ओलीले भने, 'हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौँ । यो सफलताको कुरा हो । तर कथंकदाचित यो स्थिति फेरियो भने... ?’
काठमाडौं । पुस १० मा बनेको सत्ता गठबन्धन आगामी फागुन २५ गते हुने राष्ट्रपतिको चुनावसम्म फेरिने संकेतहरू देखिन थालेका छन् । सरकार निर्माण भएको २ महिना नपुग्दै राष्ट्रपतिको चुनावसम्म समीकरण फेरिन सक्ने एमाले अध्यक्ष केपी शर्मा ओलीले संकेत गरेका हुन्।
मंगलबार अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको राजनीतिक अवस्था ठिकठाक नरहेको तर्क गरे। निर्वाचन अघिको पाँच दलीय गठबन्धन भत्काउन सफल भएर सरकार गठन भए पनि यही समीकरण रहिरहन्छ भन्ने कुनै ग्यारेन्टी नरहेको बताए।
ओलीले भने, ‘हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौँ । यो सफलताको कुरा हो । हाम्रो पार्टीका आम साथीहरू प्रसन्न भएको देखिन्छ । प्रसन्न हुनुपर्दछ तर कथंकदाचित यो स्थिति फेरियो भने... ?’ यो संसद्को बनावट नै अस्थिरताको कारक हुने बनावट छ ।’
देशभित्र र बाहिरका शक्तिहरू देश बरबाद पार्न सक्रिय भएको तर नेकपा एमाले सुरक्षाकवजका रूपमा उभिने उनको भनाइ थियो।
‘बहुमत हाम्रो पार्टीसँग पनि छैन । बहुमतभन्दा निकै तल सिट छ । यसलाई आधार बनाएर देश भित्र र बाहिरका धेरै शक्तिहरू यो देश बरबाद पार्न क्रियाशील छन्’, गठबन्धन भत्किने ओलीले संकेत गर्दै भने।
ओलीले पाँच दलीय गरेझैं पाँच दलीय गठबन्धन भत्किएर प्रचण्ड नेतृत्वको सरकार बनेपछि अमेरिक, चिन र भारतले चासो राखेका छन्। एकपछि अर्को गर्दै उच्च स्तरीय भ्रमण समेत भइरहेको छ।
राष्ट्रपतिको चुनावमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै दलको सहमति हुनुपर्ने अडान लिएका छन् । विगतका राष्ट्रपतिका अनुभवहरूलाई समेत नजिर बनाउँदै प्रचण्डले राष्ट्रपतिमा सबै दलको साझा उम्मेदवार हुनुपर्ने सार्वजनिक अभिव्यक्ति दिएका हुन् । तर, प्रचण्डलाई सत्ता बाहिरका कांग्रेस, एकीकृत समाजवादीको साथ भएपनि सत्तामा रहेका एमालेसहित अन्य दल सहमत छैनन्।
गठबन्धनमा खटपट भइरहेको बेलामा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताले भूराजनीतिक द्वन्द्वलाई मलजल गर्ने अभिव्यक्ति सार्वजनिक गरे।
उनले ट्वीटरमा लेखेका छन्, ‘राजनीतिक अस्थिरताले भूराजनीतिक द्वन्द्वलाई मलजल गर्ने हो। मुलुकको हितमा स्थायित्वको खोजी गरौ, स्थायित्वलाई प्रवर्धन गरौ। अस्थिरताले विकास र समृद्धिलाई मात्र होइन, स्वाधिनता र स्वाभिमानको यात्रामा समेत अवरोध पुर्याउछ भन्नेकुरा वुझ्न ढिला भएन र?’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: