भोजपुर । ऐतिहासिक निशान भवगती मन्दिरको करिब २१ वर्षपछि नेपाली सेनाले जीर्णोद्धार गरेको छ। पृथ्वीनारायण शाहले नेपाल एकीकरणको समयमा १८२६ मा स्थापना भएको मन्दिर संरक्षणअभावमा जीर्ण बनेको थियो। जीर्णोद्धार गरिएको मन्दिरको नेपाली सेनाका सहायक रथी महेशकुमार थापाले शनिबार उद्घाटन गरे।
मन्दिर नेपालीको सेनाको फष्ट रैफल गण भोजपुरको पहलमा पुनः निर्माण गरिएको हो। मन्दिरको पुननिर्माणले भोजपुरको इतिहासलाई जोगाउन सहयोग पुग्ने स्थानीय परशुराम तिवारीले बताए। ‘यो भोजपुरको इतिहास बोकेको मन्दिर हो’ उनले भने,‘ सेनाले जीर्णद्धार गरेर उद्घाटन पनि भयो। यसले यहाँको इतिहास संरक्षणमा टेवा मिलेको छ।’
२१ लाख २६ हजार ४५४ रुपैयाँ लागतमा मन्दिरको पुनर्निर्माण सम्पन्न भएको फर्स्ट राइफल गण भोजपुरका प्रमुख विश्वनाथ तिमल्सेनाले जानकारी दिए। नेपाली सेनाबाट १५ लाख, स्थानीय तहसँगै विभिन्न संघ संस्था तथा मन्दिर व्यवस्थापन समितिबाट पाँच लाख ४५ हजार र बाँकी गणको आन्तरिक स्रोतबाट खर्च गरिएको उनको भनाइ छ।
मन्दिरको उद्घाटन गर्दै नेपाली सेनाका सहायक रथी महेशकुमार थापाले सेनाले पौराणिक महत्त्व र इतिहास बोकेका ठाउँहरुको संरक्षण गर्दै लैजाने नीति अनुसार मन्दिरको संरक्षण गरेको बताए । ‘सेनाले एक कार्यक्रम नै अघि सारेर पौराणिक महत्त्व र इतिहास बाकेको स्थलको संरक्षण गर्दै आएको छ’ उनले भने,‘ यही कार्यक्रम अनुसार सेना र स्थानीयको सहयोगमा यो मन्दिरको जीर्णोद्धार गरेका छौँ।’
भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले मन्दिरको निर्माणमा नेपाली सेनाले खेलेको भूमिका उल्लेख्य रहेको बताए। आगामी दिनमा संरक्षणको लागि पूर्ण स्वामित्व लिन नगरपालिका तयार रहेको बताए। यस्ता इतिहास बोकेका ठाउँको संरक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ छ।
विगतमा गरुण दल गुल्म रहँदासम्म यहाँ भव्य पूजाआजा हुने गरे पनि गुल्म स्थानान्तरण भएपछि मन्दिर संरक्षणविहीन बन्दै आएको थियो। जीर्णोद्धारपश्चात् मन्दिरमा चाँडै निशान भगवती स्थापना हुने भएपछि स्थानीयवासी थप उत्साहित भएका छन्।
विगतमा भएको निशान भगवती मन्दिर भत्किएपछि २०६९ सालमा जीर्णोद्धार गरेर अर्को मन्दिर स्थापना गरिएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ०९:२१
डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...
पौष ६ गते, २०८२ - ०९:१९
म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...
पौष ६ गते, २०८२ - ०८:५४
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...
पौष ६ गते, २०८२ - ०८:४८
काठमाडौं । अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभा...
पौष ६ गते, २०८२ - ०८:४३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कडा शब्दमा चुनावी सरकारको आलोचना गर्दै एमाले नेतृत्वलाई निसाना बनाइएको खण्डमा 'देश ठप्प पार्न...
पौष ६ गते, २०८२ - ०७:५७
मोरङ । उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ । स्वदेशमै केही गर्ने उद्देश्यका सा...
पौष ६ गते, २०८२ - ०७:१८
काठमाडौँ । नेपालकी तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छन्। शनिबार भएक...
पौष ६ गते, २०८२ - ०७:१३
सुर्खेत। कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका ला...
पौष ६ गते, २०८२ - ०७:११
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै...
पौष ६ गते, २०८२ - ०७:०४
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्ष...




प्रतिकृया लेख्नुहोस्: