पोखरा । साहसिक पर्यटनमा रुचि राख्नेहरूका लागि अब पोखरामा सूर्योदयसँगै जिपलाइनको मनोरञ्जन प्राप्त गर्ने भएका छन् ।
पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्य सराङकोटबाट हेमजाको याम्दीसम्म विसं २०७० देखि जिपलाइन सञ्चालन गर्दै आएको हाइग्राउण्ड एडभेञ्चर्स नेपालले स्वदेशी तथा विदेशी पर्यटकलाई सूर्योदय र जिपलाइनको अनुभवसँगसँगै प्रदान गर्न लागेको हो ।
पोखराको सराङकोटमा सूर्योदयको दृश्यावलोकनका लागि पुग्ने पर्यटकलाई जिपलाइनको अनुभवसमेत सँगै प्रदान गर्न सो सुविधा ल्याइएको हाइग्राउण्ड एडभेञ्चर्स नेपालका निर्देशक दिनेश महर्जनले बताए ।
उनका अनुसार बिहान ५ देखि ५ः३० बजे पर्यटकलाई पोखराको लेकसाइडबाट गाडीमा सराङकोटसम्म पुर्याएर सूर्योदय दृश्यावलोकनसहित जिपलाइनको अवसर प्रदान गरिनेछ । हाल बिहान ९ बजेपछि मात्र जिपलाइन सेवा सञ्चालन हुँदै आएको छ ।
उनले भने, “सनराइज हेर्न आउने एडभेञ्जर लभर्सहरूका लागि बिहानको समयमा जिपलाइनको अवसर थिएन, सो कमी हटाउँदै उनीहरूलाई सबेरै साहसिक जिपलाइनको अनुभव दिलाउने गरी यो प्याकेज ल्याएका हौँ, यसबाट पोखरामा पर्यटकले थप सुविधा प्राप्त गर्नेछन् र रमाउने छन् ।”
हाल दैनिक चार सयदेखि पाँच सय जनासम्म पर्यटक सूर्योदय हेर्नका लागि सराङकोटमा पुग्ने गरेका छन् । उनीहरूलाई लक्षित गरी हाइग्राउण्डले जिपलाइन सेवा सुरु गरेको हो । सनराइज प्याकेजमा स्टेशनसम्म आउन र गन्तव्यसम्म यातायात सुविधा, सराङकोटमा बे्रकफास्ट र जिपलाइनको अनुभव समेटिएको छ । सो प्याकेजमा प्रतिव्यक्ति रु १२ हजार शुल्क लाग्ने कम्पनीले जनाएको छ ।
सराङकोटमा समुद्र सतहदेखि एक हजार पाँच सय ५० मिटरको उचाइमा रहेको स्टेशनबाट याम्दीमा नौ सय ५० मिटर उचाइको तल्लो स्टेशनसम्म जिपलाइन सञ्चालन हुने गरेको छ । दुई स्टेशनबीचको दूरी एक किमी आठ सय मिटर छ ।
विश्वमै छ सय मिटरको सबैभन्दा भिरालो (स्टिपेष्ट) जिपलाइन रहेको कम्पनीले विश्व रेकर्डको सर्टिफिकेट प्राप्त गरेको निर्देशक मानन्धरले बताउनुभयो । सो प्रमाणपत्र प्राप्त गरेसँगै कम्पनीको प्रवद्र्धनका लागि सघाउ पुग्ने बताइन्छ । हाइग्राउण्ड एडभेञ्जरले एक दशकअघिदेखि पोखरामा जिपलाइन सुरु गरेको हो । सो कम्पनीले हाल साहसिक पर्यटकलाई लक्षित गरी जिपलाइन, बञ्जी, स्विङ र एटिभी ड्राइभ सञ्चालन गरिरहेको छ ।
पोखरामा पछिल्लो समय साहसिक पर्यटकीय गन्तव्य थपिँदै जाँदा पर्यटकको बसाइ अवधि बढाउन सहयोगी भएका छन् । पहिलोपटक साहसिक खेल प्याराग्लाइडिङबाट साहसिक पर्यटकीय गन्तव्य सुरु भएको यहाँ जिपलाइन, बञ्जीसँगै क्यानोनिङलगायतले पर्यटकलाई मनोरञ्जन प्रदान गरिरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २ गते, २०८२ - ०९:२४
प्रतिसिलिन्डर २१६ रुपैयाँ बढेर आए पनि ग्यासको मूल्य नबढाएको प्रस्टीकरण
चैत्र २ गते, २०८२ - ०९:१०
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्र...
चैत्र २ गते, २०८२ - ०९:०७
बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको हो । गत माघ दोस्रो सातापछि पनि जिल्लाको उच्च भेगमा वर्षासँगै हिमपात भएको थियो ।...
चैत्र २ गते, २०८२ - ०८:२३
काठमाडौं । ‘थ्रेसहोल्ड’ कटाएका ६ वटा राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिटअनुसारका सांसदको नाम तय गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास...
चैत्र २ गते, २०८२ - ०८:१५
अब काठमाडाैंमा प्रतिलिटर पेट्रोल १७२ र डिजेल–मट्टीतेल १५२ पर्ने
चैत्र २ गते, २०८२ - ०८:१०
काठमाडौं । नवनिर्वाचित सरकारले शासन सम्हालेको करिब दुईअढाई महिनामै नयाँ बजेट ल्याउनुपर्ने छ। अबको केही दिनमा नयाँ सरकार गठन भइसक्ने आकलनका माझ उक्त...
चैत्र २ गते, २०८२ - ०७:३८
रूपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेपछि रूपन्देहीका उद्योगी र व...
चैत्र २ गते, २०८२ - ०७:२५
काठमाडौँ । कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ । दूतावासले विज्ञप्तिमार्फत...
चैत्र २ गते, २०८२ - ०७:२१
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्न...
चैत्र २ गते, २०८२ - ०७:१८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने भएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र स...


प्रतिकृया लेख्नुहोस्: