Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सरस्वतीको मूर्तिमा सीप निखार्दै कुम्हाल समुदाय

खबरडबली संवाददाता

महोत्तरी । मधेस प्रदेशको महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले वसन्त उत्सवको उल्लास छ । श्रीपञ्चमी अर्थात् वसन्तपञ्चमी पर्वका लागि समाजमा सबै आ–आफ्नो क्षेत्रका काम हेर्दैछन् । यस पर्वमा मिथिलाका कुम्हाल जाति समुदाय अहिले सरस्वतीको मूर्तिमा आफ्नो सीप खन्याउन तल्लीन छन् । अझभन्दा मूर्तिको निखारमा कुम्हाल जुटेका छन् ।

सरस्वती पूजनोत्सवको दिन नजिकिँदै गर्दा कुम्हाललाई अहिले माटो मुछेर बनाइने देवी सरस्वतीका मूर्ति तयार गर्ने चटारो छ । वसन्तपञ्चमी र श्रीपञ्चमीसमेत भनिने माघ शुक्ल पञ्चमीका दिन उल्लासका साथ सरस्वती पूजनोत्सव मनाइने मैथिल परम्परा छ । 

सरस्वती पूजनोत्सवका लागि माटो मुछेर बनाइएका मूर्तिको माग हुने भएपछि अहिले कुम्हाललाई मूर्तिमा अन्तिम चरणको रङ भर्ने कामले छोपेको छ । कतिपय अझै मूर्तिमा बिभिन्न अङ्गको बनोटबारे अन्तिम छाँटकाँट पनि गर्दैछन् । मुख्यतः अहिले अब मूर्तिमा रङ भर्ने काम देखिँदो छ ।

“अब दिन कति बाँकी रहे र ? आउने बिहीबार त पर्व नै हो, मूर्ति त एक दिन पहिले नै तयार भइसक्नुपर्छ”, मूर्तिमा कुचीले विभिन्न रङ भर्न व्यस्त महोत्तरी भङ्गाहा नगरपालिका–५ भूचक्रपुरका सीताराम पण्डित कुम्हाल भन्छन्, “दुई–चार मूर्तिमात्रै बिके पनि अलिकति रकमको जोहो हुन्थ्यो, दिन घर्केपछि फेरि मूर्ति खोज्न त कोही आउँदैनन्, त्यसैले मूर्तिको काम चाँडै सक्नुपरेको छ ।” यसपालि यही माघ १२ गते अर्थात् आउने बिहीबार श्रीपञ्चमी पर्व परेको छ । मूर्तिमा रङ भर्न घरका परिवारजन छोराछोरी पनि रमाइलोका लागि सरिक हुने गरेका सीताराम बताउछन् ।

माटो मुछेर भाँडा, मूर्ति बनाउने पेसाका कुम्हाल अब पर्वविशेषमै आफ्नो पुख्र्यौली व्यवसाय सीमित भएको बताउँछन् । अहिले सरस्वती पूजनोत्सव नजिकिँदै गर्दा मूर्ति बनाउन लागिपरिएको सीतारामको भनाइ छ । मिथिलामा श्रीपञ्चमी पर्वमा विद्यालयमात्र नभई घरमै पनि सरस्वती पूजा गर्ने परम्पराले यो बेला सरस्वतीका मूर्तिको माग बढ्ने गरेको छ । “अब पहिलेजस्तो घरायसी प्रयोजनमा माटाका भाँडा प्रयोग हुन छाड्यो, त्यसैले हाम्रो सीप चाडवाड विशेषमा सीमित भएको छ”, सीतारामले भने ।

सरस्वती पूजनोत्सवमा एक महिना पहिलेदेखि नै कुम्हालको व्यस्तता बढ्छ । मूर्तिका लागि माटो छान्ने, ओसार्ने, मुछ्ने, पराल र खरलाई मूर्ति आकार बनाएर माटो भर्ने र अन्त्यमा सरस्वतीको मूर्ति आकर्षक बनाउन विभिन्न रङ भरेर तयार गर्ने यसक्रमका काम हुन्छन् । 

सामान्यतः पूजनोत्सवमा सरस्वतीसँगै गणेशजीको मूर्तिको पनि माग हुन्छ । हिन्दू परम्परामा सबै शुभकार्यमा गणेशजीको अग्रपूजाको परम्पराले सरस्वती पूजनोत्सवमा पनि गणेशजीका मूर्तिको माग हुने गरेको महोत्तरीकै लोहारपट्टी नगरपालिका–४ पिपराढीका महेश्वर पण्डित बताउछन्।

बितेका दुई–तीन वर्ष पर्वकै मुखमा कोरोना सङ्क्रमण सन्त्रासले पूजनोत्सव समारोह राम्ररी आयोजन हुन नसक्दा कारोबार नभएको कुम्हाल सम्झन्छन् । यसपालि भने सरस्वती पूजनोत्सवका लागि ठाउँ–ठाउँबाट मूर्तिको माग भएको हुँदा अलि धमाधम परेको कुम्हालहरूको भनाइ छ । मूर्ति र माटाका भाँडा बनाउने काम पुख्र्यौली पेसासँग जोडिएको हुँदा त्यो परिचय थाम्न पनि अझै माटोसँग खेल्दै गरेको मनराशिशवा नगरपालिकाको सहसरामका ६० वर्षीय रामविलास पण्डित बताउछन् ।

“पहिले पो घरायसी प्रयोजनमा माटाका गाग्री, तौला (सामान राख्ने र खाना पकाउनसमेत प्रयोग गरिने भाँडा), ढकन, अङ्खरा र छ्याँची (दही जमाउने भाँडा) प्रयोग हुन्थे र पो सधैँ यी सामानको बजार जम्थ्यो”, रामविलास भन्छन्, “अब दैनिक प्रयोजनमा माटाका भाँडाको ठाउँ प्लाष्टिकका भाँडाले लिएपछि  हाम्रो सीप पनि चाडपर्वमा खुम्चेको छ ।” दुई दशक पहिलेसम्म सधैँ माटाका भाँडा बनाउन व्यस्त रहने कुम्हाल अब चाडपर्व विशेषका भाँडा र मूर्ति बनाएर पुख्र्यौली पेसाको पहिचानमात्र कायम राखिएको बताउँछन् । 

पछिल्ला केही दशकयता घरायसी प्रयोजनमा डेक्ची, बाटा, बाल्टिन, गिलास, अङ्खराजस्ता भाँडामात्र नभएर बाँसको चोयाबाट बन्ने डाली, छिटी, नाङ्लो र चाल्नोसहितका सामान पनि प्लाष्टिककै प्रयोग हुन थालेका छन् । माटाका भाँडा सानो असावधानीले छिसिक्क कतै ठोक्किनासाथ फुट्ने हुँदा अब सर्वसाधारण उपभोक्ताको रोजाइमा प्लाष्टिकका भाँडा पर्न थालेका कुम्हाल स्वयं स्वीकार गर्छन् ।

दशैँमा दुर्गा, तिहारमा लक्ष्मी, श्रीपञ्चमीमा सरस्वती, भदौ शुक्ल चौथीमा गणेश, भदौ कृष्ण अष्टमीमा श्रीकृष्ण र असोज सङ्क्रान्तिमा विश्वकर्माबाबाका मूर्ति माग हुन्छन् । यसबाहेक तिहार, छठ र चौरचनसहितका पर्वमा बत्ती बाल्ने दियो, गाग्री, तौला, दही जमाउने छ्याँची र केही सानातिना भाँडाका माग बढ्दा पर्वविशेषको व्यस्तता हुने र अन्य समय जीवन गुजाराका लागि अरु काममा लगाउने गरिएको कुम्हालहरूको भनाइ छ ।

आफ्ना पछिल्ला पुस्ताले त जीवन गुजारा नचल्ने भएपछि पुख्र्यौली यो पेसा छाड्दै गएका लोहारपट्टी–४ पिपराढीकै राजकिशोर पण्डित बताउछन्। “हेर्नोस्, हाम्रो बस्तीमा ४० घरजति कुम्हाल हौँला, अब अहिले हेर्दा ३० वर्षमुनिका कोही माटाका मूर्ति र भाँडा बनाउने काममा छैनन्”, ६५ वर्षीय राजकिशोर भने, “जीवन गुजारा नचल्ने भएपछि नयाँ पुस्ता अन्य व्यवसायमा लागेका छन्, हाम्रो शेषपछि यो पुख्र्यौली काम पनि कसैले थेग्लान् भन्ने लाग्दैन ।”

जिल्लामा अल्पसङ्ख्यक नै देखिने कुम्हाल जातिका पाका व्यक्ति अब एक–दुई पुस्तापछि नै चाडपर्वमा चाहिने माटाका भाँडा पनि बाहिरबाट ल्याउनुपर्ने अवस्था आउने बताउँछन् । पछिल्लो पुस्तालाई पुख्र्यौली पेसाले जीवन धान्छ भन्ने नलागेपछि अब यो पेसा हराउँदै गएको पाका कुम्हाल आफैँ बताउँछन् । जिल्लामा अल्पसङ्ख्यक रहेको यो समुदायको जनसङ्ख्या अझै पाँच हजारमुनि नै छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेनाले माग्यो २५ सय पदमा दरखास्त (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले पदपूर्तिका लागि ठूलो संख्यामा आवेदन माग गरेको छ। शुक्रबार सार्वजनिक सूचना प्रकाशन गरी जंगी अड्डाले रिक्त विभिन्न पदमा दरखास्त...

इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख प्रदान गरेको छ । पालिकाले छात्रवृत्तिस्वरुप उक्त रकम उपलब्ध गराएको हो ।  ...

विपिन जोशीका बुवाआमालाई प्रधानमन्त्रीले भने- सकारात्मक परिणाम आउनेमा आशावादी छु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास बाल...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक ...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, दुलहासहित ३२ घाइते

काठमाडौं । सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ४ स्थित प...

भारतमा लोकसभा निर्वाचन- पहिलो चरणमा २१ राज्यका १०२ सिटमा मतदान

काठमाडौं । भारतमा लोकसभा चुनाव अन्तर्गत पहिलो चरणको मतदान शुक्रवार बिहान सात बजेबाट सुरु भएको छ। सात चरणमा हुने यो निर्वाचन अन्तर्गत पहिलो चरणमा १०...

आगलागी हुँदा सात बिघा जमिनमा लगाएको गहुँ खेतमै जल्यो

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ । दोधारा चाँदनी...

निजी विद्यालयलाई महानगरको चेतावनी- एक महिनाको भन्दा बढी शुल्क लिइ भर्ना गराए कारबाही हुन्छ

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरुले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक अतिरिक्त शुल्क लिए कारबाही गर्ने जनाएको छ । महानगरपाल...

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

सुर्खेत । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ ।  डोल्पा, जाजरकोट, रुकुमपश्चिमलाई जोड्ने...

बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies