काठमाडौ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ठेक्का ओगटेर काम नगर्ने प्रवृत्ति विकासको बाधक बनेको बताएको छन् । बेनीमा आजदेखि सुरु भएको सातौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले जनताको समृद्धिको चाहना पूरा गर्न कानुन संशोधन गरेर विकासमैत्री वातावरण बनाउन पहल गरिएको बताए ।
“बजेट नभएरभन्दा पनि ठेक्का लिएका व्यवसायीले जिम्मेवार भएर काम नगर्दा धेरै योजनाहरु अलपत्र बनेका पाइएको छ”, उनले भने, “ठेक्का लिएकाले काम नगर्ने, त्यसलाई हटाउन खोज्दा अदालत गएर अल्झाउने र अलपत्र बनाउने प्रवृत्तिको अन्त्य गर्न कानुन संशोधनमा पहल गरेका छौँ ।”
चीनको सिमाना कोरला नाका जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडक आयोजनाको स्थलगत निरीक्षण गरी ढिलासुस्तीका विषयमा सरकारको ध्यानाकर्षण गराएको अध्यक्ष तिमिल्सिनाले बताए ।
विसं २०७३ देखि सुरु भएको २०० किलोमिटर सडक कालोपत्र गर्ने योजना विसं २०७६ मा सकिनुपर्नेमा अझै पूरा भएको छैन । दुई हप्ताअघि सो सडकको निरीक्षण गरेर फर्कनुभएका तिमिल्सिनाले भन्सारलगायतका पूर्वाधार र सडक निर्माणलाई पूर्णता दिएर कोरला नाका सञ्चालनको वातावरण बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को ध्यानाकर्षण गराएको बताए ।
“कोरला नाका सञ्चालन गर्नसकेमा कालीगण्डकी करिडोर चीन, नेपाल र भारतको त्रिदेशीय व्यापारिक मार्ग बन्ने सम्भावना छ”, उनले भने, “प्राकृतिक स्रोतसाधनको परिचालन गरेर समृद्धि हासिल गर्न नीतिगत सुधारका लागि हामी प्रतिबद्ध छौँ ।”
म्याग्दी, रघुगङ्गा करिडोरमा सडक पूर्वाधार, जडीबुटी, कृषि र पर्यटनमार्फत म्याग्दीलाई समृद्ध बनाउन सकिने अध्यक्ष तिमिल्सिनाको भनाइ थियो । उनले बेनीदेखि पर्वतको बगरफाँट जोड्ने पक्की मोटरेबल पुल निर्माण नहुँदासम्मका लागि कालीगण्डकीमा बेलिब्रिज बनाउन ठेक्का प्रक्रिया अघि बढेको जानकारी दिए ।
कार्यक्रममा संविधानसभा सदस्य गोविन्द पौडेल, नवराज शर्मा, रेशमबहादुर बानियाँ, प्रदेशसभा सदस्य विमला गौचन, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवाल लगायतले म्याग्दीका विकास आयोजना निर्माणमा भएको ढिलासुस्तीका विषयमा राष्ट्रियसभाका अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराएको थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १७:०१
रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...
पौष ३ गते, २०८२ - १६:३५
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...
पौष ३ गते, २०८२ - १६:२५
काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...
पौष ३ गते, २०८२ - १६:१७
काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...
पौष ३ गते, २०८२ - १६:१३
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...
पौष ३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...
पौष ३ गते, २०८२ - १५:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...
पौष ३ गते, २०८२ - १५:२१
म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...
पौष ३ गते, २०८२ - १५:१२
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...
पौष ३ गते, २०८२ - १५:०१
काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...




प्रतिकृया लेख्नुहोस्: