काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएको छिन् । उनले यही माघ २७ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९५ बमोजिम यही माघ २७ गते तीन बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछिन् । संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ ।
यस्तै सोही धाराको उपधारा २ मा ‘राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’ भन्ने प्रावधान छ ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो अधिवेशन हाल जारी छ । पहिलो अधिवेशन भएकाले राष्ट्रपतिले सम्बोधन गर्न लागेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८१ - १७:००
वालिङ। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सागर गैह्रेको निधन भएको छ । स्याङ्जा क्षेत्र नं. २ (क) का सभापति समेत रहेका नेता गैह्रेको ६२ बर्षको उमेरमा ...
पौष १० गते, २०८१ - १६:३२
ताप्लेजुङ। ताप्लेजुङस्थित लाखेजात्रा सञ्चालन समितिको अध्यक्षमा सागर मादेन चयन हुनुभएको छ।समितिको १६ औं साधारणसभाले मादेन अध्यक्ष रहेको नयाँ कार्यसमिति...
पौष १० गते, २०८१ - १६:०९
भक्तपुर। सभामुख देवराज घिमिरेले संसदीय लोकतन्त्र प्रवर्द्धनका लागि सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताएको छन । आज भक्तपुरको नगरकोटमा सम्पन्न ...
पौष १० गते, २०८१ - १५:५८
काठमाडौं। कजाकस्तानमा ६७ जना यात्रु बोकेको विमान दुर्घटना भएको छ । सो दुर्घटनामा परी दर्जनौं व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा २५ जनालाई जिबितै उ...
पौष १० गते, २०८१ - १५:४५
काठमाडौं। भारतीय चर्चित गायक सोनु निगम काठमाडौं आइपुगेका छन्। बुधबार दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएका उनलाई आयोजक टिमले ढाकाटोपी...
पौष १० गते, २०८१ - १५:३५
गुल्मी। गुल्मीको रेसुङ्गा नगरपालिकाले चालु आर्थिक वर्ष २०८१–८२ को हालसम्म तीन करोडभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । १६ औं नगरसभामा नगरप्...
पौष १० गते, २०८१ - १५:२७
रौतहट । रौतहट जिल्लाको समग्र विकास र बिभिन्न समस्या समाधानको लागि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराइएको छ। नेकपा एमालेका केन्द्रीय सदस...
पौष १० गते, २०८१ - १५:०९
काबुल। अफगानिस्तानको पूर्वी सीमावर्ती प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा परी ४६ जनाको मृत्यु भएको तालिबान सरकारका प्रवक्ताले बुधबार एएफपीलाई जा...
पौष १० गते, २०८१ - १४:५६
रामपुर। रामपुर नगरपालिका–५ सानीअमराईका पुरुषोत्तम ढुंगानाले पशुपालन व्यवसायबाट वार्षिक १२ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । उनले गाउँमा कृषिकर्मबाट...
पौष १० गते, २०८१ - १४:४१
काठमाडौँ। नेपालका प्रिन्स दाहाल र रसिला महर्जनको जोडी काठमाडौँमा जारी योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज अन्तर्गत मिक्स युगलको सेमिफाइनलमा प्रव...
प्रतिकृया लेख्नुहोस्: