भोजपुर । ऐतिहासिक निशान भवगती मन्दिरको करिब २१ वर्षपछि नेपाली सेनाले जीर्णोद्धार गरेको छ। पृथ्वीनारायण शाहले नेपाल एकीकरणको समयमा १८२६ मा स्थापना भएको मन्दिर संरक्षणअभावमा जीर्ण बनेको थियो। जीर्णोद्धार गरिएको मन्दिरको नेपाली सेनाका सहायक रथी महेशकुमार थापाले शनिबार उद्घाटन गरे।
मन्दिर नेपालीको सेनाको फष्ट रैफल गण भोजपुरको पहलमा पुनः निर्माण गरिएको हो। मन्दिरको पुननिर्माणले भोजपुरको इतिहासलाई जोगाउन सहयोग पुग्ने स्थानीय परशुराम तिवारीले बताए। ‘यो भोजपुरको इतिहास बोकेको मन्दिर हो’ उनले भने,‘ सेनाले जीर्णद्धार गरेर उद्घाटन पनि भयो। यसले यहाँको इतिहास संरक्षणमा टेवा मिलेको छ।’
२१ लाख २६ हजार ४५४ रुपैयाँ लागतमा मन्दिरको पुनर्निर्माण सम्पन्न भएको फर्स्ट राइफल गण भोजपुरका प्रमुख विश्वनाथ तिमल्सेनाले जानकारी दिए। नेपाली सेनाबाट १५ लाख, स्थानीय तहसँगै विभिन्न संघ संस्था तथा मन्दिर व्यवस्थापन समितिबाट पाँच लाख ४५ हजार र बाँकी गणको आन्तरिक स्रोतबाट खर्च गरिएको उनको भनाइ छ।
मन्दिरको उद्घाटन गर्दै नेपाली सेनाका सहायक रथी महेशकुमार थापाले सेनाले पौराणिक महत्त्व र इतिहास बोकेका ठाउँहरुको संरक्षण गर्दै लैजाने नीति अनुसार मन्दिरको संरक्षण गरेको बताए । ‘सेनाले एक कार्यक्रम नै अघि सारेर पौराणिक महत्त्व र इतिहास बाकेको स्थलको संरक्षण गर्दै आएको छ’ उनले भने,‘ यही कार्यक्रम अनुसार सेना र स्थानीयको सहयोगमा यो मन्दिरको जीर्णोद्धार गरेका छौँ।’
भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले मन्दिरको निर्माणमा नेपाली सेनाले खेलेको भूमिका उल्लेख्य रहेको बताए। आगामी दिनमा संरक्षणको लागि पूर्ण स्वामित्व लिन नगरपालिका तयार रहेको बताए। यस्ता इतिहास बोकेका ठाउँको संरक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ छ।
विगतमा गरुण दल गुल्म रहँदासम्म यहाँ भव्य पूजाआजा हुने गरे पनि गुल्म स्थानान्तरण भएपछि मन्दिर संरक्षणविहीन बन्दै आएको थियो। जीर्णोद्धारपश्चात् मन्दिरमा चाँडै निशान भगवती स्थापना हुने भएपछि स्थानीयवासी थप उत्साहित भएका छन्।
विगतमा भएको निशान भगवती मन्दिर भत्किएपछि २०६९ सालमा जीर्णोद्धार गरेर अर्को मन्दिर स्थापना गरिएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...
चैत्र ४ गते, २०८२ - ०७:१६
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...
चैत्र ४ गते, २०८२ - ०७:०९
दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...
चैत्र ४ गते, २०८२ - ०७:०७
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...


प्रतिकृया लेख्नुहोस्: