काठमाडौं । भारतीय हिमाली राज्य सिक्किमका 'पुराना बसोबासी'हरूको आयकर छुट सम्बन्धी मुद्दामा भारतको सर्वोच्च अदालतले जारी गरेको आदेशमा सिक्किममा बसोबास गर्ने नेपाली भाषीलाई विदेशी मूलका भनेपछि सिक्किम अहिले आन्दोलित छ।
भारतका नेपाली भाषीहरूले अहिले अदालतको फैसलाले आफूहरूलाई विदेशी बनाएको भन्दै तीव्र आक्रोश पोखेका छन्।
सन् १९७५ भन्दा अघिदेखि सिक्किममा बसोबास गर्नेहरूको संस्था 'एसोसिएसन अफ ओल्ड सेट्लर्स अफ सिक्किम'ले अन्य समुदायलाई प्रदान गरे जसरी नै आफूहरूलाई पनि आयकर छुटको व्यवस्था गर्न भारतको सर्वोच्च अदालतमा सन् २०१३ मा मुद्दा दर्ता गराएको थियो।
अदालते गत जनवरी १३ मा उक्त मुद्दामा फैसला गर्दै सिक्किममा बस्ने नेपाली भाषीलाई विदेशी मूलका भनी व्याख्या गरेको भारतका नेपाली भाषीहरूको भनाइ छ ।
अदालतको उक्त फैसला सार्वजनिक भएपछि सिक्किममा सत्तारुढ दल सिक्किम क्रान्तिकारी मोर्चासमेत आन्दोलित बनेको छ । सत्तारुढ दलकै नेतृत्वमा सिक्किममा प्रदर्शनहरू भएका छन् ।
सिक्किमका पूर्व मुख्यमन्त्री पवनकुमार चाम्लिङको दल सिक्किम डेमोक्र्याटिक फ्रन्टले शनिवार र आइतवार सिक्किम बन्दको घोषणा गरेको छ।
सिक्किमको अवस्था अशान्त भइरहँदा सत्तारुढ दल सिक्किम क्रान्तिकारी मोर्चाले गत बिहीवार अदालतको उक्त फैसला पुनरावलोकनका लागि निवेदन दिएको सिक्किका मूख्यमन्त्री प्रेम सिंह तामाङका प्रेस सल्लाहकार चन्द्रप्रकाश भट्टराईले बताए।
उनले भने, 'फैसला पुनर्विचारका लागि हामीले अदालतमा राज्य सरकारको तर्फबाट निवेदन दिएका छौँ। सिक्किममा बस्ने नेपाली भाषीलाई अदालतको फैसलाले निकै आघात पुर्याएको छ।'
भारतको सर्वोच्च अदालतबाट आफूहरूमाथि ठेस पुग्ने किसिमको आदेश जारी भएपछि "अब के हुन्छ" भन्ने चिन्ता परेको उनीहरूले बताएका छन्।
सन् १९७५ मा भारतमा विलय भएपछि सिक्किममा अहिलेसम्म ६ जना मुख्यमन्त्री बनेका छन्। तीमध्ये ५ जना नेपाली भाषी समुदायबाट छन्।
भारतमा बसोबास गर्ने 'गोर्खाली'हरूको छाता सङ्गठन भारतीय गोर्खा परिसङ्घका अध्यक्ष मुनिस तामाङले अदालतको अबको कदमले नै भावी रणनीति तय गरिने बताए। उनले भने, "हामी पनि कानुनविद्हरूसँग छलफल गर्दैछौं। यो विषय गम्भीर हो।"
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: