पोखरा । साहसिक पर्यटनमा रुचि राख्नेहरूका लागि अब पोखरामा सूर्योदयसँगै जिपलाइनको मनोरञ्जन प्राप्त गर्ने भएका छन् ।
पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्य सराङकोटबाट हेमजाको याम्दीसम्म विसं २०७० देखि जिपलाइन सञ्चालन गर्दै आएको हाइग्राउण्ड एडभेञ्चर्स नेपालले स्वदेशी तथा विदेशी पर्यटकलाई सूर्योदय र जिपलाइनको अनुभवसँगसँगै प्रदान गर्न लागेको हो ।
पोखराको सराङकोटमा सूर्योदयको दृश्यावलोकनका लागि पुग्ने पर्यटकलाई जिपलाइनको अनुभवसमेत सँगै प्रदान गर्न सो सुविधा ल्याइएको हाइग्राउण्ड एडभेञ्चर्स नेपालका निर्देशक दिनेश महर्जनले बताए ।
उनका अनुसार बिहान ५ देखि ५ः३० बजे पर्यटकलाई पोखराको लेकसाइडबाट गाडीमा सराङकोटसम्म पुर्याएर सूर्योदय दृश्यावलोकनसहित जिपलाइनको अवसर प्रदान गरिनेछ । हाल बिहान ९ बजेपछि मात्र जिपलाइन सेवा सञ्चालन हुँदै आएको छ ।
उनले भने, “सनराइज हेर्न आउने एडभेञ्जर लभर्सहरूका लागि बिहानको समयमा जिपलाइनको अवसर थिएन, सो कमी हटाउँदै उनीहरूलाई सबेरै साहसिक जिपलाइनको अनुभव दिलाउने गरी यो प्याकेज ल्याएका हौँ, यसबाट पोखरामा पर्यटकले थप सुविधा प्राप्त गर्नेछन् र रमाउने छन् ।”
हाल दैनिक चार सयदेखि पाँच सय जनासम्म पर्यटक सूर्योदय हेर्नका लागि सराङकोटमा पुग्ने गरेका छन् । उनीहरूलाई लक्षित गरी हाइग्राउण्डले जिपलाइन सेवा सुरु गरेको हो । सनराइज प्याकेजमा स्टेशनसम्म आउन र गन्तव्यसम्म यातायात सुविधा, सराङकोटमा बे्रकफास्ट र जिपलाइनको अनुभव समेटिएको छ । सो प्याकेजमा प्रतिव्यक्ति रु १२ हजार शुल्क लाग्ने कम्पनीले जनाएको छ ।
सराङकोटमा समुद्र सतहदेखि एक हजार पाँच सय ५० मिटरको उचाइमा रहेको स्टेशनबाट याम्दीमा नौ सय ५० मिटर उचाइको तल्लो स्टेशनसम्म जिपलाइन सञ्चालन हुने गरेको छ । दुई स्टेशनबीचको दूरी एक किमी आठ सय मिटर छ ।
विश्वमै छ सय मिटरको सबैभन्दा भिरालो (स्टिपेष्ट) जिपलाइन रहेको कम्पनीले विश्व रेकर्डको सर्टिफिकेट प्राप्त गरेको निर्देशक मानन्धरले बताउनुभयो । सो प्रमाणपत्र प्राप्त गरेसँगै कम्पनीको प्रवद्र्धनका लागि सघाउ पुग्ने बताइन्छ । हाइग्राउण्ड एडभेञ्जरले एक दशकअघिदेखि पोखरामा जिपलाइन सुरु गरेको हो । सो कम्पनीले हाल साहसिक पर्यटकलाई लक्षित गरी जिपलाइन, बञ्जी, स्विङ र एटिभी ड्राइभ सञ्चालन गरिरहेको छ ।
पोखरामा पछिल्लो समय साहसिक पर्यटकीय गन्तव्य थपिँदै जाँदा पर्यटकको बसाइ अवधि बढाउन सहयोगी भएका छन् । पहिलोपटक साहसिक खेल प्याराग्लाइडिङबाट साहसिक पर्यटकीय गन्तव्य सुरु भएको यहाँ जिपलाइन, बञ्जीसँगै क्यानोनिङलगायतले पर्यटकलाई मनोरञ्जन प्रदान गरिरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...
पौष ३ गते, २०८२ - ०८:१३
बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण
पौष ३ गते, २०८२ - ०८:०८
गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...
पौष ३ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...
पौष ३ गते, २०८२ - ०७:५५
धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...
पौष ३ गते, २०८२ - ०७:४९
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:४२
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:३८
तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...
पौष ३ गते, २०८२ - ०७:३०
धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...
पौष ३ गते, २०८२ - ०७:२३
काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...




प्रतिकृया लेख्नुहोस्: