलाई प्रधानमन्त्री छाडेर राष्ट्रपति र सभामुख लिन एमाले भित्रि रुपमा तयार रहेको स्रोतको दाबी छ। तर, नेताहरुले त्यो बिषयमा खुलेर बोलेका छैनन्।
प्रचण्ड प्रधानमन्त्री !
यता, नेकपा माओवादी केन्द्रका सांसद तथा अर्थमन्त्री जनार्दन शर्माले पार्टीले आगामी सरकारको नेतृत्व प्रचण्डले गर्ने दाबी गरेका छन्।
शपथ ग्रहणका संघीय संसद् भवन पुगेका अर्थमन्त्री शर्माले गठबन्धनले तोकेकै समयमा सरकार बनाउने बताएका थिए।
उनले भनेका थिए, ‘गठबन्धनमा छलफल भइरहेको छ। माधव कमरेड बिरामी भएर हस्पिटलमा हुनुहुन्छ। उहाँ डिस्चार्ज भएपछि गठबन्धनको बैठक बसेर निर्धारण हुन्छ। मैले मैले भन्दा पहिलो पटक अध्यक्ष प्रचण्ड नै प्रधानमन्त्री बन्नुहुन्छ। तर, निर्णय भएको छैन।’
प्रचण्ड प्रधानमन्त्री बन्नुपर्छ भनेर आफूहरूले दाबी नगरेको उल्लेख गर्दै गठबन्धन दलमा सल्लाह भएको तर्क गरे। उनले राष्ट्रपति राजनीतिक व्यक्ति हुने उल्लेख गर्दै बाहिर आएको चर्चाले अर्थ नराख्ने बताए।
उनले आगामी राष्ट्रपति रामचन्द्र पौडेल वा माधव नेपालमध्ये एक हुने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...
पौष ३ गते, २०८२ - ०८:१३
बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण
पौष ३ गते, २०८२ - ०८:०८
गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...
पौष ३ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...
पौष ३ गते, २०८२ - ०७:५५
धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...
पौष ३ गते, २०८२ - ०७:४९
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:४२
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:३८
तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...
पौष ३ गते, २०८२ - ०७:३०
धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...
पौष ३ गते, २०८२ - ०७:२३
काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...




प्रतिकृया लेख्नुहोस्: