Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

राप्रपा बाहिरिएपछि गण्डकी सरकार संकटमा

खबरडबली संवाददाता

पोखरा । केन्द्रको समीकरण फेरिएसँगै गण्डकी प्रदेशमा पनि नेकपा (एमाले) नेतृत्वको सरकारमाथि संकट उत्पन्न हुने भएको छ । सत्तारुढ दल राप्रपाका मन्त्रीहरुले केन्द्रमा राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै त्यसको असर गण्डकीमा पनि परेको हो । गण्डकी प्रदेश सभामा राप्रपाबाट २ सदस्यको प्रतिनिधित्व छ ।

राप्रपाबाट सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बनेका पञ्चराम गुरुङ सरकारमा छन् । अर्का सांसद बिन्दु पहाडी हुन् । दुवै समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद हुन् ।

संसदीय दलका नेता एवं मन्त्री पञ्चराम गुरुङले केन्द्रको निर्णय शिरोपर गर्नुपर्ने भन्दै त्यस’ आइतबार निर्णय आउने जानकारी दिए । उनले भने, ‘हामीहरु केन्द्रको निर्णयको शिरोपर गर्नुपर्ने हुन्छ । अब के कसरी जाने भन्ने’दयगत बैठक बसेर निर्णय लिन्छौं ।’ सम्भवत राप्रपाले आइतबार राजीनामा बुझाएर सरकारबाट बाहिरिने संकेत गरेको छ ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहीरहनु अनुपयुक्त हुने ठहर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने र प्रदेश सरकारमा पनि यसैबमोजिमको दृष्टिकोणले रहेकोले समर्थन फिर्ता लिने र प्रदेश सरकारबाट समेत बाहिरिने निर्णय गरेको थियो ।

सत्तारुढ राप्रपा सरकारबाट बाहिरिएपछि एमाले नेतृत्वको सरकार संकटमा पर्नेछ । गण्डकीमा गत २५ पुसमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी एमाले, माओवादी, राप्रपा र एकीकृत समाजवादीका १ सांसद गरी ३३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधान १६८ ९२० बमोजिम उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । संसदमा विश्वासको मत लिंदा ३१ सदस्यले पक्षमा मतदान दिएका थिए ।

६० सदस्यीय प्रदेश सभामा ३६ सिट प्रत्यक्ष तथा २४ सिट समानुपातिक निर्वाचन प्रणालीबाट सदस्य चुनिएका छन् । जसमध्ये नेपाली कांग्रेस २७ सिटसहित सबैभन्दा ठूलो पार्टी हो । दोस्रो स्थानमा रहेको एमाले २२, माओवादी केन्द्र ८, राप्रपा २ र स्वतन्त्र १ ९पछि एकीकृत समाजवादीमा प्रवेश० सदस्य छन् । बहुमतका लागि ३१ सिट आवश्यक पर्छ ।

गण्डकीमा हाल ७ सदस्यीय मन्त्रिमण्डलमा सुरुआतमै बिस्तारित ४ सदस्यीय मन्त्रिमण्डलमा सत्तारुढ राप्रपाबाट स्याङ्जाका पञ्चराम विनाविभागीय मन्त्री नियुक्त भएका थिए ।

प्रधानमन्त्री एवं माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने गरी शुक्रबारमात्र एमाले गठबन्धनबाट पुरानै गठबन्धनमा फर्किएपछि राजनीति नयाँ शिरामा गएको हो । सत्तारुढ एमालेले भने राष्ट्रपति चुनावसम्म सरकारमै रहीरहने जनाइसकेको छ ।

एमालेपछि अब कांग्रेस नेतृत्वको सरकार यहाँ बन्ने देखिन्छ । कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे भावी मुख्यमन्त्री नियुक्त हुन सक्ने छन् । यो समाचार राजधानी दैनिकमा छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँच महिनामा थपियो सवा खर्ब सार्वजनिक ऋण

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा करिब सवा खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार सार्व...

रवि–बालेन अब ‘एउटै गाडी’मा

काठमाडौं । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थिति र आसन्न निर्वाचनलाई केन्द्रमा राखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठ...

दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी । यहाँको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्र...

रवि र बालेनबीच ‘वान–टु–वान’ वार्ता, निवासमा भेट गराएका आशिफले भने : कथाको सुखद् सुरूआत भएको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच करिब ६ घण्टा ‘वान–टु–वान’ ...

मेची भन्सार कार्यालयः पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्...

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा। गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । एक सय ३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्...

चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट

काठमाडौँ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गएको पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ को सातौँ ...

शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित, विद्यालयमा बिदा

रौतहट। विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका...

निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौँ । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending