Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

बाटोमै टुट्यो अमेरिकाको सपना

खबरडबली संवाददाता

काठमाडौं । ‘अवैध’ बाटो हुँदै ‘सपनाको देश’ अमेरिका जाने क्रममा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१०, का २० वर्षीय मदन शाही पानामाको जङ्गलमा मृत अवस्थामा भेटिएको खबर घरमा आइपुगेको छ। 

छोरो अमेरिका पुगेको खबर कहिले आउला भन्दै कुरेर बसेकी पुतली शाही छोरो नै नरहेको खबर सुनेर मर्माहत हुनुभएको छ। मदनले घर छोडेको वर्ष दिन पुग्नै लाग्दा आइपुगेको दुखद खबरले परिवार र आफन्तलाई विक्षिप्त बनाएको छ।

मदनका दाइ कपिल शाहीले गत वर्षको फागुनमा घरबाट निस्केको भाइको मङ्सिर २५ गते मृत्यु भएको खबर सामाजिक सञ्जालमा फैलिएको जानकारी दिनुभयो। 

“घरमा बज्रपात भयो,” कपिलले भने, “कयौँ सपना साँचेर भाइ अमेरिका जान हिँडेको थियो, सबै सपना चकनाचुर भए, परिवारमा बल्नै लागेको खुसीको दियो निभ्यो।” मृत्युको खबर आधिकारिक रूपमा नआए पनि सँगै गएका साथीमार्फत जङ्गलको खोला किनारमा शव भेटिएको भन्दै परिवारसम्म सूचना आइपुगेको हो। 

आठ वर्षसम्म नेपाली सेनाको जागिर खाएका रुकुमपश्चिमको मुसीकोट नगरपालिका–५, थर्पुगाउँका ४० वर्षीय रमेश गौतमको सपनाको देश अमेरिका थियो। 

सेनाबाट स्वेच्छिक अवकाश लिएर केही समय घर बसेपछि अवैध बाटो हुँदै अमेरिका जानेक्रममा गत कात्तिक २५ मा पानामाको क्यारेबियन सागरमा रमेशको जीवनयात्रा टुङ्गियो। समुद्रमा उनीसहित २५ जना चढेको डुङ्गा दुर्घटना भएपछि सपनाको देशको यात्रा पानामा सागरमै बिलायो।

रमेशसँगै थिए रुकुमपश्चिमको बाँफीकोट गाउँपालिका–७ का २५ वर्षीय प्रदीप खत्री पनि। पहिलो पटकको अवैध यात्रा असफल भएर बीचबाटै नेपाल फर्किएका खत्री दोस्रो पटक अमेरिकी सपना पछ्याउँदै पुनः जाँदा क्यारेबियन सागरमा अस्ताउनु पर्यो। 

अमेरिका यात्रा गर्नेहरूको हुलमा मिसिएका बाँफीकोट गाउँपालिका–३ का २८ वर्षीय रूपक बोहराको पनि गत वर्षको मङ्सिर ११ गते बाटोमै ज्यान गएको थियो। 

गैरकानुनी रूपमा अमेरिका हिँडेका बोहरा घानामा मलेरियाबाट ग्रसित भएपछि बेलैमा उपचार नपाएर मृत्यु भएको थियो। अलपत्र अवस्थामा रहेका बोहरालाई त्यहाँका नेपालीले उद्धार गरेर अस्पताल पु¥याएको केही दिनमै मृत्यु भएको थियो। 

श्रीमान् बित्दा काखमा नौ महिनाकी छोरी र दुई वर्षको छोरो रहेको बताउँदै बोहराकी श्रीमती गीता पुरी बोहराले जीवनका कयौँ सपना चकनाचुर भएको बताउनुभयो। 

सङ्गठित मानव तस्करको भर परेर अमेरिका जानेको सङ्ख्या जिल्लामा बढ्दै गएको छ। अवैध रूपमा अमेरिका जाने लहर चल्दा लाखौँ रुपियाँ डुब्ने जोखिम त छँदैछ, त्यसरी हिँडेकाको प्राण नै नरहने त्रास पनि उत्तिकै छ। यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending