Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

सुगन्धकोकिलाको उत्पादनमा गिरावट

खबरडबली संवाददाता

दाङ । विश्वमै लोपोन्मुख अवस्थामा रहेको सुगन्धकोकिला (मल्लागिरि’ को उत्पादन यस वर्ष घटेको छ । हावाहुरीले फूल झारिदिएपछि दाङ तुलसीपुर उपमहानगरपालिपका–१९ छिल्लीकोटमा पाइने सुगन्धकोकिलाको उत्पादनमा गिरावट आएको हो । विगतका वर्षमा पाँच सय क्विन्टल सुगन्धकोकिला उत्पादन हुने गरेकोमा पछिल्लो दुई वर्षमा उत्पादन घटेको स्थानीयले बताएका छन् ।

विगतमा पाँच सय क्विन्टल उत्पादन हुने गरेको भए पनि यस वर्ष करिब ५० क्विन्टल मात्रै उत्पादन भएको स्थानीय प्रवीर पुनले बताए । “विगतमा वर्षमा पाँच सय क्विन्टलसम्म हामीले मल्लागिरि बिक्री गर्थियौँ”, उनले भने, “गएको वर्ष पनि बर्सातले गर्दा फूल झारिदिएपछि दुई सय ५० क्विन्टल मात्रै उत्पादन भएको थियो, यस जर्ष झन घटेर ५० क्विन्टलभन्दा बढी उत्पादन हुन सकेन ।”

विश्वमै लोपोन्मुख मानिएको उक्त प्रजातिको वनस्पति छिल्लीकोटमा पाइन्छ । त्यसले नै त्यहाँको जीवनस्तरमाथि उठाउने गरेको हो । सुगन्धकोकिला प्रतिकिलो रु पाँचसयमा बिक्री हुँदै आएको छ । “हामीले रु पाँचसयमा सुगन्धकोकिला बिक्री गर्ने गर्छौँ तर यहाँबाट लिएर साहुले रु छ सय प्रतिकिलोमा बाहिर पठाउँछन्”, उनले भने, “घोराहीमा व्यापारीसँग सम्पर्क गरेर त्यहाँबाट सुगन्धकोकिला बिक्री गर्ने गरिन्छ ।” 

सुगन्धकोकिला बाहिरी देशमा पठाइने गरिन्छ । यहाँबाट कच्चा सुगन्धकोकिला लगेपछि के–के वनछ, भन्ने कुरा आफूहरुलाई थाहा नभएको स्थानीयवासी जीवराज रेउलेले बताए । “यहाँबाट हामीले कच्चापदार्थ बेच्छौँ, त्यसबाट उच्चस्तरको सेन्ट, अगरबत्ती बनाउन प्रयोग हुन्छ, भन्ने सुनिएको छ”, उनले भने, “तर, अरु केमा प्रयोग हुन्छ, भन्ने कुरा आफूहरुलाई पनि त्यति जानकारी नै छैन ।”

एउटा रुखले दुईसय किलोसम्म सुगन्धकोकिला उत्पादन हुने गरेपनि यस वर्ष भने बर्सातले आम्दानी घटेको कृषक कृष्ण रेउलेले बताउुनभयो । विगतमा एउटै रुखबाट रु ४० हजारदेखि दुई लाखसम्म आम्दानी गर्ने गरिन्थ्यो । छिल्लीकोटका दश गाउँका एक सय ३५ घरले नै सुगन्धकोकिलाबाट आश्रित छन् । प्रत्येकको घरमा दशभन्दा बढी सुगन्धकोकिलाका रुख छन् भने सामुदायिक वनमा पनि सुगन्धकोकिलाका रुख रहेका छन् । 

सामुदायिक वनमा रहेको सुगन्धकोकिलालाई गाउँलेले सामूहिक आम्दानी लिने गरेको कृषक प्रवीरले बताए । कहिलेकाहीँ, त्यहाँ उत्पादन भएको सुगन्धकोकिलाले बजार नपाउने पनि समस्या भएकाले त्यसका लागि चिस्यान केन्द्र स्थापना गरिदिनुपर्ने उनीहरुको माग छ ।

लोपोन्मुख अवस्थामा रहेको सुगन्धकोकिलालाई संरक्षण गर्न पनि राज्यले ध्यान दिन नसकेको गुनासो गर्दै उनले भने, “पहिले–पहिलेका रुख पनि सुक्दै जान थालिसकेका छन्, हामीले संरक्षणका लागि केही बिरुवा त रोपेका छौैँ यसमा सरकारले पनि संरक्षणका लागि पहल गरिदिएमा यहाँका बासिन्दाको आम्दानीको स्रोत पनि बढ्ने र रुख पनि संरक्षण हुने थिए ।”

पछिल्लो समय वन कार्यालयले त्यहाँ केही रुख रोपे पनि त्यसलाई संरक्षण गर्न कुनै चासो नदेखाएको पुनको भनाइ थियो । सुगन्धकोकिला पवित्र हुने भएकाले धार्मिक कार्यका लागि प्रयोगमा ल्याउनुका साथै यसको पातबाट तेलसमेत निकाल्न सकिने र पीपलपछि दोस्रो बढी अक्सिजन दिने रुखका रुपमासमेत रहेकाले यसको संरक्षण आवश्यक रहेको अर्का स्थानीयवासी पूर्ण पुनले बताए ।

सुगन्धकोकिला समुद्र सतहदेखि १५ मिटरको दूरीमा हिमालको हावा बहने जङ्गलमा  फष्टाउने गर्छ । बिरुवा रोपेको चार वर्षदेखि नै यसले उत्पादन दिन सक्ने र यसलाई अलि व्यवस्थित गर्न सकिए देशलाई नै आर्थिक हिसाबले टेवा पुग्ने उनको भनाइ थियो ।

अहिले जङ्गलमा रहेका नयाँ रुखलाई जोगाउने कार्यमा आफूहरु सक्रिय रहेको स्थानीयवासीको भनाइ छ । छिल्लीकोटमा एक सय छ परिवार छन् । ती सबैले मल्लागिरिबाटै आफ्नो जीवन चलाउने गरेका छन् । मल्लागिरिको बोक्राबाट विभिन्न प्रकारका सेन्ट, अगरबत्ती निर्माणका लागि प्रयोग गरिन्छ भने मल्लागिरिको गेँडाबाट तेल बनाउन प्रयोग हुन्छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाबुराम भट्टराई किन जाँदैछन् भारत ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...

हाम्रो समाजलाई शान्ति र सद्भावको ठुलो आवश्यकता छ : प्रचण्ड

काठमाडौं । अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभा...

ओलीको अभिव्यक्तिको संकेत- शक्तिप्रदर्शन या प्रश्न छल्ने चाल ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कडा शब्दमा चुनावी सरकारको आलोचना गर्दै एमाले नेतृत्वलाई निसाना बनाइएको खण्डमा 'देश ठप्प पार्न...

पसिनाका गन्धमा सफलता खोज्न तिवारी

मोरङ । उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ । स्वदेशमै केही गर्ने उद्देश्यका सा...

नेपालकी तेक्वान्दो खेलाडी वैभवीले भारतमा जितिन् तीन स्वर्ण

काठमाडौँ । नेपालकी तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छन्। शनिबार भएक...

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै

सुर्खेत। कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका ला...

निर्वाचन ७४ दिन बाँकी- प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै...

अनियमित मौसमका कारण यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्ष...

बिकेन कागती दाना, विकल्पमा रस र चुक बनाउँदै

स्याङ्जा। यहाँ उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका छन् । स्याङ्जाको वालिङ नगरपालिकाका विभिन्न ठाउँमा व्यावसायिक रूपमा उत्पादन भएक...

समपूरक र विशेष अनुदानका लागि आयोजना प्रस्ताव गर्न आग्रह

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका र नगरपालिकालाई सङ्घीय समपूरक अनुदान र विशेष अनुदानका लागि कार्यक्रम प्रस्ताव गर्न ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending