Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

‘सेवाग्राहीलाई झर्केर होइन, सम्मान गरेर बोल्नुपर्छ’

खबरडबली संवाददाता

दाङ । सेवाग्राहीसँग मीठो बोली, सम्मानजनक व्यवहार र छिटो सेवाप्रवाह । यही विशेषताले लोकप्रिय छवि छ– दाङ राप्ती गाउँपालिका । गाउँपालिकामा गएपछि सेवाप्रवाहलाई चुस्त, दुरुस्त र सेवाग्राहीमैत्री वातावरण दिइन्छ । 

सेवाग्राहीसँग झर्केर होइन, सम्मान गरेर बोल्नुपर्छ भन्ने मान्यता स्थापित गर्दै आफूले मात्रै होइन, पालिकाका सबै जनप्रतिनिधि र कर्मचारीलाई सेवाग्राहीमा गरिने व्यवहार परिवर्तन भएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए ।

“हाम्रो एउटा काम भनेको प्रभावकारी सेवाप्रवाह हो”, उनले भने, “हामीले सेवाग्राहीमैत्री सेवा प्रवाह गर्न बोली वचनमा सुधार गरेका छौँ ।”

सेवग्राही बोलीबचनले पनि धेरै खुसी हुने भन्दै सुरुआतीमा सबैको बोली, बचनमा सुधार गरेको उनको भनाइ थियो । स–साना कुरा सुधार गरेमा त्यसले ठूलो उपलब्धि हासिल गर्ने बताए । “पहिले हाम्रो व्यवहार परिवर्तन गर्नुपर्छ”, उनले भने, “विकास आफैँ हुन्छ”, सडक, विद्युत्मात्रै विकास नभएको भन्दै सुशासनयुक्त, सभ्य, मर्यादित र स्वस्थ समाज निर्माण गर्नु पनि विकास भएको पालिका अध्यक्ष विष्टको भनाइ छ ।

पालिकाले सुरुआतमै विद्यालय क्षेत्रभित्र जङ्कफुडमा प्रतिबन्ध लगाउने निर्णय ग¥यो । त्यो निर्णयको चौतर्फी स्वागत भयो । सरकारी तथा गैरसरकारी कार्यालयमा कोल्ड ड्रिङ्स, प्लास्टिकका खादा र मालामा पनि प्रतिबन्ध लगाइयो । यसको उद्देश्य नागरिकको स्वास्थ्यमा सुधार ल्याउने र स्थानीय कृषि उत्पादनलाई प्रवद्र्धन गर्नु रहेको अध्यक्ष विष्टले बताए ।

अहिले विद्यालयमा जङ्कफुड पनि प्रयोग हुँदैन भने प्लास्टिकका खादा, माला केही पनि प्रयोग हुँदैनन् । जङ्कफुड नियन्त्रण अभियानका लागि भास्कर तेजश्री प्रतिष्ठानसँग सहकार्यका लागि पनि प्रक्रिया अगाडि बढाइएको अध्यक्ष विष्टले बताए ।

राप्ती गाउँपालिकाले लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको स्थानमा संरचना निर्माणदेखि व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको छ । अध्यक्ष विष्टका अनुसार राप्ती गाउँपालिका–३ स्थित प्राविधिक शिक्षालयलाई स्थानान्तरण गरेर त्यहाँका संरचना निर्माणमा समन्वय गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।

संरचना निर्माणपछि अहिले स्थायी राजधानी नै राप्ती उपत्यका (भालुवाङ) आएको छ । गाउँपालिकाले मन्त्रालयका भवन भाडामा खोज्नेदेखि लिएर सांसदलाई कोठाभाडा खोज्ने काम पनि भएको छ । त्यसको समन्वय पनि कार्यापालिका बैठकबाट निर्णय गरेर राप्ती गाउँपालिकाले नै गरेको छ । 

विकास र सेवामा जोड

पालिकाले विकास र सेवामा पनि जोड दिएको छ । गरिब, विपन्न विद्यार्थीलाई निःशुल्क शिक्षा तथा छात्रबृत्ति प्रदान गर्नका लागि निःशुल्क शिक्षासम्बन्धी कार्यविधि, २०७९ तथा राप्ती गाउँपालिकाको छात्रवृत्ति वितरणसम्बन्धी कार्यविधि २०७९ स्वीकृत गरेको छ । 

 त्यस्तै राप्ती गाउँपालिका–२ बाहुनीपाटामा सोलार लिफ्टिङ गरी सिँचाइको व्यवस्था गरिएको छ । जसले गर्दा त्यहाँ सिँचाइ सुविधा विस्तार भएको छ । त्यस्तै भालुवाङमा ५० शय्याको अस्पताल सञ्चालन गर्न चारकोठे प्रि–फ्याब भवन निर्माण गरिएको छ । सोही अस्पतालमा  साइमन इन्स्टिच्युटसँगको सहकार्यमा एमडिजीपीबाट विषेशज्ञ सेवा प्रदान गरिएको छ ।

राप्ती –५ सिसहनीयामा १५ शय्याको अस्पतालको निर्माणकार्य सुरुआत भएको छ । पालिकामा आँखा स्वास्थ्यको सेवा विस्तार प्रक्रिया अघि बढेको छ । तिलगङ्गा आँखा अस्पतालको शाखा राप्ती गाउँपालिकामा खोल्ने गरी प्रक्रिया अघि बढेको अध्यक्ष विष्टले बताए । 

कोभिड–१९ तथा अन्य महामारीलाई लक्षित गरी कम्पार्टमेन्ट बेड र अक्सिजन सिलिन्डरसहितको मल्टिप्रपोज सेल्टर १६ बेडको सञ्चालन गर्ने तयारी छ । त्यसका लागि राप्ती गाउँपालिका वडा नं ८ मा जग्गा छनोट गरिएको छ ।

पालिकाले भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउनका लागि निस्सा वितरण गरेको छ । नागरिकका गुनासो सुन्नका लागि टोल फ्रि नम्बर सञ्चालनमा ल्याइएको छ । अध्यक्ष विष्टका अनुसार पालिकाभित्र उत्पादन भएको कुहिने र नकुहिने फोहर व्यवस्थापन गर्ने गरी सरसफाइ केन्द्र स्थापनाका लागि जग्गा छनोट गरी जग्गाधनीसँग सम्झौता  गरिएको छ ।

पालिकाभित्र कम भोल्जेटको समस्याले विद्युतीय उपकरणमा समस्या देखिएको छ । यसलाई समाधान गर्नका लागि राप्ती गाउँपालिका–२ मा स्थान छनोट गरी विद्युत्को सबस्टेशन निर्माणको प्रक्रिया अघि बढेको अध्यक्ष विष्टले बताए । 

त्यस्तै नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र राप्ती गाउँपालिकाबीच स्वास्थ्यसम्बन्धी अनुसन्धानका विविध क्षेत्रमा  अध्ययन–अनुसन्धान गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको छ । किसानले उत्पादन गरेको तरकारीलाई बजारीकरण गर्नका लागि सिसहनिया बजारमा तरकारी सङ्कलन केन्द्र निर्माणकार्य अघि बढेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending