Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

मेची-काली उल्टो पदयात्रामा ‘रुपना थारू’

खबरडबली संवाददाता

दमक । मेचीदेखि महाकालीसम्मको उल्टो यात्रामा निस्किएका बाँके, कोहलपुर नगरपालिका–७ का ४८ वर्षीय उल्टो पैदलयात्री रुपना थारू आज दिउँसो दमक आइपुगेका छन् । श्रीमती सम्झनाको सहयोगबाट थारूले गत माघ २१ गते पूर्वी नाका कांकडभिट्टाबाट महाकालीसम्मको एक हजारभन्दा बढी किलोमिटर उल्टो पदयात्रामा निस्किएका हुन् । दुई दिनमा उनले करिब ५२ किलोमिटर यात्रा पूरा गरेका छन् ।

सामान्य खेतीपाती गरी आएका थारू दम्पती दैनिक २०–२५ किलोमिटर पैदल हिँड्ने अटोठका साथ यात्रामा निस्किएका हुन् । दमकमा भेटिएका पदयात्री थारूले विश्वशान्तिको कामना गर्दै आफूले दुई महिनाभित्रमा महाकाली पुगेर पदयात्रा समापन गर्ने लक्ष्य लिएको बताए । पूर्वपश्चिम राजमार्गमा उल्टो हिँडेर आफ्नो लक्ष्य पूरा गर्ने आत्मविश्वासमा छन् रुपना । उनी भन्छन्, “उल्टो हिँडेर लक्ष्यमा पुग्न आफैँमा कठिन हो, तर पनि दुखी भने बिल्कुल छैन ।”

पदयात्रा सुरक्षित बनाउन आफैँ होसियारी अपनाउँछन् उनी । दिनभरि हिँडे पनि साँझ पर्नासाथ बाँस बस्ने बन्दोबस्ती गर्छन् थारू दम्पती । साँझ परेपछि राजमार्गमा सहजै हिँड्न सकिँदैन श्रीमानलाई बाटो देखाउँदै सुल्टो हिँडेर सहयोग गर्दै आएकी छन् सम्झना । उनको यात्रालाई सहजीकरण गरि आएको श्रीमती सम्झनाको भनाइ छ ।

पदयात्री थारूका अनुसार पदयात्रा हिँड्दा धेरै कठिनाइ हुन्छ । बाटोमा जङ्गलसमेत भएका हुँदा त्यस्ता ठाउँमा सुरक्षाको बन्दोबस्ती भए सहज हुने उनी बताउँछन् । नगरपालिकाले दिएको सिफारिस कागजपत्र देखाउँदै उनले दुई दिनमा राजमार्ग आसपासका ट्र«फिक प्रहरीले भने सहयोग पुर्याएको अनुभव सुनाउँछन् । यसरी नै सहयोग पाए पक्कै पनि मेरो यात्रा सहज हुने उनको आत्मविश्वास छ ।

यात्राका क्रममा बाटो आसपासका प्रहरी कार्यालयले खानेबस्ने बन्दोबस्ती गरिआएको बताउँदै पदयात्री रुपना भन्छन्, “बाटोमा हिँड्दै गरेको बेला स्थानीयबाट समेत उत्तिकै सहयोग, सद्भाव पाएको छु, यस्तै सहयोग पाए आभारी हुने थिए ।”

पदयात्रा हरेक मानिसको आ–आफ्नो रहर भए पनि यस कार्य भने फरक भएको उनको बुझाइ छ । मेरो उद्देश्य सारा पृथ्वीजगत्को कल्याणको छ, मनभरि यही कामना लिएर यात्रारत भएको उनले सुनाए । यात्रा काठमाडौँ पुग्ने र त्यसपछि महाकाली फर्किने तय गरेको समेत उनी बताउँछन् । उल्टो हिँडेर पशुपतिनाथ मन्दिरको पहिलोपटक दर्शन गर्ने इच्छा भएको भन्दै उनले त्यसलगत्तै महाकालीसम्मको आफ्नो गन्तव्यमा लाग्ने योजना बताए ।

आफूले यात्राका क्रममा देखेका भोगेका र विश्वशान्तिका सद्कर्मका बारेमा सामान्य भलाकुसारीसँगै अनुभव आदानप्रदान गरि आएका छन् । यो यात्राले आफ्नो जीवनलाई सतकर्ममा हिँड्न प्रेरणा दिने ठान्छन् उनी । उनले भने, “पूर्वमेचीदेखि पश्चिममा महाकालीसम्म फैलिएको मेरो देशलाई विश्वभर चिनाउन उल्टो पदयात्राले विश्वभर चिनाउने आशा लिएको छु ।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आहा ! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...

बाबुराम भट्टराई किन जाँदैछन् भारत ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...

हाम्रो समाजलाई शान्ति र सद्भावको ठुलो आवश्यकता छ : प्रचण्ड

काठमाडौं । अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभा...

ओलीको अभिव्यक्तिको संकेत- शक्तिप्रदर्शन या प्रश्न छल्ने चाल ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कडा शब्दमा चुनावी सरकारको आलोचना गर्दै एमाले नेतृत्वलाई निसाना बनाइएको खण्डमा 'देश ठप्प पार्न...

पसिनाका गन्धमा सफलता खोज्न तिवारी

मोरङ । उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ । स्वदेशमै केही गर्ने उद्देश्यका सा...

नेपालकी तेक्वान्दो खेलाडी वैभवीले भारतमा जितिन् तीन स्वर्ण

काठमाडौँ । नेपालकी तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छन्। शनिबार भएक...

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै

सुर्खेत। कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका ला...

निर्वाचन ७४ दिन बाँकी- प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै...

अनियमित मौसमका कारण यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्ष...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending