Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

पूर्वमाओवादी एकताको प्रयास- प्रचण्ड र विप्लव कति नजिक ?

खबरडबली संवाददाता

शान्तिवार्तामा आएपछि तात्कालिक नेकपा माओवादीसँग विभिन्न साना दलहरू एकताको नाममा विलय भए। तर त्यससँगै फुटको शृङ्खला पनि सुरु भयो।

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकताको नीति पारित गरेसँगै पूर्वमाओवादीहरूबीच एकीकरणको चर्चा बढेको हो।

हालै बसेको उक्त पार्टीको बैठकले पारित गरेको निर्णयमा भनिएको छ, “क्रान्तिकारी कम्युनिस्ट आन्दोलन, वैज्ञानिक समाजवादी सत्ताका लागि विचार मिल्नेसँग एकता गर्ने, मुद्दा मिल्नेसँग संयुक्त मोर्चा र कार्यगत एकता गर्ने नीतिलाई पार्टीले कार्यान्वयन गर्ने छ।”

उक्त निर्णय बुधवार सार्वजनिक गर्नुअघि विप्लवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डसँग भेटेर छलफल गरिसकेका छन्। विप्लवले अन्य दलका नेताहरूसँग पनि भेट्दै छन्।

प्रचण्डको प्रस्ताव

विप्लवको दल नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माका अनुसार आइतवार भएको भेटमा प्रचण्डले पार्टी एकताको प्रस्तावनै राखेका थिए।

उनका अनुसार देशमा प्रचण्डले सङ्कट बढेको र पहिलेका माओवादीहरूले नयाँ ढङ्गले सोच्नुपर्ने आवश्यकता औँल्याएका थिए।

विश्वकर्माले भने, “अहिलेको देशको संवेदनशील अवस्था र कम्युनिस्ट आन्दोलनका विरुद्ध राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा षड्यन्त्र भइरहेका बेला संसद्‌वादी कम्युनिस्टहरूलाई नयाँ ढङ्गले सोच्नै पर्ने भयो भन्ने चेतना आएको छ।”

पार्टी एकताको कुरा आफूहरूले सैद्धान्तिक र वैचारिक विषय बनाएको उनले बताए। प्रचण्डहरू संसदीय अभ्यासमा गएको र आफूहरू क्रान्तिकारी प्रक्रियामा रहेको उल्लेख गर्दै उनले आफूहरूबीच भिन्नता रहेको बुझाइ प्रस्तुत गरे।

आफूहरूले दिएको जबाफबारे उनले भने, “क्रान्तिकारी कोणबाट सोच्नुपर्‍यो, त्यसको निम्ति बहस र छलफल जरुरी छ। समझदारी बनाएर त्यसतर्फ प्रवेश गरौँ न त भन्यौँ।" "माओवादीले आफूलाई बढी रूपान्तरण गर्नुपर्ने देखिन्छ।”

एकता र एकीकरण कोसँग?

माओवादी केन्द्रले माधवकुमार नेपाल र उपेन्द्र यादवको पार्टीलाई समेत एकतामा ल्याउने प्रयास गरिरहेको भन्ने खबरहरूकाबीच पूर्वमाओवादीहरू पनि एकीकरणको प्रयास जारी छ।

माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले विप्लवसँग भेट गरेर केही महिनादेखि एकीकरणको प्रयास गरिरहेको समाचार आइरहेका छन्।

तर विप्लवले आफ्नो दलबाट विभाजित भएर धर्मेन्द्र बास्तोलाको नेतृत्वमा बनेको नेकपा (बहुमत) र आफू छुट्टिएको मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सँग समेत एकताको पहल गरेका छैनन्।

पत्रकार सम्मेलनमा नेता बास्तोलाको समूह बाहिरिनुको कारणबारे सोध्दा विप्लवको जबाफ थियो, “पार्टी मासिएको हेर्न चाहनेहरूलाई जोगिएको मन परेन। त्यस कारण झरेर जाने पातका कुरा नगरौँ, पालुवा पलाइ सक्यो अब नयाँलाई मलजल गरेर जानुपर्छ।”

उनको दलले अहिले संयुक्त मोर्चामा रहेका आहुति र ऋषि कट्टेल लगायतका दलहरूसँग एकीकरणको निम्ति छलफल गरिरहेको जनाएको छ।

नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले पनि माओवादी केन्द्र र नेकपासँग उनको दलले एकीकरणको निम्ति कुनै छलफल नभएको जानकारी दिए।

उनका भनाइमा बरु नेकपा (बहुमत) लगायतका अन्य साना वाम दलसँग एकीकरणको वार्ता भइरहेको छ।

टुक्रिँदै फेरि जुट्दै

शान्तिवार्तामा आएपछि तात्कालिक नेकपा माओवादीसँग विभिन्न साना दलहरू एकताको नाममा विलय भए। तर त्यससँगै फुटको शृङ्खला पनि सुरु भयो।

मोहन वैद्यको नेतृत्वमा उच्च नेताहरूले नयाँ पार्टी गठन गरे। बाबुराम भट्टराई अलग भए। विभाजनबाट वैद्यको पार्टी अछुत रहन सकेन। विप्लवहरूले नयाँ पार्टी बनाए। रामबहादुर थापा नेतृत्वको समूह फेरि माओवादी केन्द्रमा समाहित भयो।

थापा एमाले उपाध्यक्ष छन् भने उनीसँग वैद्यलाई छाडेका देव गुरुङ माओवादी केन्द्रको महासचिव छन्। वैद्य नेतृत्वको दलबाट अर्को समूहले पनि गत वर्ष अलग भएको घोषणा गरेको थियो।

विप्लवको दलबाट छुट्टिएका बास्तोला र हेमन्तप्रकाश ओली अहिले वैद्यसँग एकीकरणको प्रयासमा छन्। पूर्व माओवादी पृष्ठभूमिका नेताहरूले नेतृत्व गरेको दलमा एक थरी संसदीय चुनावमा सहभागी भएका छन् भने अर्का थरी अझै ‘क्रान्ति’ गर्ने भन्दै चुनाव बहिष्कार गर्दै आएका छन्।

विप्लव नेतृत्वको दल अघोषित रूपमा हिंसात्मक गतिविधिमा संलग्न भएपछि केही समय प्रतिबन्धित भएको थियो। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending