Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

सीपले बदलिदिएको महिलाको दैनिकी

खबरडबली संवाददाता

बाग्लुङ । चार वर्ष पहिलेसम्म तमान गाउँका महिलाको दैनिकी घाँस दाउरा, चुलोचौको र मेलापात गरेर बित्थ्यो । सामान्य खर्चका लागि परनिर्भर हुनुपर्ने अवस्था थियो भने अहिले उनीहरु आफै कमाउन सक्ने बनेका छन् । 

आफ्नै सीपले आत्मनिर्भर बनेपछि उनीहरुको अनुहारमा खुसी छाएको छ । यस गाउँका महिलाले अहिले ढाका उद्योग सञ्चालन गरेर उद्यमी बनेका छन् । चार वर्ष अगाडि तमानखोला गाउँपालिकाले दिएको तालिमले अहिले उनीहरुको दैनिकी नै बदलिएको छ ।

महिलाले तमान गाउँमा कल्याण आमा समूहको भवनमा उद्योग सञ्चालन गरेका छन् । उद्योग सञ्चालनमा आएपछि उनीहरुको बिहान बेलुका घरको काम र दिउँसोभर उद्योगमा बित्ने गरेको छ । पहिले घरको काम र बालबच्चाको स्याहारसुसारमा व्यस्त महिला अहिले भने कपडा बुन्नमा व्यस्त छन् । उद्योगले उनीहरुको दैनिकी फेरिदिनुका साथै आयआर्जनको माध्यम बनेको छ ।

उद्योगमा कति महिला त बच्चासमेत बोकेर उद्योगमा आउँछन् । गाउँपालिकाले गाउँमा २० महिलालाई तालिम दिए पनि अहिले उद्योगमा सात जना मात्रै काम गर्छन् ।  उनीहरु आलोपालो तान चलाउने र धागो मिलाउने काम गर्छन् । 
उद्योगमा सात जनाको समूह भए पनि उनीहरुले ११ वटा तान राखेका छन् । त्यसमध्ये केही बुन्ने काम गर्छन् त केहीले सामान व्यवस्थापन र धागो मिलाउने गर्छन् । समूहमा धेरैजसो युवती सक्रिय छन् भने केही बृद्ध महिला पनि आबद्ध भएर काम गरिरहेको कल्याण आमा समूहकी अध्यक्ष तनिमा घर्तीमगरले बताइन् ।  

“गाउँमा पहिले रोजगार गर्ने अवसर पाइएको थिएन, सीप पनि सिक्न पाएका थिएनौँ, सीप भन्ने ठूलो सम्पत्ति रैछ, सीप भयो भने जहाँ गए पनि काम गर्न सकिन्छ, भोकले मर्न पर्दो रैनछ”, उनले भनिन्, “गाउँका दिदीबहिनी धेरैले अहिले सीप सिकेका छौँ, सीप भएन भने भोकले मर्ने हो, हामीले सीप सिकेर धेरै फाइदा भएको छ, अहिले काम पनि राम्रो हुँदैगएको छ, यसको प्रतिफल पनि राम्रै पाउने छौँ भन्ने आशा छ, बाहिरबाट पनि मान्छेहरु यहाँ आउने गर्नुहुन्छ ।”

उद्योग सञ्चालनमा आएपछि धेरै ठाउँबाट माग आएपछि आफूहरुलाई निकै हौसलासमेत मिलेको उनको भनाइ छ । उनले १४ महिलाको लगानीमा उद्योग सञ्चालन गरेको बताइन् । अध्यक्ष घर्तीमगरले समूहका सबैले शुरुमा रु ६० हजार लगानी गरेर उद्योग सञ्चालन गरेको बताइन् । आफूहरुले उत्पादन गरेका कपडा धेरैजसो गाउँमै बिक्री भएको र बजारसम्म पु¥याउनका लागि बढी उत्पादन गर्न थालेको उनको भनाइ छ ।  

उद्योगमा आबद्ध हुँदै आएकी जुनुमाया घर्तीमगरले आफूहरुले ढाकाबाट सल, टोपी, गलबन्दी, इस्टकोट, झोला, खादालगायतका कपडा बनाउँदै आएको बताइन् । उनले उद्योग सञ्चालनमा आएको केही समय राम्रो व्यापार भए पनि अहिले बजार व्यवस्थापनमा समस्या रहेको सुनाइन् ।   

कपडा निर्माण गर्न चाहिने धागो तथा अन्य सामान बुर्तिबाङ, पोखरा तथा काठमाडौँबाट ल्याउने गरेको उनको भनाइ छ । सरकारले बजार व्यवस्थापनका लागि सहयोग गरे आफूहरुलाई थप सहज हुने जुनुमायाले बताइन् । एउटा सल बुन्नको लागि दुईदेखि तीन दिनसम्म लाग्ने गर्छ । अरु कपडा बुन्नका लागि एक दिनदेखि हप्ता दिनसम्म लाग्ने उनको भनाइ छ । उत्पादन गरेको एउटा गलबन्दीको मूल्य एक हजारदेखि १५ समयसम्म र सलको १२ सयदेखि दुई हजार पाँच सयसम्म पर्नेगरेको उनले बताइन् । 

“अहिले हाम्रो मुख्य समस्या भनेकै बजार हो, बजार व्यवस्थापन भयो बने हामीहरुको आम्दानी पनि राम्रो हुन्थ्यो, अरु त अहिले खासै समस्या छैन, उत्पादन बढिराखेको छ, बजार राम्रो भयो भने उद्योग फस्ट्याउने थियो”, उनले भनिन्, “ढाका बुनाइले हामीहरुलाई उद्यमी बनायो, खुसी छौँ, परिवार चलाउन सहज भएको छ, पहिलेको जस्तो अवस्था छैन ।”

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले ढाका सञ्चालकलाई आवश्यक सहयोग गर्दैआएको बताए । उनले पालिकाकै पहलमा तालिम सञ्चालन गरेर उद्योग स्थापना गरेको जनाए । पछिल्लो समय लोप हुँदैगएको ढाका बुनाई गाउँमा स्थापित उद्योगले ब्युँताएको उनको भनाइ छ ।  

उनले भने, “यो ढाका उद्योगले परम्परागत ढाका बुनाइलाई ब्यूँताएको छ, मौलिक कलासँग जोडिएको ढाका बुनाइ बूढापाकाले मात्रै गर्ने गरेको सन्दर्भमा गाउँपालिकाले नयाँ पुस्तालाई तालिम दियौँ र अहिले उद्योगनै सञ्चालनमा आएको छ, यसले पुरानो संस्कृति जोगाएको छ, उद्यमीलाई पर्ने समस्याको समाधान हामीहरु गर्छौं ।”

उद्यमीलाई थप तालिम, आवश्यक मेसिन र बजारीकरणका लागि गाउँपालिकाले योजना बनाएको भन्दै उत्पादनलाई गुणस्तरीय बनाउनुपर्नेमा उनले जोड दिए ।  उनले महिला परनिर्भरबाट आत्मनिर्भर बनेको भन्दै अब तमानखोलाका हरके महिलालाई सीप सिकाई उद्यमसँग जोड्ने बताए । ढाका बुनाइसँगै यहाँका बेरोजगार युवाका लागि अन्य सीप सिकाइ रोजगार बनाउने गाउँपालिकाको योजना  रहेको सुनाए । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसभित्र बढ्यो सक्रियता

बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...

लगातार बढ्दै आएको अमेरिकी डलरको मूल्यमा गिरावट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...

नेकपापंक्तिमा प्रचण्डको निर्देशन- चुनावको विकल्प छैन, तयारीमा जट्नू

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...

यी हुन् नयाँ नेतृत्व चयनका लागि भोट नहाल्ने ३६ प्रतिनिधि (सूचीसहित)

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

एमाले महाधिवेशन- २२२७ मत खस्यो, मतगणना सुरु भएको तीन घण्टाभित्र नतिजा आउने

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...

पदीय मर्यादा अनुरूप काम नगर्नेलाई कारबाही

धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...

निर्वाचन ७७ दिन बाँकी: निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending