Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

सम्भावित मन्त्रीको सूची बनाउने तयारीमा गठबन्धन

खबरडबली संवाददाता

काठमाडौं । सात दलीय सत्ता गठबन्धनमा आबद्ध सा दलहरूले मन्त्रीमण्डलमा पठाउने सम्भावित सांसदहरूको सूची तयार पार्न थालेका छन् । 

सोमबार ७ मन्त्रीसहित शपथ लिएका नव नियुक्त प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका रवी लामिछानेलगायत नेताहरूले पार्टीबाट क(कसलाई मन्त्री बनाउने भन्ने गृहकार्य थालेका हुन् ।

सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच सोमबार भएको भागबण्डाबारे सामान्य छलफलमा नेताहरूले मन्त्रालय दाबी गर्दा एमालेले १० देखि ११, माओवादी केन्द्रले ५ देखि ७ रास्वपाले ५, राप्रपाले ३, जनमत र नागरिक उन्मुक्तिले २र २ मन्त्रालयको दाबी गरेका थिए । 

तर, मंगलबारसम्मको सूचनाअनुसार राप्रपा र जसपा सरकारमा नजाने बुझिएकाले बाँकी दलहरूलाई बढी संख्यामा मन्त्रालय भाग पर्ने नेताहरूको भनाइ छ। 

यद्यपि, राप्रपा सरकारमा जाने वा नजाने भन्ने टुंगो बुधबार मात्र लाग्ने जानकारी दिँदै राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले भने 'अहिले हामीले राजनीतिक स्थिरताका लागि सरकारलाई समर्थन मात्रै गरेका हौं । सरकारमा सहभागिताको कुरा पार्टीको बुधबार बस्ने बैठकले निर्णय गर्छ । सरकारमा जाँदा हाम्रा एजेन्डाहरू कसरी लाने र नजाँदा सरकारलाई समर्थनसहित कसरी खबरदारी गर्ने भन्ने विषयमा समेत छलफल भइरहेको छ ।'

त्यस्तै, जसपाले पनि केन्द्रीय कमिटिको बैठकबाट निर्णय गर्ने भनेपछि प्रधानमन्त्री प्रचण्ड कसलाई कति मन्त्रालय, प्रदेशलगायत अन्य राजकीय पदहरू दिने लिने भन्ने विषयमा निर्णयमा पुग्न सक्नुभएको छैन। 

जसपाको पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकले सरकारमा जाने नजाने ठोस निर्णय गर्ने तयारी गरेको बताइएको छ । राप्रपा र जसपा सरकारमा सहभागी नहुने हो भने सत्ताको नेतृत्व गरेको माओवादीले ७ देखि ९ मन्त्रालय पाउने पाउनेछ।

२५ जनाभन्दा बढी मन्त्री बनाउन नपाउने संवैधानिक व्यवस्थाअनुसार पाँच दललाई मन्त्रालय भाग लगाउँदा नेकपा माओवादी केन्द्रले ७ देखि . एमालेले ८ देखि ९ रास्वपा ४ मन्त्रालय पाउने सम्भावना रहेको नेकपा माओवादी केन्द्रका एक नेताले बताए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending