Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

सीपले बदलिदिएको महिलाको दैनिकी

खबरडबली संवाददाता

बाग्लुङ । चार वर्ष पहिलेसम्म तमान गाउँका महिलाको दैनिकी घाँस दाउरा, चुलोचौको र मेलापात गरेर बित्थ्यो । सामान्य खर्चका लागि परनिर्भर हुनुपर्ने अवस्था थियो भने अहिले उनीहरु आफै कमाउन सक्ने बनेका छन् । 

आफ्नै सीपले आत्मनिर्भर बनेपछि उनीहरुको अनुहारमा खुसी छाएको छ । यस गाउँका महिलाले अहिले ढाका उद्योग सञ्चालन गरेर उद्यमी बनेका छन् । चार वर्ष अगाडि तमानखोला गाउँपालिकाले दिएको तालिमले अहिले उनीहरुको दैनिकी नै बदलिएको छ ।

महिलाले तमान गाउँमा कल्याण आमा समूहको भवनमा उद्योग सञ्चालन गरेका छन् । उद्योग सञ्चालनमा आएपछि उनीहरुको बिहान बेलुका घरको काम र दिउँसोभर उद्योगमा बित्ने गरेको छ । पहिले घरको काम र बालबच्चाको स्याहारसुसारमा व्यस्त महिला अहिले भने कपडा बुन्नमा व्यस्त छन् । उद्योगले उनीहरुको दैनिकी फेरिदिनुका साथै आयआर्जनको माध्यम बनेको छ ।

उद्योगमा कति महिला त बच्चासमेत बोकेर उद्योगमा आउँछन् । गाउँपालिकाले गाउँमा २० महिलालाई तालिम दिए पनि अहिले उद्योगमा सात जना मात्रै काम गर्छन् ।  उनीहरु आलोपालो तान चलाउने र धागो मिलाउने काम गर्छन् । 
उद्योगमा सात जनाको समूह भए पनि उनीहरुले ११ वटा तान राखेका छन् । त्यसमध्ये केही बुन्ने काम गर्छन् त केहीले सामान व्यवस्थापन र धागो मिलाउने गर्छन् । समूहमा धेरैजसो युवती सक्रिय छन् भने केही बृद्ध महिला पनि आबद्ध भएर काम गरिरहेको कल्याण आमा समूहकी अध्यक्ष तनिमा घर्तीमगरले बताइन् ।  

“गाउँमा पहिले रोजगार गर्ने अवसर पाइएको थिएन, सीप पनि सिक्न पाएका थिएनौँ, सीप भन्ने ठूलो सम्पत्ति रैछ, सीप भयो भने जहाँ गए पनि काम गर्न सकिन्छ, भोकले मर्न पर्दो रैनछ”, उनले भनिन्, “गाउँका दिदीबहिनी धेरैले अहिले सीप सिकेका छौँ, सीप भएन भने भोकले मर्ने हो, हामीले सीप सिकेर धेरै फाइदा भएको छ, अहिले काम पनि राम्रो हुँदैगएको छ, यसको प्रतिफल पनि राम्रै पाउने छौँ भन्ने आशा छ, बाहिरबाट पनि मान्छेहरु यहाँ आउने गर्नुहुन्छ ।”

उद्योग सञ्चालनमा आएपछि धेरै ठाउँबाट माग आएपछि आफूहरुलाई निकै हौसलासमेत मिलेको उनको भनाइ छ । उनले १४ महिलाको लगानीमा उद्योग सञ्चालन गरेको बताइन् । अध्यक्ष घर्तीमगरले समूहका सबैले शुरुमा रु ६० हजार लगानी गरेर उद्योग सञ्चालन गरेको बताइन् । आफूहरुले उत्पादन गरेका कपडा धेरैजसो गाउँमै बिक्री भएको र बजारसम्म पु¥याउनका लागि बढी उत्पादन गर्न थालेको उनको भनाइ छ ।  

उद्योगमा आबद्ध हुँदै आएकी जुनुमाया घर्तीमगरले आफूहरुले ढाकाबाट सल, टोपी, गलबन्दी, इस्टकोट, झोला, खादालगायतका कपडा बनाउँदै आएको बताइन् । उनले उद्योग सञ्चालनमा आएको केही समय राम्रो व्यापार भए पनि अहिले बजार व्यवस्थापनमा समस्या रहेको सुनाइन् ।   

कपडा निर्माण गर्न चाहिने धागो तथा अन्य सामान बुर्तिबाङ, पोखरा तथा काठमाडौँबाट ल्याउने गरेको उनको भनाइ छ । सरकारले बजार व्यवस्थापनका लागि सहयोग गरे आफूहरुलाई थप सहज हुने जुनुमायाले बताइन् । एउटा सल बुन्नको लागि दुईदेखि तीन दिनसम्म लाग्ने गर्छ । अरु कपडा बुन्नका लागि एक दिनदेखि हप्ता दिनसम्म लाग्ने उनको भनाइ छ । उत्पादन गरेको एउटा गलबन्दीको मूल्य एक हजारदेखि १५ समयसम्म र सलको १२ सयदेखि दुई हजार पाँच सयसम्म पर्नेगरेको उनले बताइन् । 

“अहिले हाम्रो मुख्य समस्या भनेकै बजार हो, बजार व्यवस्थापन भयो बने हामीहरुको आम्दानी पनि राम्रो हुन्थ्यो, अरु त अहिले खासै समस्या छैन, उत्पादन बढिराखेको छ, बजार राम्रो भयो भने उद्योग फस्ट्याउने थियो”, उनले भनिन्, “ढाका बुनाइले हामीहरुलाई उद्यमी बनायो, खुसी छौँ, परिवार चलाउन सहज भएको छ, पहिलेको जस्तो अवस्था छैन ।”

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले ढाका सञ्चालकलाई आवश्यक सहयोग गर्दैआएको बताए । उनले पालिकाकै पहलमा तालिम सञ्चालन गरेर उद्योग स्थापना गरेको जनाए । पछिल्लो समय लोप हुँदैगएको ढाका बुनाई गाउँमा स्थापित उद्योगले ब्युँताएको उनको भनाइ छ ।  

उनले भने, “यो ढाका उद्योगले परम्परागत ढाका बुनाइलाई ब्यूँताएको छ, मौलिक कलासँग जोडिएको ढाका बुनाइ बूढापाकाले मात्रै गर्ने गरेको सन्दर्भमा गाउँपालिकाले नयाँ पुस्तालाई तालिम दियौँ र अहिले उद्योगनै सञ्चालनमा आएको छ, यसले पुरानो संस्कृति जोगाएको छ, उद्यमीलाई पर्ने समस्याको समाधान हामीहरु गर्छौं ।”

उद्यमीलाई थप तालिम, आवश्यक मेसिन र बजारीकरणका लागि गाउँपालिकाले योजना बनाएको भन्दै उत्पादनलाई गुणस्तरीय बनाउनुपर्नेमा उनले जोड दिए ।  उनले महिला परनिर्भरबाट आत्मनिर्भर बनेको भन्दै अब तमानखोलाका हरके महिलालाई सीप सिकाई उद्यमसँग जोड्ने बताए । ढाका बुनाइसँगै यहाँका बेरोजगार युवाका लागि अन्य सीप सिकाइ रोजगार बनाउने गाउँपालिकाको योजना  रहेको सुनाए । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजाका रोजाइको प्रकृति संरक्षण कोषमा प्रधानमन्त्री कार्कीको मनमौजी

काठमाडौं । तत्कालीन राजा वीरेन्द्रले विश्वमै प्राकृतिक र जैविक विविधता संरक्षणको सन्देश दिन स्थापना गरेको मानिने राष्ट्रिय प्रकृति संरक्षण कोष गणतन्त्...

चैत ५ गतेदेखि १९ सम्म कसरामा विक्रमबाबा पूजापाठ हुने

चितवन । हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको चितवनमा तयारी सुरुआत गरिएको छ । यस वर्ष चैत ५ गते देखि १९ गतेसम्म पूजा गर्ने तयारी गरिएको हो...

अमेरिकाले इरानको खार्ग टापुलाई किन निशाना बनायो ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शुक्रवार इरानको समुद्री तटबाट केही दूरीमा रहेको एउटा सानो टापुमा बमबारी गरिएको बताए। इरानको तेल निर्य...

सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीनिवास जोगाउन नसक्ने सैनिक अधिकारीमाथि पनि कारबाहीको सिफारिस

काठमाडौं । जेन–जी आन्दोलनमा सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीनिवास बालुवाटार जोगाउन नसकेको भन्दै ती निकायको सुरक्षामा खटिएका सैनिक अधिकार...

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको समर्थन मूल्य तोक्न अध्ययन थालेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्...

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

बागलुङ । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै वडाका बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ । पालिकाको नौवटै वडामा स्वास्थ...

आज कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै हाल  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका ...

मानवीय लापरवाहीबाट डढेलोको जोखिम उच्च

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले वनजङ्गलसँगै, वन्...

रास्वपाका नवनिर्वाचित सांसदको अभिमुखीकरण आजदेखि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि अभिमुखीकरण सुरुआत गर्दैछ । दुईदिने सो अभिमु...

नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै गएपछि ३५ वर्षमाथिका नागरिकलाई लक्ष्य गरी खोप अभियान सञ्चाल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: