Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

रक्षामन्त्रीद्वारा जङ्गी अड्डाको निरीक्षण

खबरडबली संवाददाता

काठमाडौ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय एकीकरण अभियान प्रारम्भदेखि नेपालको एकता, अखण्डता, संस्कृति, परम्परा जोगाई राख्न नेपाली सेनाले निर्वाह गर्दै आइरहेको भूमिका प्रसंशनीय रहेको बताएको छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षणका क्रममा सम्बोधन गर्दै उहाँले संवैधानिक दायित्व र समयक्रममा सरकारले सुम्पँदै आएको जिम्मेवारी अब्बल ढङ्गबाट पूरा गरी सेना जनताको भरोसाको केन्द्रका रूपमा रहेको उल्लेख गरे ।

मन्त्री उप्रेतीले भने,“अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा  सेनाले ठूलो योगदान पु¥याएको छ । विश्व शान्तिका लागि जोखिम बहन गर्ने एवं साहस प्रदर्शन गर्ने फौजमा नेपाली सेना सधैँ अग्रपङ्क्तिमा छ ।

सेनाले दुर्गम क्षेत्रमा, राज्यका सबै विकट स्थानसम्म पुगेर सडक पूर्वाधार तयार गरी योगदान पु¥याउँदै आएको बताउँदै उनले काठमाडौँ–तराई÷मधेश द्रुतमार्ग आयोजनाको भ्रमण गर्ने क्रममा भइरहेको प्रगति देख्दा आफू सन्तुष्ट भएको उल्लेख गरे।

रक्षा मन्त्रालयको नेतृत्व सम्हालेपछि उहाँले पहिलो पटक जङ्गी अड्डा पुगेर सेनाको बारेमा औपचारिक जानकारी लिएको हो । सो अवसरमा मन्त्री उप्रेतीसमक्ष सेनाको सङ्गठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा सञ्चालन गरिरहेका विविध गतिविधिबारे जानकारी गराइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सो अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले सेना सम्पूर्ण नेपालीको आफ्नै छोराछोरी सम्मिलित राष्ट्रकै उत्कृष्ट संस्था भएको बताए ।

उनले भने, “सेनाले विधिसम्मत ढङ्गले प्राप्त जिम्मेवारी समर्पित तवरले पूरा गर्दै देश र जनताको हितमा मरिमेट्दै आइरहेको छ । बदलिँदो अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय परिवेशबाट सिर्जित चुनौती सम्बोधन, समाधान र न्यूनीकरण गर्न क्षमता अभिवृद्धि गर्न आवश्यक छ ।”

रक्षा सचिव किरणराज शर्माले विपद् व्यवस्थापनलगायत सेनाको समग्र क्षमता विकास गर्दै आत्मनिर्भर बनाउँदै लैजाने विषयमा सरकारबाट जोड हुनुपर्ने आवश्यकता औँल्याए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतबाट 'लापत्ता लेडिज' ओस्कारमा

काठमाडौँ । बलिवुडबाट यस बर्ष किरण रावको फिल्म ‘लापत्ता लेडीज’ ले ओस्कार अवार्डमा भारतको प्रतिनिधित्व गर्ने भएको छ । फिल्म फेडेरेसन अफ इन्डियाले फिल...

दुर्गा प्रसाई आइतबार रातीनै अस्पताल भर्ना

काठमाडौं । प्रहरीको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाई अस्पताल भर्ना भएका छन् । उनी आइतबार रातीनै वीर अस्पताल भर्ना भएका हुन् । आइतबार प्...

दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै सर्वोच्चमा निवेदन

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कानुन व्यवसायी बन्दिप्रत्यक्षीकरणको निवेदन बोकेर सर्वोच्च अदालत पुगेका छन् ।  निवेदन सर्वोच्चमा पेस भएक...

इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह

बेइजिङ। इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति सक्यो छिटो इजरायल छोड्न आ...

जापानमा भारी वर्षाका कारण छ जनाको मृत्यु

टोकियो। जापानको इशिकावा प्रान्तमा भारी वर्षाका कारण छ जनाको मृत्यु हुनुका साथै दश जना बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूको उद्धा...

ठमेलमा गुण्डागर्दी गर्ने ६३ जना पक्राउ

काठमाडौँ। काठमाडौँको ठमेलबाट ६३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत लैनचौर सोह्रखुट्टेले ठमेलस्थित एक रेस्टुरेन्टबाट आइतबार राति ६३ जनालाई निय...

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर ग्रीस प्रस्थान

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर सोमबार मित्रराष्ट्र ग्रीस प्रस्थान गरेका छन् ।  मित्रराष्ट्र ग्रीसको एथेन्समा युएस ड्रग इन्फोर्समे...

छविलाल जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो

लेखनाथ। कास्कीको पोखरा महानगरपालिका –४, नालाको मुखमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्क प्रालिका संस्थ...

जसपा नेपालले सङ्गठन निर्माण अभियानमा खटायो पदाधिकारी

काठमाडौं।  जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना पदाधिकारी तथा कार्यकारिणी सदस्यलाई ‘जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियान’मा खटाएको छ ...

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुराले लिए शपथ

काठमाडौँ । श्रीलंकाको नवनिर्वाचित राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके शपथ लिएका छन् । नेशनल पिपुल्स पावर ९एनपीपी० गठबन्धनका प्रमुख समेत ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy