काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको नागरिकता विवादबारेको मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार पूर्ण सुनुवाइ हुँदैछ।
रविराज बसौला र युवराज पौडेलले लामिछाने सांसद् हुन समेत अयोग्य रहेको भन्दै उनलाई काममा रोक लगाउनुपर्ने मागसहित सर्वोच्चमा रिट हालेका थिए।
अमेरिकी नागरिकता र पासपोर्ट प्राप्त गरेसँगै नेपाली नागरिकता स्वतः बदर हुनेमा लामिछानेले नेपाल फर्केर दल दर्ता तथा प्रतिनिधिसभामा उम्मेदवार बन्दा पुरानै नागरिकता प्रयोग गरेको रिटमा उल्लेख छ।
यसअघि गत पुस २२ गते संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत रहेको इजलासमा बहस भएको थियो।
सो दिन जारी आदेशमा ‘विवादको सुनुवाइलाई अग्राधिकार प्रदान गरी छिटो छरितो रूपमा सम्पन्न गर्न आवश्यक देखिएको’ जनाइएको थियो।
संवैधानिक इजलासले लामिछानेको नागरिकतासम्बन्धी विवादमा मागेको जवाफमा प्रतिनिधिसभा सचिवालय, निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंले रिट खारेज गर्न माग गरेका छन्।
चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने पुस ११ गते उपप्रधानमन्त्रीको भूमिकासहित गृहमन्त्री नियुक्त भएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २२ गते, २०७९ - ०९:४०
दाङ । बालविवाह न्यूनीकरण गर्न धर्मगुरुलाई अभिमुखीकरण दिन थालिएको छ । तुलसीपुर उपमहानगरपालिकाका महिला, बालबालिका तथा सामाजिक विकास शाखाले बालविवाह न्यू...
माघ २२ गते, २०७९ - ०९:३५
काठमाडौँ । बागमती प्रदेश सरकारले साना तथा टुक्रे आयोजनाको विकल्पमा ठूला र धेरै लाभ दिने परियोजनाको विकासलाई प्रमुख प्राथमिकता दिने भएको छ । टुक्रे र स...
माघ २२ गते, २०७९ - ०८:५५
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। वर्तमान संसदको पहिलो अधिवशेनको सातौँ बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्न लागेको ...
माघ २२ गते, २०७९ - ०८:४२
काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ । ९५ वर्षीय जबराको उपचारका क्रममा आज बिहान नर्भिक अस्पतालमा निधन भएको ...
माघ २२ गते, २०७९ - ०८:३५
काठमाडौं । चितवन २ बाट निर्वाचित रवि लामिछानेको सांसद पद अदालतले खारेज गरिदिएपछि दोस्रो भएका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले स्वतः विजयीको माग ग...
माघ २२ गते, २०७९ - ०८:२६
काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी नहुने भएको छ । सरकारमा बसिरहने कि बाहिरिने सम्बन्धमा निर्णय लिन पार्टी...
माघ २२ गते, २०७९ - ०८:१५
भारतमा विलय भएपछि अहिलेसम्म बने ६ जना मुख्यमन्त्री
माघ २२ गते, २०७९ - ०८:००
काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । जसका कारण देशको पहाडी भू-भागमा आंशिक बदली भएको छ भने तराईका धेरै भू-भागहरुमा हुस्सु र कुहिरो...
माघ २२ गते, २०७९ - ०७:४४
भोजपुर । बाँदरको उपद्रो बढेपछि भोजपुरको तल्लो भेगका बस्ती खाली हुन थालेका छन् । बाँदरले बारीमा लगाएको अन्नबाली नष्ट पारेपछि स्थानीयवासी बस्ती छाड्न बा...
माघ २२ गते, २०७९ - ०७:३८
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबादुर खड्काले बलात्कारको आरोपीलाई कुनै हालतमा उन्मुक्ति सह्य नहुने बताएका छन्। शनिबार सामाजिक सञ्जाल ट...
प्रतिकृया लेख्नुहोस्: