Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

युवालाई देशभित्रै राख्ने कुरा सजिलो छैनः ओली

खबरडबली संवाददाता

काठमाडौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै अन्य दलहरुलाई समेत त्यसको पक्षमा उभिन आग्रह गरेको छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतको प्रस्तावमाथि भएको छलफलमा उनले प्रधानमन्त्री दाहालले राख्नुभएको प्रस्तावलाई समर्थन गर्दै अरू दललाई पनि पक्षमा मतदान गर्न आग्रह गरेको हो ।

अध्यक्ष ओलीले भने, “म प्रस्तावको स्वागत र समर्थन गर्छु, राजनीतिमा मौका अनुसारको व्याख्या गरिनु हुँदैन, प्रधानमन्त्री दाहाललाई अहिले विरोध गर्नुपर्ने ठाउँ नै छैन ।” प्रतिपक्षमा रहेर पनि सरकारलाई विश्वासको मत दिएर नेपाली कांग्रेसले विश्वकै लोकतान्त्रिक अभ्यासमा नयाँ भाष्य स्थापित गरेको उल्लेख गर्दैै उहाँले यदि समर्थनमा कुनै स्वार्थ रहेको खण्डमा त्यो निरर्थक साबित हुने बताए ।  

सरकारद्वारा जारी गरिएको साझा न्यूनतम कार्यक्रम स्वागतयोग्य रहेको उनले बताए । “त्यो स्पष्ट प्रतिबद्धता छ, रुग्ण उद्योगलाई ब्युताउनेसहित देशलाई औद्यौगिकीकरण र आधुनिकीकरणमा लैजानुपर्छ यो कार्यान्वयन गर्ने विषय पनि उत्तिकै चुनौती छ”, पूर्वप्रधानमन्त्री ओलीले भने, “इतिहास दोहो¥याउने नभई नयाँ रच्ने भएकाले प्रधानमन्त्रीको प्रतिबद्धता आशलाग्दो छ, असहमति जनाइरहनुपर्ने आवश्यकता छैन ।”

अध्यक्ष ओलीले कुनै कालखण्डमा संसद् विघटन भएसँगै सधैँभरि असंवैधानिक परिस्थिति उत्पन्न हुन्छ भन्ने सोचबाट तर्सन हुन्न भन्दै उनले विश्वका लोकतन्त्रातिक मुलुकमा समेत यस्तो अभ्यास बेला बखत हुदै आएको स्पष्ट गरे।

अध्यक्ष ओलीले सरकारले अघि सारेका नीति तथा कार्यक्रममा झन्डै ५० लाख जनता निरपेक्ष गरिबीको रेखामुनि रहेका र लाखौँको सङ्ख्यामा विदेशमा रहेका युवा लक्षित रहेको बताउँदै उनले भने, “युवालाई देशभित्रै राख्ने कुरा सजिलो छैन, रोजगारीका आकर्षक अवसरहरु सिर्जना गर्नुपर्छ ।” उनले देशको विकासका लागि विज्ञान र प्रविधिको अधिकतम प्रयोग गर्न जरुरी छ भने ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मेचीनगरमा १०४ बर्षीय बृद्धाद्वारा मतदान

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ बर्षीया बृद्धाले मतदान गरेकी ...

रुपन्देहीमा दिउँसो १ बजेसम्म करिब ५० प्रतिशत मतदान

बुटवल । रुपन्देहीमा दिउँसो १ बजेसम्म औसतमा ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार रुपन्देही जिल्लाका पाँच...

राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी भएनन्

काठमाडौँ। राष्ट्रपति र उपराष्ट्रपति प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आजको मतदानमा सहभागी भएनन् ।  संविधानका संरक्षकका रुपमा तटस्थता कायम गर्दै ...

दाङमा दिउँसोसम्म २८.७२ प्रतिशत मतदान

दाङ। प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत दाङ जिल्लाका मतदान केन्द्रहरूमा दिउँसोसम्म करिब २८.७२ प्रतिशत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृतको...

स्याङ्जामा अवरुद्ध भएको मतदान सुरु

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १० स्थित बालज्योति आधारभूत विद्यालयमा स्थगित भएको मतदान पुन: सुरु भएको छ। मतदाताले निर्वाचन अधिकृतको ह...

सुदूरपश्चिममा खस्यो ३० प्रतिशत मत

कैलाली । सुदूरपश्चिम प्रदेशमा झण्डै ३० प्रतिशत मत खसेको छ । अहिलेसम्म २९।६६ प्रतिशत मतदान भएको हो । प्रदेश निर्वाचन कार्यालयका अनुसार दुई लाख ६० हज...

बागलुङमा ५१ जना कैदीबन्दीले गरे मतदान

बागलुङ। जिल्ला कारागार बागलुङमा मतदान सम्पन्न भएको छ । कारागारमा रहेका १ सय ६१ कैदीबन्दीमध्ये ५३ जना मतदाता रहेका थिए । कारागारमा १ सय ४५ पुरुष र १...

दोलखामा हराएका सबै मतपत्र भेटिएनन्, अझै सुरु हुन सकेन मतदान

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मा मतपत्र हराउने र विवाद बढेपछि मतदान अझै सुरु हुन सकेको छैन। मतदानको क्रममा दलगत कार्यकर्ताबीच झडप भएको थ...

बाजुरामा सात घण्टामा ३५ हजार मत खस्यो

बाजुरा। बाजुरामा मतदान सुरु भएको सात घण्टाभित्र ३५ हजार मत खसेको छ। बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान अन्तर्गत दिउँसो १२ बजेसम्म झण्डै ३५ हजार म...

स्याङ्जामा मतपत्रमा हस्ताक्षर नहुँदा मतदान रोकियो

काठमाडौं । स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–१०, मोदीखोलास्थित बालज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान रोकिएको छ। मतपत्रमा मतदान अधिकृतले ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE