Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

राज्यको ढुकुटीबाट उपचारका लागि झलनाथले लिए १ करोड, अरुले कति ?

खबरडबली संवाददाता

काठमाडौं । वर्षौं लाभका पदमा बसेका पहुँचवालाका लागि गृह मन्त्रालयले पछिल्लो सात वर्षमा मात्र १ अर्ब २५ करोड रुपैयाँ वितरण गरेको छ ।

आफ्नो उपचार आफैं गर्न नसक्ने भनेर गृह मन्त्रालयबाट पछिल्लो वर्ष पनि ठूलो रकम लिनेमा पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्री झलनाथ खनालदेखि पूर्वमन्त्रीहरू प्रदीप नेपाल, रघुजी पन्त, भानुभक्त जोशी र नन्दन दत्त पनि छन् । 

त्यस्तै निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले श्रीमतीको उपचारका नाममा, पूर्वउपरथी राजेन्द्र थापाले पनि आफ्नै लागि राज्यकोषबाट रकम बुझेका छन् ।

मन्त्रिपरिषद्बाट २०७९ जेठ ३१ मा स्वीकृत ‘उपचार खर्च, राहत तथा आर्थिक सहायतासम्बन्धी मापदण्ड’ मा स्थानीय तहको सिफारिसमा अधिकतम ५ लाखसम्म उपचार खर्च दिन सकिने व्यवस्था छ । 

जनस्वास्थ्य ऐन, २०७५ ले भने विदेशमा उपचार गराउनेलाई राज्यको ढुकुटीबाट आर्थिक सहयोग गर्न नपाइने व्यवस्था गरेको छ । दफा ३० मा भनिएको छ, ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नुपर्ने भएमा सोका लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन ।’

तर, पूर्वराष्ट्रपति यादव र पूर्वप्रधानमन्त्री खनालले विदेशमा उपचार गर्दाको खर्च नै राज्यकोषबाट लिएका छन् । देउवा सरकार बनेपछि मात्र यादवले दुई पटक गरेर ३५ लाख रुपैयाँ लिएका छन् । 

पूर्वराष्ट्रपतिका रूपमा उनलाई राज्यले १ लाख ४४ हजार भाडा (करबाहेक) तिरेर निवास व्यवस्था गरेको छ जहाँ उनका लागि सवारी इन्धन, पत्रपत्रिका, टेलिफोन, बिजुली र पानीको बिलबाहेक जीवन निर्वाह खर्च पनि राज्यले दिँदै आएको छ ।

गत वर्ष भारतमा मिर्गौला प्रत्यारोपण गराएका पूर्वप्रधानमन्त्री खनालले २०७८ साउनयता मात्र १ करोड १ लाख ४१ हजार ७ सय ९८ रुपैयाँ खर्च लिएको आजको कान्तिपुर दैनिकले लेखेको छ। जबकि मिर्गौला प्रत्यारोपण नेपालका विभिन्न अस्पतालमा सहज रूपमा हुने गरेको छ ।

२०७८ असार अन्तिम साता देउवाको नेतृत्वमा सरकार गठन भएपछि निर्वाचन आयुक्त पौडेलले पत्नी मीरा पोखरेल (पौडेल) का नाममा उपचार खर्च शीर्षकमा गृह मन्त्रालयबाट २० लाख रुपैयाँ बुझेका छन् । आयुक्त पौडेल नेपाल सरकारका पूर्वसचिव पनि हुन् ।

यसअघि पनि पटक–पटक ढुकुटीबाट खर्च लिएका पूर्वमन्त्री नेपालले पछिल्लो एक वर्षमा २५ लाख रुपैयाँ बुझेका छन् । राजधानीकै बासिन्दा पूर्वमन्त्री पन्तले पनि उपचार खर्चकै नाममा १५ लाख लगेका छन् । 

पूर्वमन्त्री जोशीले उपचार खर्च शीर्षकमा सरकारबाट ५ लाख रुपैयाँ उपचार खर्च लगेका छन् । उनी बझाङबाट हालै निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

नेपाली सेनाका पूर्वउपरथीसमेत रहेका गीतकार थापाले सरकारबाट आर्थिक सहायताका नाममा १५ लाख रुपैयाँ बुझेका छन् । पूर्वमन्त्री दत्तले मन्त्रिपरिषद्बाटै निर्णय गराएर ५ लाख रुपैयाँ बुझेका छन् । राप्रपाका प्रदेश सांसद भक्ति सिटौलाले पनि ५ लाख रुपैयाँ उपचार खर्च बुझेका छन् ।

विगतमा राज्यको ढुकुटीबाट मोटो रकम लिनेमा माओवादी नेता एवं उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ, माओवादीकै पूर्णकुमारी सुवेदी, कांग्रेसका नरहरि आचार्य र देवेन्द्रराज कँडेल, कांग्रेसकै तत्कालीन नेता गोविन्दराज जोशी, नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री महिन्द्र राय यादवलगायत छन् । 

उनीहरू पटक–पटक मन्त्री बनेर लाभको पदमा बसिसकेका छन् । कांग्रेस नेतृ सुजाता कोइरालालाई सरकारले २०७३ कात्तिकमा ५० लाख रुपैयाँ दिएको थियो । कांग्रेसकै भीमसेनदास प्रधानले पनि २५ लाख बुझेका थिए ।

पूर्वमन्त्री पन्तले आफ्नो खर्चले भ्याउँदासम्म आफैं उपचार गरेको र खर्च अभाव भएपछि केही रकम सरकारबाट लिएको प्रतिक्रिया दिए । 

‘भारतमा दुई पटक उपचार गर्नुपर्‍यो, फलोअपका लागि फेरि उतै जानुपर्ने अवस्था छ, नेपालमा पनि पटक–पटक अस्पतालमा बसेर उपचार गर्दा आर्थिक समस्या भयो,’ उनले भने, ‘भ्याएसम्म आफैंले बेहोरेको थिएँ, नसकेपछि सरकारले केही रकम सहयोग गरेको हो ।’

निर्वाचन आयुक्त पौडेलले पत्नीको स्तन क्यान्सरको उपचारका लागि सरकारबाट सहयोग लिएको बताए । ‘श्रीमतीको स्तन क्यान्सर हुँदा थाइल्यान्ड र नेपालमा उपचार गराउँदा खर्च धेरै भयो, त्यसपछि सरकारसँग अनुरोध गर्दा केही रकम आएको हो,’ उनले भने । 

पौडेलले पछिल्लो डेढ वर्षमा २० लाख र त्यसअघि केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला २५ लाख रुपैयाँ बुझेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending