काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जनताले वामपन्थीहरूको एकता चाहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले जनताले वामपन्थीहरूको एकता चाहेको बताएका हुन्। एकताको लागि आफू सक्रिय भएर लागेको पनि उनले विश्वास दिलाए।
‘अब वामपन्थीहरुबीचको एकता नै नेपाली जनताको चाहना हो। समानुपातिकको मत जोड्दा वामपन्थीहरूको मत दुई तिहाइ हुने, तर सरकार बनाउन बहुमत नपुग्ने अवस्था छ, हामी वामपन्थी गठबन्धन निर्माण गर्ने अभियानमा लाग्यौं। त्यसमा सफलता मिलेको छ,’ उनले भने।
चुनाव अघि एमाले एक्लैले बहुमत ल्याउने अनुमान गरेपनि त्यसो नभएको उनले बताए। जसले गर्दा समीक्षा गर्नुपर्ने आवश्यकता देखिएको बताए।
‘हामीले भर्खरै आम निर्वाचन सम्पन्न गरेका छौं। नयाँ जनादेश लिएर हामी अघि बढेका छौं। निर्वाचनअघि हाम्रो आँकलन एक्लै बहुमत ल्याउने थियो । तर, त्यस्तो भएन । समानुपातिक मतमा प्रथम भयौं । ७ मध्ये ६ प्रदेशमा हामी प्रथम दल भयौं । ५० प्रतिशत पपुलर मत ल्याउँछौं भन्ने थियो । यो निर्वाचनले एउटा गम्भीर समिक्षा गरेर अघि बढ्न भनेको छ,’ उनले भने।
बस्नेतले पूराना दलप्रति जनताको केही वितृष्णा देखिएको पनि उल्लेख गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: