Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri

करोडौँ लागतमा बनेको बसपार्क प्रयोगविहीन

खबरडबली संवाददाता

बागलुङ । बागलुङमा धमाधम बजार विस्तार भइरहेका छन् । बढ्दो सहरीकरणका कारण बजार क्षेत्रमा यातायातका साधनको चाप पनि उस्तै छ । कुश्मिसेरा, बुर्तिबाङ, बरेङ, गलकोट, बडिगाडलगायत ठाउँ सडकले जोडिएपछि बजारले ठूलो रुप लिँदै छ । ती क्षेत्रमा बसपार्कको आवश्यकता बढ्दै गएको छ ।

जिल्ला सदरमुकाम बागलुङ बजारमा पनि बसपार्कको आवश्यकता खड्किएको वर्षौँदेखि हो । त्यही आवश्यकतालाई मध्यनजर गरी नयाँ आधुनिक बसपार्क बन्यो । बागलुङ नगरपालिका–४ मा निर्माण गरिएको आधुनिक बागलुङ बसपार्क निर्माण सम्पन्न भएको दुई वर्ष बित्नै लाग्दा पनि कहिले सञ्चालनमा आउँछ भन्ने निश्चित छैन । 

अघिल्लो वर्ष असारमा बसपार्क निर्माण भएको थियो । बसपार्कसँगै यहाँ सुविधासम्पन्न टर्मिनल भवन बनेको छ । बसपार्क सञ्चालनमा नआउँदा यहाँ बनेका संरचना जीर्ण बन्दैछ । तर बसपार्क सञ्चालनमा ल्याउने स्पष्ट खाका बागलुङ नगरपालिकाले अझै बनाउन सकेको छैन ।

बजार क्षेत्रमा बढ्दो सवारी चापले गर्दा दुर्घटना जोखिम उत्तिकै बढेको छ । बसपार्क छिटो सञ्चालनमा ल्याउनुपर्ने स्थानीयले माग गर्दै आए पनि सम्बन्धित निकायले सुनेको छैन । बसपार्क सञ्चालनमा आए बागलुङ बजारको सौन्दर्यता बढ्ने देखिन्छ । जग्गादाता र बागलुङ नगरपालिकाबीच भएको सहमति कार्यान्वयन नहुँदा अहिलेसम्म बसपार्क सञ्चालनमा आउन नसकेको स्थानीयको भनाइ छ । बसपार्क सञ्चालनमा आउनुअघि सम्झौता कार्यान्वयन गर्नुपर्ने स्थानीय गोविन्दबहादुर जिसीको भनाइ छ ।

स्थानीयले बागलुङ नगरपालिकासँग १२ बुँदे सम्झौता गरी ५२ रोपनी जग्गा निःशुल्क दिएका थिए । त्यसमध्ये १७ रोपनी जग्गामा बसपार्क निर्माण गरिएको छ ।

नगरपालिकासँगको सम्झौतामा उनीहरूले बसपार्क निर्माण गर्न जग्गा दिएवापत त्यस क्षेत्रमा बाँकी रहेको ३५ रोपनी जग्गालाई घडेरी बनाइदिनुपर्ने, बाटोको निकास दिनुपर्नेलगायतका १२ बुँदे सम्झौता भएको थियो ।

जिसी भन्छन्, “यो बसपार्क निर्माणका लागि हामी विसं २०५९ देखि नै लागेका हौँ, जग्गा व्यवस्थापन गर्न धेरै समय लाग्यो, धेरै समयपछि बसपार्क पनि निर्माण भयो, अब सञ्चालनमा आउँछ भन्ने अपेक्षा थियो, तर अहिलेसम्म संरचना बने पनि बस चल्न सकेका छैनन्, नगरपालिकाले सम्झौता कार्यान्वयन नगर्दा अहिले यो परिस्थिति सिर्जना भएको छ ।”

जिसीले बसपार्क सञ्चालन गर्न स्थानीयले कुनै पनि अवरोध नगरेको बताए । नगरपालिकाले काम गर्न नसक्दा यो समस्या भएको उनको भनाइ छ । बसपार्क बनेर बाँकी रहेको जग्गा स्थानीयलाई फिर्ता गर्नुपर्ने उनी बताउँछन् । संरचना बने पनि यत्तिकै रहिरहनु दुःखद् भएको जिसीको भनाइ छ ।

स्थानीय सन्तोष जिसीले सम्झौता कार्यान्वयन गर्न नसक्दा बसपार्क सञ्चालनमा आउन नसकेको बताए ।

उनले नगरपालिकाले जग्गा फिर्ता नगरिदिँदा आफूहरूले जग्गामा अन्नबाली उब्जाउ गर्न नपाएको, जग्गा धितो राखेर अन्य व्यवसाय गर्न नपाएको, छोराछोरी तथा आफन्तलाई पढाउन नसकेकोलगायतका समस्या भोग्नुपरेको गुनासो पोखे ।

“बसपार्क बनेपछि यस क्षेत्रका जनतालाई सुविधा होला, बजार व्यवस्थित होला भन्ने लागेर जग्गा दिएका थियौँ, पालिकाले सम्झौता कार्यान्वयन नगर्दा हामी स्थानीयवासी ठूलो समस्यामा परेका छौँ”, उनले भने, “बसपार्क पुग्ने सडक साढे चार मिटर भनिएको थियो छ मिटर बनाएको छ, सबैतिरबाट स्थानीय नै मारमा पर्ने स्थिति आउँदा पनि बसपार्क सञ्चालन गर्न दिएका थियौँ ।”

बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले बसपार्क सञ्चालनका विषयमा लामो समयदेखि छलफल भइरहेको बताए । बसपार्क निर्माणका सन्दर्भमा विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा परेकाले नगरपालिकालाई काम गर्न केही असहज भएको नगरप्रमुख श्रेष्ठको भनाइ छ । बसपार्क सञ्चालनमा नआउँदा नगरले बर्सेनि ब्याजका रूपमा करोडौँ गुमाएकाले छिट्टै सञ्चालनमा ल्याउने उनी बताउँछन् ।

बसपार्क नगर विकास कोषको रु आठ करोड ७० लाख ऋण लगानीमा निर्माण गरिएको थियो । बसपार्कको आशिष फेवा जेभीले निर्माणको ठेक्का लिएर काम गरेको थियो । आधुनिक बसपार्कसँगै यहाँ टर्मिनल, व्यापारिक भवन, भूमिगत ट्याक्सी तथा मोटरसाइकल पार्किङ र ग्यारेजसमेत निर्माण गरिएको छ । यहाँ ६० ठूला बस, १० माइक्रोबस एकैसाथ अटाउने छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending