काठमाडाैँ । लामो समयदेखि डिल्लीबजार कारागार नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अघोषित कार्यालय बनेको छ। टीकापुर काण्डमा दुई तहको अदालतबाट सजाय तोकिएका नाउपाका संस्थापक अध्यक्ष एवं हालका सल्लाहकार रेशम चौधरीले कारागारलाई नै पार्टीको अघोषित कार्यालय बनाएका छन्।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको टिकट वितरणदेखि सरकार बनाउने, सरकारलाई समर्थन गर्ने वा नगर्नेजस्ता विभिन्न विषयमा छलफलका लागि डिल्लीबजार कारागार नाउपाको केन्द्रजस्तै बनेको छ। कारागारबाटै भइरहेका नाउपाका राजनीतिक गतिविधिप्रति गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग र जेल प्रशासन मौन छन्।
डिल्लीबजार कारागारमा चौधरीलाई भेट्न कुनै रोकतोक नभए पनि अन्य कैदी र थुनुवाका हकमा भने कारागार नियमावली आकर्षित हुने गरेको छ। ‘रेशम चौधरीलाई भेटघाट गर्न आउनेलाई नरोक्नू भन्ने माथिकै आदेश छ,’ डिल्लीबजार कारागार प्रशासनका एक कर्मचारीले भने। दुई तहको अदालतबाट सजाय तोकिएयता चौधरी डिल्लीबजार कारागारमा कैदीका रूपमा छन्।
हाल सर्वोच्च अदालतमा मुद्दा चलिरहेकाले उनलाई पनि अन्य कैदीसरह नै नियम लागु हुनुपर्ने भए पनि गृह मन्त्रालयले नै कारागार व्यवस्थापनलाई खुकुलो पारी भेटघाटलाई सहज बनाइदिएको छ। टीकापुर घटनामा दोषी ठहर गर्दै अदालतले चौधरीलाई जन्मकैदको सजाय फैसला गरेको थियो।
कारागार नियमावली–२०७२ मा कैदी वा थुनुवा भेटघाट गर्ने समय साताको दुई पटक तोकिएको छ। परिवारका सदस्यले चाहिँ कार्यालय समयमा भेटघाट गर्न पाउँछन्। ‘कैदीबन्दीले कार्यालय समयमा जेलरको रेखदेखमा सातामा दुई पटक आफ्ना नातेदार, आफन्त तथा मित्रहरूसँग भेटघाट गर्न पाउनेछन्।
भेटघाट गर्दा कैदी वा थुनुवा कारागारको ढोकाभित्र र भेटघाट गर्न आउने व्यक्ति ढोकाबाहिर रही कुरा गर्न पाउनेछन्,’ नियमावलीको दफा २६ (क) मा उल्लेख छ। सोही दफाको (घ) अनुसार जेलर वा निजले तोकेको कर्मचारी वा सुरक्षाकर्मीको रोहवरमा कैदीबन्दीले आफ्नो परिवारसँग टेलिफोन वा अन्य सञ्चार सम्पर्क गर्न पाउँछन्।
कारागार व्यवस्थापन विभागका महानिर्देशक सहसचिव चक्रपाणि पाण्डेले भेटघाट गर्न नदिने भन्ने कुरा नहुने बताए । उनले चौधरीलाई अरू कैदीसरह नै भेटको अवसर दिइएको दाबी गरे। नेताहरूले दलगत र सत्ता स्वार्थका लागि चौधरीलाई महत्व दिएकाले गृह मन्त्रालय र कारागार व्यवस्थापन विभाग मौन बस्नुपर्ने अवस्था आएको मन्त्रालयका एक सहसचिवले बताए।
पछिल्ला ६ महिनाको सिथति हेर्ने हो भने चौधरीलाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालदेखि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरदसिंह भण्डारीसम्मले भेटिसकेका छन्।
२०७९ माघ १७ गते जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठ, मंसिर १६ गते शरदसिंह भण्डारी, मंसिर ९ गते पुष्पकमल दाहाल, मंसिर ७ गते माधवकुमार नेपाल, मंसिर ६ गते बाबुराम भट्टराई, असोज १४ गते नेपाल, असार ४ मा भट्टराई र सिके राउत, २०७७ चैत १३ मा महेश बस्नेत र चैत ११ मा राजेन्द्र महतोले घोषित रूपमै कारागारमा गएर चौधरीसँग भेटघाट गरेका थिए। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ०९:३२
काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...
पौष ४ गते, २०८२ - ०९:११
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - ०९:०६
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...
पौष ४ गते, २०८२ - ०८:०९
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...
पौष ४ गते, २०८२ - ०७:५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...
पौष ४ गते, २०८२ - ०७:५३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...
पौष ४ गते, २०८२ - ०७:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...
पौष ४ गते, २०८२ - ०७:४२
काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...
पौष ४ गते, २०८२ - ०७:२०
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...




प्रतिकृया लेख्नुहोस्: