Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

कांग्रेसको दाबी- एमाले विचलित भइसक्यो, गठबन्धनमा ठूलै घटना हुने संकेत छ

कांग्रेस राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा केन्द्रित छ : रमेश लेखक

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्ता गठबन्धनमा ठूलो घटनाहरू हुने खतरा देखिएको दाबी गरेका छन् ।

सोमबार सिंहदरबारस्थित कार्यकक्षमा सञ्चारकर्मीसँग उनले गठबन्धनका नेताहरूमा अधैर्यता र विचलन देखिएको जिकिर गरे । सरकारको सैद्धान्तिक धरातलसमेत कमजोर र
विरोधाभाषपूर्ण रहेको भन्दै लेखकले यसैको परिणामस्वरूप सरकार अहिलेको अवस्थामा आइपुगेको बताए ।

गठबन्धनका नेता अत्ता अत्ताल्लिएको भन्दै उनले त्यसले ठूलै घटना हुने संकेत गरेको बताए । नेकपा एमाले सबैभन्दा धेरै विचलित भएको लेखकको टिप्पणी छ ।

‘एमाले सबैभन्दा ज्यादा विचलित भएको छ । मैले संसदभित्र जुन रूप देखेँ । एमाले किन यति धेरै अधैर्य, विचलित भयो भन्ने कुरामा म गम्भीर भएको छु । प्रधानमन्त्री एउटा हुने, साँच्चिकै देश अर्कोले चलाउन खोज्ने खालको जुन लक्षण देखिन लागेको छ । त्यसले त झन् ज्यादा सकसपूर्ण स्थिति उत्पन्न हुन्छ’, उनले भने’ ‘अहिले सरकारमा भएका दलका केही नेता अत्यन्तै आत्तिएका छन् । उहाँहरूको जुन चिन्ता र अधैर्यता देखिराखिएको छ त्यसले नै सत्ताभित्र केही ठूलै घटनाहरू हुने खतरा देखिराखिएको छ ।’

कांग्रेस अहिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा केन्द्रित भएको पनि उनले बताए ।

लेखकले थपे, ‘हामीले सत्ता समीकरण परिवर्तन गर्न खोजेको, अर्को समीकरण बनाउन खोजेको त्यस्तो केही पनि होइन । राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनमा हाम्रो ध्यान गम्भीर रूपले गएको छ । प्रधानमन्त्रीजीले राष्ट्रिय सहमति खोज्नुपर्छ भनिरहनुभएको छ । राष्ट्रिय सहमति कांग्रेसकै लागि त होला नि । अरु कसको लागि होला भन्ने हाम्रो बुझाइ हो ।’

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: