Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri

इटलीमा आप्रवासीहरू सवार डुङ्गा दुर्घटना, करिब ६० जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । दक्षिणी इटलीको समुन्द्रमा मौसम बिग्रिएर डुङ्गा डुबेपछि १२ बालबालिकासहित कम्तीमा ५९ जना आप्रवासीहरूको मृत्यु भएको छ। दुर्घटनामा परी दर्जनौँ मानिस बेपत्ता भएको आशङ्का गरिएको छ।

कलाब्रिया क्षेत्रको तटीय सहर क्रोटोन नजिकै रोक्ने क्रममा जहाज टुक्रा टुक्रा भएको थियो। घटनापछि बाँचेका यात्रुले त्यसमा कम्तीमा १५० जना सवार रहेको बताएका छन्।

उनीहरूमध्ये धेरै आफ्नो देशभित्रको कठिन अवस्थाका कारण पलायन भइरहेको इटलीका राष्ट्रपतिले बताए। घटनास्थलमा पुगेका आन्तरिक मन्त्री माटेओ पियानटेडोजीले ३० जना अझै बेपत्ता रहेको हुनसक्ने बताए।

इटलीको आन्सा समाचार एजेन्सीका अनुसार मृतकमध्ये केही महिनाको एउटा बच्चासमेत रहेको ठानिएको छ। शवहरू नजिकैको समुद्र तटबाट निकालिएको थियो। तट रक्षकले "डुबेपछि किनारसम्म पुग्न सफल भएका" सहित ८० जना मानिस जीवितै फेला पारेको जनाएको छ।

यद्यपि, डुङ्गा दुर्घटना हुँदा त्यसमा कति मानिस थिए भन्नेबारे यकिन सङ्ख्या स्पष्ट छैन। उद्धारकर्मीहरूले एएफपी समाचार एजेन्सीसँग उक्त डुङ्गाले "दुई सयभन्दा बढी मानिस" बोकेको बताएका छन्।

त्यसो हो भने अझै ६० भन्दा बढी मान्छे भेटिएका छैनन्। केही दिनअघि टर्कीबाट प्रस्थान गरेको उक्त डुङ्गामा अफगानिस्तान, पाकिस्तान, सोमालिया र इरानका यात्रु थिए। द्वन्द्व वा गरिबी छल्न भाग्ने थुप्रै मानिसहरू हरेक वर्ष अफ्रिका हुँदै इटली पुग्ने गरेका छन्।

प्रतिकुल मौसमका कारण चट्टानमा ठोक्किएपछि जहाज डुबेको विवरणहरू सार्वजनिक भएको छ। घटना लगत्तै समुद्रभित्र र बाहिर खोजी तथा उद्धार अभियान सुरु गरिएको छ। सार्वजनिक भएको एउटा भिडिओको अंशमा टुक्रा टुक्रा भएको काठको भग्नावशेष समुद्री तटसम्म पुगेको देखिन्छ।

जीवितहरू रेडक्रसका कर्मचारीको सहयोगमा सिरक भित्र एकसाथ बसिरहका देखिन्छन्। दुर्घटनामा परेका कतिपयलाई अस्पताल पुर्‍याइएको छ। "त्यहाँ त्यसअघि पनि डुङ्गा अवतरण भएका थिए तर यस्तो दुखद घटना कहिल्यै भएको थिएन," क्रुटोका मेयर एन्टोनियो सेरासोले राई न्यूजसँग भनेका छन्।

गत वर्ष निर्वाचित इटालीकी प्रधानमन्त्री जोर्जा मलोनीले देशमा आप्रवासीहरूको आगमन रोक्ने प्रतिबद्धता जनाएकी थिइन्। उनले घटनाप्रति "गहिरो दुःख" व्यक्त गरिन् र यस्तो हुनुमा तस्करहरू जिम्मेवार रहेको बताइन्।

"सुरक्षित यात्राको झुटो आशामा खरिद गरेको 'टिकट'को मूल्यसँग मानिसको जीवन साट्नु अमानवीय काम हो। सरकार यस्तो क्रम रोक्न प्रतिबद्ध छ," उनले एक विज्ञप्तिमा भनेकी छन्।

मेलोनीको दक्षिणपन्थी सरकारले आप्रवासीलाई इटलीको तटहरूमा पुग्न रोक्ने वाचा गरेको छ र पछिल्ला दिनहरूमा नयाँ कडा कानुनको आधारमा उद्धारसम्बन्धी नियमहरूलाई कडा बनाइएको छ।

इटालीका पूर्व अर्थमन्त्री कार्लो क्यालेन्डाले समुद्रमा कठिनाइमा परेका मानिसहरूलाई "जस्तोसुकै मूल्य चुकाएर" उद्धार गर्नुपर्ने तर, "आगमनका अवैध मार्गहरू बन्द गरिनुपर्ने" बताए।

युरोपेली आयोगकी प्रमुख उर्जुला फोनदेर लाइनले "निर्दोष आप्रवासीहरूले ज्यान गुमाएको दुःखद घटना"का कारण आफू "गहिरो शोकमा" रहेको बताइन्। उनले युरोपमा आप्रवासनका चुनौतीहरूको सामना गर्न, ईयूले शरणार्थीसम्बन्धी नियमहरू सुधार गर्ने "प्रयासहरू तीव्र बनाउनु" महत्त्वपूर्ण भएको बताइन्।

निरीक्षण समूहका अनुसार सन् २०१४ देखि मध्य भूमध्य सागरमा डुबेर २० हजारभन्दा बढी मानिसको मृत्यु भएको वा बेपत्ता भएका छन्।

त्यहाँ खोज र उद्धार कार्य आयोजना गर्ने माइग्रेन्ट अफशोर एड स्टेसनकी निर्देशक रेजिना क्याट्राम्बोनले युरोपेली देशहरूले अप्ठेरोमा परेकाहरूलाई मद्दत गर्न एकजुट भएर काम गर्नुपर्ने बीबीसीसँग बताइन्।

उनले यस अवस्थाको "अस्पष्ट चित्र" को अन्त्य गर्न आह्वान गर्दै त्यसका लागि अफ्रिका र मध्यपूर्वसँग भौतिक रूपमा नजिक रहेका देशहरूले नेतृत्व लिनुपर्ने बताइन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending