काठमाडाैँ । लामो समयदेखि डिल्लीबजार कारागार नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अघोषित कार्यालय बनेको छ। टीकापुर काण्डमा दुई तहको अदालतबाट सजाय तोकिएका नाउपाका संस्थापक अध्यक्ष एवं हालका सल्लाहकार रेशम चौधरीले कारागारलाई नै पार्टीको अघोषित कार्यालय बनाएका छन्।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको टिकट वितरणदेखि सरकार बनाउने, सरकारलाई समर्थन गर्ने वा नगर्नेजस्ता विभिन्न विषयमा छलफलका लागि डिल्लीबजार कारागार नाउपाको केन्द्रजस्तै बनेको छ। कारागारबाटै भइरहेका नाउपाका राजनीतिक गतिविधिप्रति गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग र जेल प्रशासन मौन छन्।
डिल्लीबजार कारागारमा चौधरीलाई भेट्न कुनै रोकतोक नभए पनि अन्य कैदी र थुनुवाका हकमा भने कारागार नियमावली आकर्षित हुने गरेको छ। ‘रेशम चौधरीलाई भेटघाट गर्न आउनेलाई नरोक्नू भन्ने माथिकै आदेश छ,’ डिल्लीबजार कारागार प्रशासनका एक कर्मचारीले भने। दुई तहको अदालतबाट सजाय तोकिएयता चौधरी डिल्लीबजार कारागारमा कैदीका रूपमा छन्।
हाल सर्वोच्च अदालतमा मुद्दा चलिरहेकाले उनलाई पनि अन्य कैदीसरह नै नियम लागु हुनुपर्ने भए पनि गृह मन्त्रालयले नै कारागार व्यवस्थापनलाई खुकुलो पारी भेटघाटलाई सहज बनाइदिएको छ। टीकापुर घटनामा दोषी ठहर गर्दै अदालतले चौधरीलाई जन्मकैदको सजाय फैसला गरेको थियो।
कारागार नियमावली–२०७२ मा कैदी वा थुनुवा भेटघाट गर्ने समय साताको दुई पटक तोकिएको छ। परिवारका सदस्यले चाहिँ कार्यालय समयमा भेटघाट गर्न पाउँछन्। ‘कैदीबन्दीले कार्यालय समयमा जेलरको रेखदेखमा सातामा दुई पटक आफ्ना नातेदार, आफन्त तथा मित्रहरूसँग भेटघाट गर्न पाउनेछन्।
भेटघाट गर्दा कैदी वा थुनुवा कारागारको ढोकाभित्र र भेटघाट गर्न आउने व्यक्ति ढोकाबाहिर रही कुरा गर्न पाउनेछन्,’ नियमावलीको दफा २६ (क) मा उल्लेख छ। सोही दफाको (घ) अनुसार जेलर वा निजले तोकेको कर्मचारी वा सुरक्षाकर्मीको रोहवरमा कैदीबन्दीले आफ्नो परिवारसँग टेलिफोन वा अन्य सञ्चार सम्पर्क गर्न पाउँछन्।
कारागार व्यवस्थापन विभागका महानिर्देशक सहसचिव चक्रपाणि पाण्डेले भेटघाट गर्न नदिने भन्ने कुरा नहुने बताए । उनले चौधरीलाई अरू कैदीसरह नै भेटको अवसर दिइएको दाबी गरे। नेताहरूले दलगत र सत्ता स्वार्थका लागि चौधरीलाई महत्व दिएकाले गृह मन्त्रालय र कारागार व्यवस्थापन विभाग मौन बस्नुपर्ने अवस्था आएको मन्त्रालयका एक सहसचिवले बताए।
पछिल्ला ६ महिनाको सिथति हेर्ने हो भने चौधरीलाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालदेखि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरदसिंह भण्डारीसम्मले भेटिसकेका छन्।
२०७९ माघ १७ गते जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठ, मंसिर १६ गते शरदसिंह भण्डारी, मंसिर ९ गते पुष्पकमल दाहाल, मंसिर ७ गते माधवकुमार नेपाल, मंसिर ६ गते बाबुराम भट्टराई, असोज १४ गते नेपाल, असार ४ मा भट्टराई र सिके राउत, २०७७ चैत १३ मा महेश बस्नेत र चैत ११ मा राजेन्द्र महतोले घोषित रूपमै कारागारमा गएर चौधरीसँग भेटघाट गरेका थिए। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: