NTC Banar
Khabar Dabali ९ चैत्र २०७९ बिहीबार | 23rd March, 2023 Thu

सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रूपान्तरण गरौं : देउवा

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाका निमित्त सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रूपान्तरण गर्ने सङ्कल्पका लागि आह्वान गरेका छन् ।

शहीद दिवसका अवसरमा सन्देश जारी गर्दै उनले समान हक, अवसर र न्याय तथा सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत हुनेछ भन्ने परिकल्पना र विश्वासमा देशभक्त वीर सपुतहरूले आफूलाई सहर्ष उत्सर्ग गरेको उल्लेख गरे। 

सभापति देउवाले नेपाललाई एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत गर्नका लागि जिम्मेवार सबै पक्षलाई ‘शहीद दिवस’ ले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिए ।

विसं १९९७ देखि २०६२/६३ हुँदै आजसम्म लोकतन्त्र स्थापना र पुनस्र्थापनाको लामो सङ्घर्षमा अनेकौँ वीर सपुतहरूले आफ्नो प्राणको आहुति दिएका छन् । 

नेपाली जनतालाई पूर्ण राजकीयसत्ता र सार्वभौमसत्ता सम्पन्न बनाउनका लागि आफूलाई उत्सर्ग गर्ने तिनै अमर शहीदहरूमा श्रद्धा व्यक्त गर्न, उनीहरूको साहस, सङ्कल्प र आदर्शलाई सम्मान गर्न ‘शहीद दिवस’ मनाइरहेको उनले उल्लेख गरे ।

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्डलाई लिङ्देनको कटाक्ष- हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने दिन आयो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले तत्काल बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदर घटाउन प्रधानमन्त्री...

आठ महिनामा चार मुद्दा फैसला

चितवन । भरतपुर महानगरपालिकामा रहेको न्यायिक इजलासले चालु आर्थिक वर्षको आठ महिनामा चारवटा मुद्दा फैसला गरेको छ । इजलासमा परेका ११ मुद्दामध्ये चारवटाको ...

अफगानिस्तानमा भूकम्प, भारतको दिल्लीमा समेत कम्पन

१२ जनाको मृत्यु, १७५ जना घाइते

उपनिर्वाचनमा बारा-२ मा उपेन्द्रलाई गठबन्धनभित्रबाटै चुनौती

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि बारा क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन हुने ...

गठबन्धनमा चासो राख्दै चीनबाट प्रचण्ड र देउवालाई वर्षमानको फोन, पाँच बर्ष टिक्ने जवाफ

काठमाडौं । चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग टेल...

टर्कीका भूकम्प पीडितलाई सात अर्ब युरो सहयोगको प्रतिबद्धता

काठमाडौं ।  टर्की र सिरियामा गएको विनाशकारी भूकम्पका पीडितहरूका लागि अन्तर्राष्ट्रिय दाताहरूले अहिलेका लागि कम्तीमा पनि सात अर्ब युरो सहयोग गर्ने बाचा...

काष्ठकलामा सात पुस्तादेखिको विरासत जोगाउँदै भीमबहादुर

गलकोट । काठबाट निर्माण गरिएका झ्याल, तोरण, टुँडाल र ढोका हेर्दा निकै सुन्दर देखिन्छन् । यी सुन्दरमात्र होइनन, टिकाउ पनि उत्तिकै हुन्छन् । तर काष्ठकला ...

वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा समेटिँदै

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् ।  सामाजिक सुरक्षा कोषले आज प्र...

उपनिर्वाचनबारे छलफल गर्न जसपा कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैछ । वैशाख १० गते हुने उपनिर्वाचनसहित सरकारमा सहभागिताका बारेमा छलफल गर्नका ला...

उपनिर्वाचनका लागि आजबाट दल दर्ता

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको दल दर्ता आजबाट सुरू गर्दैछ । वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनको प्रयोजनका ल...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page