काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले श्रममन्त्री बनाइएका आफ्ना नेता डोलप्रसाद अर्याल वैदेशिक रोजगार व्यवसायी नरहेको जिकिर गरेका छन्। ‘त्यस्तो पाए कारबाही गर्ने’ अभिव्यक्तिसमेत दिएका छन्।
तर, बिहीबारसम्म श्रृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिस प्रालिको वेबसाइटमा अर्यालको नाम अन्तर्राष्ट्रिय बजार निर्देशकका रूपमा थियो। म्यानपावर व्यवसायीलाई मन्त्री बनाएको र यसमा स्वार्थ बाझिने कुरा व्यापक भएपछि उक्त साइट दिउँसो बन्द गरियो। त्यहाँ भएका अर्यालका नाम र तस्बिर हटाइयो। पुनः खुलाइयो।
यसलाई मन्त्री अर्यालले ‘त्यहाँका साथीहरूले सल्लाहकारका रूपमा राखिदिएको’ प्रस्टीकरण दिएका छन्। तर, त्यही कम्पनीका एक सञ्चालकले अन्नपूर्ण पोस्ट्सँग उनले अन्तर्राष्ट्रिय बजार निर्देशकका हैसियतमा थुप्रै देशमा डिल गर्दै आएको जानकारी दिए।
जापान बसेर फर्किएको, भाषा र सम्पर्कसमेत भएको कारण उनले मुख्यतः जापानको रोजगारी ‘ह्यान्डिल’ गरेका थिए। ती सञ्चालकका अनुसार अर्यालले जापानबाट ‘जिट्को’ मार्फत श्रमिक विदेश लैजान एजेन्टसँग सम्पर्क र समन्वय गर्थे।
तर, सृष्टिबाट कामदार लिने जापानको कम्पनीले बढी शुल्क उठाएको भन्दै जापान सरकारले कामदार लैजान प्रतिबन्ध लगाएपछि सृष्टिले जिट्कोअन्तर्गत कामदार पठाउन बन्द भएको थियो। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - ०९:३२
काठमाडौं । तत्कालीन राजा वीरेन्द्रले विश्वमै प्राकृतिक र जैविक विविधता संरक्षणको सन्देश दिन स्थापना गरेको मानिने राष्ट्रिय प्रकृति संरक्षण कोष गणतन्त्...
चैत्र ३ गते, २०८२ - ०९:२८
चितवन । हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको चितवनमा तयारी सुरुआत गरिएको छ । यस वर्ष चैत ५ गते देखि १९ गतेसम्म पूजा गर्ने तयारी गरिएको हो...
चैत्र ३ गते, २०८२ - ०७:५२
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शुक्रवार इरानको समुद्री तटबाट केही दूरीमा रहेको एउटा सानो टापुमा बमबारी गरिएको बताए। इरानको तेल निर्य...
चैत्र ३ गते, २०८२ - ०७:४३
काठमाडौं । जेन–जी आन्दोलनमा सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीनिवास बालुवाटार जोगाउन नसकेको भन्दै ती निकायको सुरक्षामा खटिएका सैनिक अधिकार...
चैत्र ३ गते, २०८२ - ०७:३९
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको समर्थन मूल्य तोक्न अध्ययन थालेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्...
चैत्र ३ गते, २०८२ - ०७:३६
बागलुङ । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै वडाका बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ । पालिकाको नौवटै वडामा स्वास्थ...
चैत्र ३ गते, २०८२ - ०७:३२
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका ...
चैत्र ३ गते, २०८२ - ०७:२२
म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले वनजङ्गलसँगै, वन्...
चैत्र ३ गते, २०८२ - ०७:२१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि अभिमुखीकरण सुरुआत गर्दैछ । दुईदिने सो अभिमु...
चैत्र ३ गते, २०८२ - ०७:१६
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै गएपछि ३५ वर्षमाथिका नागरिकलाई लक्ष्य गरी खोप अभियान सञ्चाल...


प्रतिकृया लेख्नुहोस्: