काठमाडौ । मेलम्चीको पानी तेस्रोपटक राजधानी आएको दुई महिना पूरा भए पनि काठमाडौँ महानगरपालिकाकै मुख्य सहरी क्षेत्रमा खानेपानी नपाइएको स्थानीयवासीको गुनासो छ ।
महानगरपालिकाका असन, इन्द्रचोक, बाङ्गेमुढा, वसन्तपुर, ताहाचल, कालिमाटी, टेकु, कुलेश्वरलगायत मुख्य सहरी क्षेत्रमै खानेपानी नपाएर समस्या भएको स्थानीयवासीको गुनासो छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले तीन दिनमा एकपटक खानेपानी दिने भनी सार्वजनिक सूचना जारी गरे पनि त्यसअनुसार धारामा पानी नआउँदा समस्या भएको महानगरपालिका–२५ का अध्यक्ष राजेश डङ्गोल बताउछन् ।
मुख्य सहरी क्षेत्रमा अहिले हप्तामा एकपटक पानी आउने गरेको छ । एकपटक आउने गरेको पानी पनि लिमिटेडले दिएको तालिकामा नभई राति दुई बजे आउने गरेकाले थाप्न नसकिएको बाङ्गेमूढाका स्थानीयवासीसमेत रहनुभएकी महानगरपालिका २५ नं वडा सदस्य रुपा प्रजापति श्रेष्ठको गुनासो छ । राति, राति आउने पानी पनि सुरुको आधा घण्टा फोहर आउँछ । बीचबीचमा पनि फोहर पानी आउने गरेकाले समस्या भएको उनले बताए । लिमिटेडले भने यो क्षेत्रमा बिहान चार बजेदेखि सात बजेसम्म खानेपानी आउने तालिका सार्वजनिक गरेको छ । असनबाट बाङ्गेमुढाको भने लिमिटेडले पानी दिने तालिका नै नबनाएको स्थानीयवासी स्वस्तिहीरा ताम्राकारको दुःखेसो छ ।
गत मङ्सिर दोस्रो साता तेस्रोपटक मेलम्चीको खानेपानी राजधानीमा ल्याइएको थियो । सुक्खा मौसम भएकाले पानीको माग धेरै छ । मेलम्चीको दैनिक १७ करोड ५० लाख लिटर पानी थपिँदा पनि काठमाडौँ उपत्यकाको माग धानिएको छैन । पानी वितरणसँगै नयाँ पाइपको परीक्षण पनि चलिरहकाले पनि समस्या भएको लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता एवं सूचना अधिकारी चन्द्रकुमार पाँ श्रेष्ठले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: