NTC Banar
Khabar Dabali १२ चैत्र २०७९ आईतवार | 26th March, 2023 Sun

कांग्रेसको दाबी- एमाले विचलित भइसक्यो, गठबन्धनमा ठूलै घटना हुने संकेत छ

कांग्रेस राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा केन्द्रित छ : रमेश लेखक

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्ता गठबन्धनमा ठूलो घटनाहरू हुने खतरा देखिएको दाबी गरेका छन् ।

सोमबार सिंहदरबारस्थित कार्यकक्षमा सञ्चारकर्मीसँग उनले गठबन्धनका नेताहरूमा अधैर्यता र विचलन देखिएको जिकिर गरे । सरकारको सैद्धान्तिक धरातलसमेत कमजोर र
विरोधाभाषपूर्ण रहेको भन्दै लेखकले यसैको परिणामस्वरूप सरकार अहिलेको अवस्थामा आइपुगेको बताए ।

गठबन्धनका नेता अत्ता अत्ताल्लिएको भन्दै उनले त्यसले ठूलै घटना हुने संकेत गरेको बताए । नेकपा एमाले सबैभन्दा धेरै विचलित भएको लेखकको टिप्पणी छ ।

‘एमाले सबैभन्दा ज्यादा विचलित भएको छ । मैले संसदभित्र जुन रूप देखेँ । एमाले किन यति धेरै अधैर्य, विचलित भयो भन्ने कुरामा म गम्भीर भएको छु । प्रधानमन्त्री एउटा हुने, साँच्चिकै देश अर्कोले चलाउन खोज्ने खालको जुन लक्षण देखिन लागेको छ । त्यसले त झन् ज्यादा सकसपूर्ण स्थिति उत्पन्न हुन्छ’, उनले भने’ ‘अहिले सरकारमा भएका दलका केही नेता अत्यन्तै आत्तिएका छन् । उहाँहरूको जुन चिन्ता र अधैर्यता देखिराखिएको छ त्यसले नै सत्ताभित्र केही ठूलै घटनाहरू हुने खतरा देखिराखिएको छ ।’

कांग्रेस अहिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा केन्द्रित भएको पनि उनले बताए ।

लेखकले थपे, ‘हामीले सत्ता समीकरण परिवर्तन गर्न खोजेको, अर्को समीकरण बनाउन खोजेको त्यस्तो केही पनि होइन । राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनमा हाम्रो ध्यान गम्भीर रूपले गएको छ । प्रधानमन्त्रीजीले राष्ट्रिय सहमति खोज्नुपर्छ भनिरहनुभएको छ । राष्ट्रिय सहमति कांग्रेसकै लागि त होला नि । अरु कसको लागि होला भन्ने हाम्रो बुझाइ हो ।’

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कित्ताकाट खुलाउन पहल

रसुवा । गत असारको तेस्रो सातादेखि रोकिएको जमिनका कित्ताकाट  खुलाउन यहाँका पालिकाले पहल सुरुआत गरेका छन् । यसलाई कार्यान्वयन गर्न यहाँका पाँच गाउँपालिक...

मौसम पूर्वानुमान- चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी भू–भागमा आंशिकदेखि स...

मोफसलका ‘आँखा बा’

चितवन । भरतपुर आँखा अस्पतालमा बिहान ९ नबज्दै ७७ वर्षे वृद्ध जोश-जाँगरका साथ प्रवेश गर्छन्। साँझ सबै चिकित्सक कर्मचारी बिदा भएर घरघर जाँदै गर्दा उनी अस...

विकासको पर्खाइमा ‘सूर्य ओढार’

कपिलवस्तु । अर्घाखाँची–कपिलवस्तुको सीमा नजिकै पर्छ सूर्य ओढार। बाणगङ्गा क्षेत्रको पूर्व–पश्चिम राजमार्गबाट उत्तरी क्षेत्रको जङ्गली एरिया कटेर सूर्य ओढ...

राहुल गान्धी बने मोदी र अदानीप्रति थप आक्रामक, अर्को निर्वाचनमा भाग लिन नपाउने

काठमाडौं । भारतको विपक्षी दल कंग्रेसका नेता राहुल गान्धीले आफ्नो सांसद पद खारेज गर्ने निर्णय राजनीतिक रूपमा अभिप्रेरित भएको बताएका छन्। गुजरातस्थित...

राष्ट्रपति रामचन्द्र पौडेल गोरखा जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार गोरखा जाने भएका छन्। नेपाली सेनाको हेलिकप्टरमार्फत राष्ट्रपति पौडेल बिहान साढे ९ बजे गोरखा जान लागेका हुन...

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाह...

राप्ती लोकमार्ग : बिग्रियो ‘ओटासिल’

तुलसीपुर । राप्ती लोक मार्ग ठाउँ–ठाउँमा जीर्ण छ । दाङ, सल्यान हुँदै रुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन् । जिम्मा पाएका निर्माण कम्पनीले पनि समयमा क...

मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्दै प्रधानमन्त्री, उपप्रधान तथा गृहमन्त्री बन्दै नारायणकाजी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)बाट सरकारमा रहेका मन्त्रीको जिम्मेवारी हेरफेर हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दश दलीय गठबन्धनला...

कांग्रेस पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने, अर्थमा प्रकाशशरणलाई पठाउने देउवाको अडान

काठमाडौं । नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा शनिबार बसे...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Salt Trending Detail Page