Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

रुसले ड्रोन हमला गर्दै युक्रेनलाई सिध्याउने योजना बनाइरहेको छ : जेलेन्स्की

खबरडबली संवाददाता

काठमाडौं । रुसले युक्रेनलाई निरुत्साहित पार्ने प्रयासमा लामो समयसम्म ड्रोन हमलाहरू गरिरहने योजना बनाएको युक्रेनी राष्ट्रपतिले बताएका छन्।

इरानमा निर्मित शाहिद नामको ड्रोनबाट मस्कोले हमलाहरू थाल्ने विषयमा आफूले गुप्तचर रिपोर्टहरू पाएको राष्ट्रपति जेलेन्स्कीले दाबी गरे।

डोन्बास क्षेत्रमा युक्रेनले थुप्रै रुसी फौजको ज्यान जानेगरी गरेको एउटा हमलापछि युक्रेनी राष्ट्रपतिको पछिल्लो भनाइ सार्वजनिक भएको हो। युद्ध मैदानमा आफ्नोतर्फ क्षति भएको कुरा विरलै स्वीकार गर्ने गरेको रुसले पछिल्लो पटक आफ्ना ६३ जना फौज मारिएको जनाएको छ।

किएभमा रात्रिकालीन सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले लामो समयसम्म ड्रोन हमलाहरू गर्दै युक्रेनलाई सिध्याउने रुसी योजना रहेको उल्लेख गरे।

“हामीले यो कुराको सुनिश्चित गर्नैपर्छ कि आतङ्कवादीहरूको अहिलेको लक्ष्यलाई पनि अरू लक्ष्यलाई जस्तै विफल पार्न आवश्यक सबै कदम चाल्नेछौँ,” उनले भने।

“अहिलेको समय भनेको हाम्रो आकाशको सुरक्षामा रहेका सबैजना अझ विशेष रूपमा त्यसमा केन्द्रित रहनुपर्ने भन्ने हो।”

युक्रेनमाथि रुसी ड्रोन हमलाहरू पछिल्ला दिनमा बढ्दो क्रममा रहेको देखिएको छ। मस्कोले पछिल्ला तीन रातियता युक्रेनभरि विभिन्न शहर तथा ऊर्जा केन्द्रहरूमाथि हमलाहरू गर्दै आएको छ।

जेलेन्स्कीका अनुसार युक्रेनी हवाई प्रतिरक्षा बलले सन् २०२३ का शुरूवाती दिनहरूमा इरानमा निर्मित ८० वटासम्म ड्रोनलाई खसालिदिएको छ।

अधिनस्थ डोनेत्स्क क्षेत्रमा आफूहरूले गरेको एउटा हमलामा ४०० रुसी फौज मारिएको युक्रेनले दाबी गरेको छ। रुसले चाहिँ ६३ जना मारिएको बताएको छ। तर घटना भएको क्षेत्रमा जान नसकिने भएकोले दुवै पक्षको दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकिँदैन।

एक दिनअघि मात्र नेटोका महासचिव एन्स स्टोलटनबेर्गले रुस पछाडि हट्ने सङ्केत नदेखिएकोले पश्चिमा देशहरू युक्रेनलाई लामो समयसम्म सहयोगका लागि तयार रहनुपर्ने बताएका थिए।

सैन्य सहयोगले एउटा सार्वभौम देशको रूपमा टिकिरहन युक्रेनलाई सघाउ पुग्ने,  वार्तामा बस्न रुसलाई दबाव दिने तथा सहमतिमार्फत्‌ युद्धको अन्त्य गराउने उत्तर एट्लान्टिक सन्धि सङ्गठनका महासचिवले बीबीसीसँग भने।

वार्ताको टेबुलमा युक्रेन बलियो अवस्थामा हुने कुराको पनि नेटोले सुनिश्चित गर्नुपर्नेमा स्टोलटनबेर्गले जोड दिए।पश्चिमा देशहरूले रुसलाई सिध्याउनका लागि युक्रेनको प्रयोग गरिरहेको मस्कोले आरोप लगाउँदै आएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending