काठमाडौं । नेपालका अध्यागमन अधिकारीहरूले गत वर्ष (सन् २०२२) नेपालबाट साढे पाँच सयभन्दा बढी विदेशी नागरिकहरूलाई “तोकिएको अवधि”सम्म नेपाल फर्कन नपाउनेगरी निष्कासन गरिएको जानकारी दिएका छन्।
उनीहरूका भनाइमा त्यसरी निष्कासन गरिएकामध्ये अधिकांश “भिसा नलिइकन” वा भिसा अवधि सकिएपछि “नवीकरण नगरिकन” नेपालमा बसिरहेका विदेशी नागरिक छन्।
त्यसबाहेक विभिन्न कसूरमा सजाय पाएका विदेशीलाई पनि “निश्चित अवधि नेपाल आउन नपाउनेगरी” फिर्ता पठाइएको छ। त्यसरी निष्कासनमा परेका विदेशीमा नेपालका सिमाना जोडिएका छिमेकी मुलुकदेखि विभिन्न तीन दर्जनभन्दा बढी देशका भएको अधिकारीहरूको भनाइ छ।
उनीहरूलाई नेपालको अध्यागमन कानुनअनुसार निष्कासन गरेर त्यसको विवरण सुरक्षा निकायमा समेत पठाइएको अधिकारीहरूले बताए।
अध्यागमन विभागका सूचना अधिकारीसमेत रहेका निर्देशक कमलप्रसाद पाण्डेले दिएको जानकारी अनुसार सन् २०२२ मा नेपालबाट कुल ५६४ जना विदेशी नागरिकहरू निष्कासनमा परेका छन्।
त्यसमध्ये ५०४ जना भिसा अवधि सकिएर पनि नेपालमा विनाभिसा बसोबास गरिरहेकाहरू छन्। अन्य ६० जना चाहिँ विभिन्न कसूरमा सजाय पाएका व्यक्तिहरू रहेको पाण्डेले बीबीसीलाई बताए।
“हाम्रोमा प्राय: भिसा सकिएर बस्नेहरू धेरै हुने प्रवृत्ति देखिएको छ तर उल्लेख्य सङ्ख्यामा अन्य कसूरहरूमा संलग्न पनि देखिएका छन्,” उनले भने।
त्यस्ता कसूरमा हत्या, बलात्कारजस्ता जघन्य अपराधदेखि ठगी तथा ब्याङ्किङ कसूरसम्म रहेका छन्। पाण्डेका अनुसार गएको एक वर्षमा नेपालबाट निष्कासनमा पर्ने कुल विदेशीमध्ये सबैभन्दा धेरै चिनियाँहरू रहेका छन्।
उनले भने, “धेरै चिनियाँहरूले नेपालमा ओभरस्टे (भिसा अवधि सकिएपछि नवीकरण नगराइ बसेका) गरेको देखियो।” विभागको विवरण अनुसार गत वर्ष १९० जना चिनियाँ नागरिकहरूलाई नेपालबाट निष्कासन गरिएको छ।
चिनियाँपछि सबैभन्दा धेरै निष्कासनमा पर्नेहरूमा अमेरिकी नागरिकहरू रहेका छन्। गत वर्ष ४४ जना अमेरिकीहरू नेपालबाट निष्कासनमा परेको पाण्डेले बताए। त्यस्तै यूकेका ३०, फ्रान्सका १९ र क्यानडा १७ जना निष्कासनमा परेका छन्।
पाण्डेले दिएको जानकारी अनुसार १० जना वा त्यसभन्दा बढी नागरिक निष्कासनमा परेका अन्य देशहरूमा उज्वेकिस्तान, जर्मनी, दक्षिण कोरिया, रुस र अस्ट्रेलिया रहेका छन्। बीबीसी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...
चैत्र ४ गते, २०८२ - ०७:१६
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...
चैत्र ४ गते, २०८२ - ०७:०९
दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...
चैत्र ४ गते, २०८२ - ०७:०७
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...


प्रतिकृया लेख्नुहोस्: