Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

छोराबुहारी विदेश पठाए तर शालिकराम घर फर्किएनन्

खबरडबली संवाददाता

बागलुङ । वैदेशिक रोजगारीमा छोराबुहारी नभएको भए शालिकराम आचार्यका लागि देशको राजधानी काठमाडौँ बिरानो सहर हो। पर्यटकीय सहर पोखरामा होटल व्यवसाय गरेर बस्ने उनी बिरलै काठमाडौँ सहर आउजाउ गर्थे। 

बागलुङ नगरपालिका–४ घर भएका आचार्य पोखरा बसेर व्यवसाय गर्न थालेको केही वर्ष भयो। सवारीकै सहायतामा एक–दुई पटक काठमाडौँ पुगेर फर्केको अनुभव थियो उनीसँग। छोराबुहारी जापानमा रहेकाले घर आउँदा जाँदा आचार्यले विमानस्थलसम्म लिन र छाड्न जान थालेका थिए। काठमाडौँको विमानस्थलबाट छोराबुहारी आउँदा जाँदा लिन र पुर्‍याउन जान्थे। 

केही महिनाअघि जापानबाट घर आएकी बुहारी लक्ष्मी आचार्य जापान फर्किन थालेपछि आचार्य बुहारी उडाउन जहाज चढेरै काठमाडौँ पुगे।

बुहारी लक्ष्मीसहित सुरक्षित काठमाडौँ पुगेका आचार्यले गत शनिबार बुहारीलाई जापान जाने जहाजमा सुरक्षित हिसाबले पठाए तर आफू घर फर्किएन पाएनन्। शनिबार बुहारी पठाएका आचार्य आइतबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२ नम्बरको विमान दुर्घटनासँगै अस्ताए। 

बुहारी लक्ष्मी जहाज चढेपछि जापानमा रहेका जेठा छोरा गणेशलाई जानकारी गराए। पोखरामा रहेका कान्छा छोरा लोकनाथलाई आफू फर्किने टिकटको बन्दोबस्त गर्न लगाए।

“कान्छो छोरा लोकनाथले भाउजूलाई पठाएपछि शनिबारै पोखरा आउनुस्, अनलाइन टिकट काटिदिन्छु भनेको रहेछ तर भाइले आज यतै बस्छु भनेपछि आइतबार बिहानको टिकट लिएछ”, मृतक शालिकरामका दाजु डिल्लीप्रसाद आचार्यले भने, “अघिल्लो दिन नै पोखरा फर्किएको भए सायद यस्तो भोग्नुपर्ने थिएन।” बुहारी जापान पुगिनसक्दै विमान दुर्घटनामा भाइ गुमाउनुपरेको आचार्यले सुनाए। 

मृतक आचार्यका माइला छोरा घनश्याम, कान्छा लोकनाथ र श्रीमती पोखराको नागढुङ्गामा बस्छन्। उनले त्यहाँ केही वर्षदेखि बागलुङ कालिका होटल सञ्चालन गरेका थिए। आचार्यको निधनले बागलुङको कुँडुले गाउँ शोकमा डुबेको छ। वैदेशिक रोजगारीमा हिँडेकी बुहारी छोडेर फर्किंदा ज्यान गुमाउने बागलुङका आचार्य एक्ला होइनन्। 

अध्ययन तथा रोजगारीको सिलसिलमा अस्ट्रेलिया हिँडेका छोराबुहारी छाडेर फर्किंदै गरेका बागलुङ नगरपालिका–१ की सीताकुमारी खड्का पनि घर फर्किएनन्।

शनिबार राति खुसीका साथ छोराबुहारीलाई त्रिभुवन विमानस्थलबाट अस्ट्रेलियाका लागि बिदाइको हात हल्लाएकी सीता आइतबार बिहान आफैँ यो संसारबाट बिदा भइन्। आइतबार बिहान सोही विमानस्थलबाट यती एयरलाइन्समा घर फर्कंदै गरेकी खड्का पोखराको आकाशमा अस्ताइन्। 

छोराबुहारीलाई कर्मथलोका लागि बिदाइ गर्न गएकी आमा घर नपुग्दै बीचमै अस्ताएपछि घरपरिवार शोकमा डुबेको छ। छोराबुहारी अस्ट्रेलिया नपुग्दै यता आमाको हवाई दुर्घटनामा परी मृत्यु भएको खबरले परिवार स्तब्ध भएको मृतकका भान्जा सूर्य लामिछानेले बताए। खड्का पोखरामा रहेकी छोरी अनिता खड्काले अनलाइन टिकट लिएपछि सोही विमानबाट पोखरा आउँदै थिए। 

आमाको मृत्युको खबर सुनेपछि छोरी अनिता बेहोस भएर अस्पताल भर्ना गरिएको भान्जा सूर्यले बताए। “माइजू, भाइ र बुहारीलाई अस्ट्रेलियाका लागि बिदाइ गरेर आइतबार बिहान विमानबाट घर फर्कंदै हुनुहुन्थ्यो”, लामिछानेले भने, “उता भाइ बुहारी अस्ट्रेलिया पुगिसकेका छैनन्। यता माइजूको यस्तो खबरले सबैलाई स्तब्ध र दुःखी बनाएको छ।” 

उहाँहरूसँगै बागलुङको बडिगाड गाउँपालिका स्थायी घर भएकी कलाकार निरा छन्त्याल र गलकोट नगरपालिका–२ नरेठाँटी घर भएकी बन्दना सुनारको पनि निधन भएको छ।

छन्त्याल पोखरामा सञ्चालित एक कार्यक्रममा प्रस्तुतिका लागि आउँदै थिए भने सुनार अमेरिकाबाट काठमाडौँमा उपचार गराइरहेकी हजुरआमा भेट्न आएकी थिइन्। नेपाल आएका बेला जन्मथलो पुगेर फर्किने सुनारको सपना अधुरै रह्यो। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजाका रोजाइको प्रकृति संरक्षण कोषमा प्रधानमन्त्री कार्कीको मनमौजी

काठमाडौं । तत्कालीन राजा वीरेन्द्रले विश्वमै प्राकृतिक र जैविक विविधता संरक्षणको सन्देश दिन स्थापना गरेको मानिने राष्ट्रिय प्रकृति संरक्षण कोष गणतन्त्...

चैत ५ गतेदेखि १९ सम्म कसरामा विक्रमबाबा पूजापाठ हुने

चितवन । हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको चितवनमा तयारी सुरुआत गरिएको छ । यस वर्ष चैत ५ गते देखि १९ गतेसम्म पूजा गर्ने तयारी गरिएको हो...

अमेरिकाले इरानको खार्ग टापुलाई किन निशाना बनायो ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शुक्रवार इरानको समुद्री तटबाट केही दूरीमा रहेको एउटा सानो टापुमा बमबारी गरिएको बताए। इरानको तेल निर्य...

सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीनिवास जोगाउन नसक्ने सैनिक अधिकारीमाथि पनि कारबाहीको सिफारिस

काठमाडौं । जेन–जी आन्दोलनमा सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीनिवास बालुवाटार जोगाउन नसकेको भन्दै ती निकायको सुरक्षामा खटिएका सैनिक अधिकार...

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको समर्थन मूल्य तोक्न अध्ययन थालेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्...

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

बागलुङ । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै वडाका बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ । पालिकाको नौवटै वडामा स्वास्थ...

आज कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै हाल  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका ...

मानवीय लापरवाहीबाट डढेलोको जोखिम उच्च

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले वनजङ्गलसँगै, वन्...

रास्वपाका नवनिर्वाचित सांसदको अभिमुखीकरण आजदेखि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि अभिमुखीकरण सुरुआत गर्दैछ । दुईदिने सो अभिमु...

नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै गएपछि ३५ वर्षमाथिका नागरिकलाई लक्ष्य गरी खोप अभियान सञ्चाल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: