Khabar Dabali १८ जेष्ठ २०८३ सोमबार | 1st June, 2026 Mon
Investment bank

बालेनको अभिव्यक्तिमाथि झलनाथको आक्रोश : ‘यस्ता कुरा गर्ने व्यक्ति प्रधानमन्त्री हुन सुहाउँदैन’

खबरडबली संवाददाता

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री बालेन साहले संसदमा दिएको ‘नेपालले पनि भारतको केही भूभाग मिचेको हुनसक्छ’ भन्ने अभिव्यक्तिलाई राष्ट्रहितविपरीत र खतरनाक टिप्पणीका रूपमा व्याख्या गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै खनालले उक्त अभिव्यक्ति अत्यन्त गम्भीर, दुःखद र राष्ट्रविरोधी रहेको बताएका छन्। उनले प्रधानमन्त्रीले कुन तथ्य, प्रमाण र दस्तावेजका आधारमा यस्तो अभिव्यक्ति दिएका हुन् भन्ने प्रश्नसमेत उठाएका छन्।

खनालले नेपाली जनता विगतदेखि नै विदेशी अतिक्रमणविरुद्ध संघर्षरत रहेको उल्लेख गर्दै सीमासम्बन्धी संवेदनशील विषयलाई हल्का रूपमा प्रस्तुत गर्नु राष्ट्रहितविपरीत हुने बताएका छन्। उनका अनुसार प्रधानमन्त्रीको भनाइले देशभित्र र विदेशमा रहेका नेपालीहरूको राष्ट्रिय भावनामाथि चोट पुगेको छ।

उनले प्रधानमन्त्री शाहलाई तत्काल सार्वजनिक रूपमा माफी माग्न आग्रह गर्दै उक्त अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउन सभामुखसँग समेत माग गरेका छन्।

‘राष्ट्रविरोधी अभिव्यक्ति दिने व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन,’ खनालले आफ्नो वक्तव्यमा उल्लेख गरेका छन्।

के भनेका थिए बालेनले ?

आइतबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले सीमा विवादबारे बोल्दै नेपालले पनि भारतको केही भूभाग अतिक्रमण गरेको हुनसक्ने जानकारी आफूले हालै मात्रै पाएको बताएका थिए।

उनले दुवै देशले तथ्य र प्रमाणका आधारमा अध्ययन गरेर सीमासम्बन्धी विषय मित्रवत् संवादमार्फत समाधान गर्नुपर्ने धारणा व्यक्त गरेका थिए। साथै, सीमा समस्याबारे बेलायत सरकारसँग समेत छलफल भएको जानकारी दिएका थिए।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि राजनीतिक वृत्तमा बहस र आलोचना चर्किएको छ भने विभिन्न दलका नेताहरूले सार्वजनिक प्रतिक्रिया दिन थालेका छन्।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेनको अभिव्यक्तिमाथि झलनाथको आक्रोश : ‘यस्ता कुरा गर्ने व्यक्ति प्रधानमन्त्री हुन सुहाउँदैन’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री बालेन साहले संसदमा दिएको ‘नेपालले पनि भारतको केही ...

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता देखाएको छ । राप्ती नदी र अन्य खोलाबाट अवैध रूपमा हुने गरेको माटो...

बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल

मकवानपुर । बागमती प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमबारे आजदेखि छलफल सुरु हुँदैछ । प्रद...

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

काठमाडौँ । चालु आर्थिक वर्षको जेठ ६ गतेसम्म सत्यता नभएका एक सय ७६ वटा समाचार प्रकाशन भएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी परेको छ । सम्पादक समाज ने...

बालिका बलात्कार आराेपमा एक जना पक्राउ

म्याग्दी । धवलागिरि गाउँपालिका–७ मा १३ वर्षीया बालिकालाई बलात्कारकाे आराेपमा एफफकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ५३ वर्षीय धनबहादुर सुना...

भिरबाट लडेर दुई जनाको मृत्यु

बाजुरा ।  बडीमालिका नगरपालिकामा भिरबाट लडेर आइतबार दुई जनाको मृत्यु भएको छ । सोही नगरपालिका–१ पाटाका ६० वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएक...

कति छ कालिमाटीमा आजका लागि कृषिउपजको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाल...

टोड्के जोड्ने सडक स्तरोन्नति, पर्यटकलाई सहज

म्याग्दी । बेनी नगरपालिका–१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति भएको छ । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नग...

रास्वपा सचिवालयको बैठक आज बस्दै, के-के छन् बैठकको कार्यसूची ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज (सोमबार) बिहान बस्दै छ । आइतबार राति ८ बजेका लागि तय गरिएको भर्चुअल बैठक संसद् बैठक...

कोशीदेखि गंगासम्म खतरा : हिमाली नदीको स्वरूप तीव्र रूपमा बदलिँदै

काठमाडौं । जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रका नदीहरूको स्वरूप र बहावमा तीव्र परिवर्तन देखिन थालेको एक नयाँ अध्ययनले जनाएको छ। विश्वप्रसिद्ध विज्ञ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending