Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

काश्मिरमा हिंसात्मक घटनामा १० जनाको मृत्यु

खबरडबली संवाददाता

काश्मिर । भारत प्रशासित काश्मिरको दक्षिणी क्षेत्रमा भएको हिंसात्मक घटनामा छ दिनको अवधिमा १० जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् । काश्मिरको दक्षिणी क्षेत्र हिन्दू बहुल क्षेत्र हो र यहाँ पश्चिमी क्षेत्रको तुलनामा विरलै हिंसात्मक घटनाहरू हुने स्थानका रूपमा लिने गरिन्छ । 

मुस्लिम बाहुल्य हिमालय क्षेत्रका विद्रोही समूहहरूले दशकौंदेखि आफ्नो स्वतन्त्रता वा पाकिस्तानमा विलयका लागि लडेका छन्, जसले विभाजित क्षेत्रको सानो भागलाई नियन्त्रण गर्दछ ।

काश्मिरमा करिब ५० लाख भारतीय सैनिक तैनाथ छन् र यसको दक्षिणी भाग जम्मुमा अधिकांश हिन्दू र तुलनात्मक रूपमा शान्तिपूर्ण छ ।

तर भारत विरोधी विद्रोहीको आशङ्कामा दुई बन्दुकधारीले आइतबार दुर्गम गाउँ डाङ्ग्रीका घरहरूमा गोली चलाउँदा चार जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको प्रहरी अधिकारी मुकेश सिंहले सञ्चारकर्मीहरूलाई बताउनुभयो ।

काश्मिरलाई भारत र पाकिस्तानबीच विभाजन गर्ने नियन्त्रण रेखा ९एलओसी० नजिकको क्षेत्रमा प्रहरी र सुरक्षा बलले आक्रमणकारीको खोजी कार्य सुरु गरेका बताइएको छ । 

सोमबार एउटा घर नजिकै भएको विस्फोटमा परी सात वर्षीय बालक र अर्का एक व्यक्तिको मृत्यु भएको नाम नबताउने शर्तमा अर्का एक प्रहरी अधिकारीले एएफपीलाई बताए ।

नजिकै एउटा विस्फोट नभएको विस्फोटक पदार्थ पनि फेला परेको र विशेषज्ञ टोलीले त्यसलाई निस्क्रिय पारेको अधिकारीहरूले बताएका छन् ।

जम्मु शहरको एक चेकप्वाइन्टमा सरकारी सेना र संदिग्ध विद्रोहीबीच बुधबार भएको गोली हानाहानपछि केही व्यक्तिको मृत्यु भएको थियो ।

प्रहरीका अनुसार चार जना संदिग्ध विद्रोहीको मृत्यु भएको छ भने ट्रकका चालक फरार छन् ।

अधिकारीहरूका अनुसार गत वर्षभरी काश्मिर क्षेत्रमा भएका भिडन्तमा कम्तीमा १७२ जना संदिग्ध विद्रोही र २६ जना सशस्त्र बलका जवान मारिएका थिए ।

भारतीय काश्मिरमा पाँच वर्षभन्दा बढी समयदेखि निर्वाचित सरकार छैन र सन् २०१९ देखि नयाँ दिल्लीको प्रत्यक्ष नियन्त्रण छ ।

भारतले नियमित रूपमा पाकिस्तानलाई विद्रोहीहरूलाई समर्थन गरेको आरोप लगाउँदै आएको छ, तर इस्लामाबादले यसको खण्डन गर्दै आएको छ । पाकिस्तानका अनुसार उसले आत्मनिर्णयको अधिकारको लागि कश्मीरको संघर्षलाई कूटनीतिक समर्थन मात्र प्रदान गर्दछ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीर्ने तहको सरकारसँग सहकार्य गर्दै स्वदेशमै रोजगारी सिर्जनामा सरकार केन्द्रित छ: श्रममन्त्री यादव

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने काममा सरकार केन्द्र...

भारतको नयाँ मापदण्डका कारण इलामका चिया उद्योग ठप्प, सरकार मौन रहेको सांसद राईको आरोप

काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राई ले नेपालको चिया उद्योगले वार्षिक ठूलो परिमाणमा तयारी चिया निर्यात गरी अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान द...

जुम्लाको तातोपानीमा ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका –३ स्थित लाछुगाउँनजिक कर्णाली राजमार्गको सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जन...

अमेरिकाद्वारा पूर्वी प्रशान्त महासागरमा आक्रमण , एक जनाको मृत्यु

वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...

अमेरिकाद्वारा पूर्वी प्रशान्त महासागरमा आक्रमण जारी, एक जनाको मृत्यु

वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...

आफ्नो भुमिकामाथि प्रश्न उठेपछि सभामुख अर्यालले गराए नियमावलीको स्मरण

काठमाडौं । प्रतिनिधिसभामा आफ्नो भूमिकामाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति ध्यानाकर्षण भएको बताएका छन्। नेपाली कांग्रेसका सांसद...

सभामुखको निष्पक्षतामाथि कांग्रेसको प्रश्न, रास्वपाद्वारा अभिव्यक्ति हटाउन माग

काठमाडौं। नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद चन्द्रमोह...

अन्तरजातीय विवाह गर्ने ११ दम्पती नगदसहित सम्मानित

फुङलिङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ११ दम्पतीलाई नगदसहित सम्मान गरेको छ । सामाजिक सद्भाव, समानता र जातीय विभेद अन्त...

बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणको पहल

खोटाङ। खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्कि पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ ।  दुई वर्षअघिको बाढी...

कालीमाटी–बल्खु क्षेत्रमा यात्रु हैरानी गर्ने ३५ जना पक्राउ

काठमाडौँ । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने तथा बढी भाडा असुल्न खोज्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending