कास्की । आइतबार भएको विमान दुर्घटनाका सन्दर्भमा दुर्घटना प्रभावित नागरिक समिति गठन गरिएको छ । पोखराको सेतीनदी खोँचमा भएको विमान दुर्घटना प्रभावित क्षेत्रका नागरिकको आजको भेलाले प्रेस स्वतन्त्रता सेनानी कुसुमकेशव पराजुलीको संयोजकत्वमा नागरिक समिति गठन गरेको हो ।
समितिमा आवश्यकताअनुसार सहसंयोजक, सचिव र अन्य पदाधिकारी चयन गर्न अर्को भेला यही माघ ७ गते राखिएको छ ।
समितिमा गण्डकी प्रदेशका मुख्यमन्त्री प्रमुख संरक्षक रहनेगरी पोखरा महानगरपालिकाका प्रमुख, गण्डकी प्रदेशका सरोकारवाला सांसद, पत्रकार महासङ्घका केन्द्रीय सदस्य, यती एयरलाइन्स कम्पनी, कास्कीका जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलाई सल्लाहकारमा चयन गरिएको छ ।
नागरिक समितिमा दुर्घटनामा परी मृत्यु भएका परिवारका सदस्यलाई समाबेस गर्ने र आवश्यकताअनुसार प्रदेशका सङ्घसंस्था, सरोकारवाला पालिका र वडाध्यक्ष, पोखरा उद्योग वाणिज्य सङ्घ, पर्यटन व्यवसायी सम्बद्ध सङ्घ सङ्गठन, धार्मिक तथा सांस्कृतिक संस्थालाई पनि समावेश गरिने भएको छ ।
भेलाले दुर्घटनामा निधन हुनेप्रति श्रद्धाञ्जली एवं शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै प्रदेशमा घटेको ठूलो हवाई दुर्घटनाको निष्पक्ष छानविन गर्न सरकारलाई अनुरोध गरेको छ । छानविनमा सघाउन मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिलाउने साथै मृतकको चीरशान्तिको कामनासहित उनीहरूको परिवारजनको सहजता हुनेगरी समाज संस्कृतिअनुसारको स्वस्तिशान्ति, पाठपूजा, प्रार्थना गर्ने निर्णय गरिएको छ ।
समितिले नेपाली संस्कृति रीतिरिवाजअनुसार १३ माघमा शान्तिदीप प्रज्वलन एवं स्वस्तिशान्ति गराउने र हरेक वर्ष यसै तिथिमा स्मृतिसभा गर्ने भएको छ । दुर्घटनामा मृत्यु भएकाको चीरस्मृति हुने कार्यक्रम थालनी गर्न समितिले विभिन्न उपसमिति गठन गर्न सकिने र त्यसको वैधानिकताका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरिएको छ ।
यसका लागि समिति आफैँले स्रोत जुटाएर खर्च गर्ने, आम्दानी, खर्चको लेखा परीक्षण सरकारी, गैरसरकारी र स्वतन्त्र नागरिक समाजको तर्फबाट सार्वजनिक सुनुवाइ गराएर गरिने जनाइएको छ ।
दुुर्घटनाले उब्जाएको राष्ट्रिय, अन्तर्राष्ट्रिय शोकलाई स्वदेश, विदेशको नागरिक र स्थानीय स्रोतसाधन परिचालन गरी शक्तिमा परिणत गर्न समिति लाग्ने उल्लेख गर्दै पोखरा एवं नेपालको हवाई उडान र पर्यटन व्यवसायलाई असर पर्ने कुनै समाचार प्रचार नगर्न सबैमा आग्रह गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: