काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न शिक्षण सहजकर्ता र सहयोगी गरी ४३ जना परिचालन गरेको छ।
एसइई नतिजा सुधार गर्नकै लागि महानगरले अनिवार्य ५ विषयका लागि १८ जना विषयगत शिक्षण सहजकर्ता नियुक्त गरी विद्यालयमा पठाएको हो।
त्यसैगरी शिक्षण सहयोगीका रूपमा २५ जना परिचालन गरेको जनाएको छ। यसका लागि महानगरले गत माघ ४ गते सार्वजनिकरूपमा विज्ञापन माग गरेको थियो। उक्त विज्ञापनको आधारमा दरखास्त परेकामध्येबाट १८ जनालाई सहजकर्ताको रूपमा नियुक्त गरेको र २५ जनालाई सहयोगीको रूपमा नियुक्त गरी विद्यालयमा परिचालन गरिएको महानगरको शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए।
‘सहजकर्ताका लागि आवश्यकता संख्या २५ रहे पनि मागअनुसार योग्यता पुगेका उम्मेदवार १८ जना मात्र रहेकाले प्रक्रिया पुर्याएर उहाँहरूलाई काममा खटाइएको हो’, प्रमुख सुवेदीले भने।
उनकाअनुसार यस वर्ष एसइईमा सहभागी विद्यार्थीको सिकाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले ५९ माध्यमिक तहका विद्यालयमा अनिवार्य पाँच विषयका लागि अनुभवी विज्ञ सहजकर्ता नियुक्त गरिएको हो।
शिक्षण सहजकर्ताका लागि विश्वविद्यालयका प्राध्यापक, मावि शिक्षक वा अधिकृतस्तरबाट अनिवार्य अवकास भएका सम्बन्धित विषयका विज्ञ वा विभिन्न सङ्घसंस्थामा काम गरेको कम्तीमा १० वर्षको अनुभव भएका व्यक्ति रहेका छन्।
सहजकर्ता अनिवार्य विषय गणित, विज्ञान, अंग्रेजी, सामाजिक र नेपाली विषय अध्यापन गराउन प्रत्येक विषयका लागि पाँच/पाँच जना आवश्यक भए पनि सोहीअनुसारको संख्या प्राप्त नभएको कामपाको भनाइ छ।
दुई महिनासम्मका लागि नियुक्त गर्न लागिएको शिक्षण सहजकर्ताका लागि कामपाले मासिक रु ३७ हजार पाँच सय पारिश्रमिक उपलब्ध गराउने छ। त्यसैगरी शिक्षण सहयोगीका लागि सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा दुई वर्ष शिक्षण अनुभव भएको व्यक्ति हुनुपर्नेछ। सहयोगीका लागि पारिश्रमिक रु १५ हजार तोकिएको छ।
हाल महानगरभित्र ८९ सामुदायिक विद्यालय छन्। त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय रहेका छन्। ती विद्यालयमा ५२ हजार विद्यार्थीले अध्ययन गर्दछन्। त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत रहेका छन्।
यस वर्ष महानगरको सार्वजनिक विद्यालयबाट एसइई परीक्षामा चार हजार विद्यार्थी सहभागी हुने भएका छन्। महानगरले पहिलो पटक सुरु गरेको यस कार्यक्रमको प्रभावकारितालाई हेरी आगामी वर्ष थप विस्तार गर्ने तयारी कामपाको रहेको छ।
निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयमा एसइई नतिजा राम्रो नभए पनि महानगरले अनिवार्य विषयका लागि सहयोगीका रूपमा शिक्षक नियुक्त गरी नतिजा सुधार गर्ने प्रयास गरेको हो। यस वर्षको एसइई परीक्षा आगामी चैत १७ गतेदेखि सञ्चालन हुने तालिका सार्वजनिक भइसकेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ०७:११
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै...
पौष ६ गते, २०८२ - ०७:०४
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्ष...
पौष ६ गते, २०८२ - ०७:००
स्याङ्जा। यहाँ उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका छन् । स्याङ्जाको वालिङ नगरपालिकाका विभिन्न ठाउँमा व्यावसायिक रूपमा उत्पादन भएक...
पौष ६ गते, २०८२ - ०६:५७
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका र नगरपालिकालाई सङ्घीय समपूरक अनुदान र विशेष अनुदानका लागि कार्यक्रम प्रस्ताव गर्न ...
पौष ४ गते, २०८२ - ०९:३२
काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...
पौष ४ गते, २०८२ - ०९:११
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - ०९:०६
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...
पौष ४ गते, २०८२ - ०८:०९
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...
पौष ४ गते, २०८२ - ०७:५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...
पौष ४ गते, २०८२ - ०७:५३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...




प्रतिकृया लेख्नुहोस्: