Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

चितवन मेडिकल कलेजमा नवजात शिशुको मुटुको जटिल शल्यक्रिया

खबरडबली संवाददाता

चितवन । नवजात शिशुको मुटुको जटिल शल्यक्रिया सफल भएको छ । भरतपुर महानगरपालिका–१ ठिमुराका २४ वर्षीय मिलन प्रजा र २० वर्षीया सविता प्रजाकी ३५ दिनकी  शिशु महिमा प्रजाको मुटुको डि–टिजिए ९डेस्ट्रो ट्रान्सपोजिसन अफ ग्रेट आर्टरिज०को शल्यक्रिया सफल भएको हो ।

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा कार्डियोथोरासिस तथा भाष्कुलर सर्जन प्रा डा अनिल आचार्य नेतृत्वको टोलीले शिशुको  शल्यक्रिया गरेको हो । डिटिजिए शल्यक्रिया नेपालमा सफल भएको यो तेस्रो घटना भएको प्रा डा आचार्यले बताए । उनले भने, “मलाई थाहा भएसम्म नेपालमा यस्तो प्रकृतिको शल्यक्रिया सफल भएको यो तेस्रो हो । यस्ता प्रकृतिको शल्यक्रिया गर्दा मृत्युदर ९० प्रतिशतसम्म हुन्छ ।”

उनका अनुसार मानिसको मुटुको तल्लो दाहिने कोठाबाट फोक्सोमा रगत जाने रक्तनली हुने र देब्रेतिरको तल्लो कोठाबाट शरीरमा रगत जाने रक्तनली हुन्छन् । दाहिनेतर्फ फोक्सोमा गएको रगत शुद्ध भएपछि देब्रे कोठामा आएर देब्रे कोठाले शुद्ध रगत शरीरमा पठाउनुपर्नेमा महिलाको रक्तनली ठीक उल्टो भएको उनले बताए ।
 
यस्तो प्रकृतिको शल्यक्रियामा कोरोनरी आर्टरिजका नलीहरूको समेत ठाउँ बदल्नुपर्ने जनाउँदै प्रा डा आचार्यले भने, “त्यो पनि हामीले ठाउँ बदल्यौँ ।” महिमामा अब कुनै समस्या नरहेको उनको भनाइ छ । 
 
नवजात शिशुलाई बेहोस बनाएर शल्यक्रिया गर्न निकै जटिल हुने भन्दै उनले त्यसमाथि मुटुजस्तो संवेदनशील अङ्गको शल्यक्रिया झनै जटिल हुने बताए ।  गत माघ २३ अस्पताल भर्ना भएकी महिमाको २५ गते शल्यक्रिया गरिएको हो । शल्यक्रियामा प्रा डा आचार्यसहित डा अल्का सिंह, एनेस्थेसियोलोजिष्ट डा प्रवेश ज्ञवाली, परफूजनिस्ट ९शल्यक्रिया गर्दा मुटु र फोक्सो चलाउने मेसिन सञ्चालन गर्ने० गोविन्द बधनगरिया, बालरोग विशेषज्ञ डा विराज पराजुली नर्सहरूको टोली संलग्न थिए ।
 
भरतपुर अस्पतालका चिकित्सकले निमोनियाको शङ्का गरेर महिमालाई सिफारिस गरेका थिए । बीस दिन एनआइसीयूमा राखेर उपचारपछि महिलामा अहिले पूर्णरूपमा निको भएकी छिन् । उनलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ ।
 
यसैबीच खेती किसानी र ज्याला मजदुरी गर्ने मिलनलाई छोरीको उपचार गर्न आर्थिक अभाव भएको छ । हालसम्म पाँच लाखभन्दा बढी खर्च भइसकेको जनाउँदै उनले सरसापट गरेर उपचार गर्दै आएको बताए । काठमाडौँका सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र र  मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा १५ वर्षमुनि र ७५ वर्षमाथिकालाई मुटुको उपचार निःशुल्क हुने भए पनि उपत्यका बाहिर यो सुविधा सरकारले दिएको छैन ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसद पुनर्स्थापना रोजेर महाधिवेशन ढिलो गर्नु कांग्रेसका लागि गम्भीर रूपमा प्रत्युत्पादक: प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले संसद पुनर्स्थापनाको बाटो रोज्दै पार्टी महाधिवेशन ढिलो गर्नु कांग्रेसका लागि गम्भीर रूपमा प्रत्युत्पाद...

काठमाडौंमा उत्पादित रायो सागमा ९९ प्रतिशत विषादी, उपभोगका लागि पूर्ण अयोग्य

काठमाडौं । काठमाडौंमा उत्पादन भएको रायो सागमा उच्च मात्रामा विषादी भेटिएको छ। बिक्रीका लागि मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारमा ल्याइएको रायो साग...

सुनको मूल्य एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ। मंगलबार सुनको मूल्य एकैदिन ५ हजार ५ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन...

म्याग्दीमा ठेकदारको लापरबाही : कालोपत्र सडक तीन महिनामै उप्कियो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको तीन महिनामै उप्किएको छ । ठेकदारको लापरबाहीका कारण सडकका विभिन्न स्थानमा काल...

बंगलादेशमा अर्का नेता पनि गोली प्रहारबाट मारिए

काठमाडौं । बंगलादेशमा इन्कलाब मञ्चसँग आबद्ध विद्यार्थी नेता उस्मान हादीको हत्यापछि फेरि अर्का एक राजनीतिक नेतालाई सार्वजनिक स्थानमै गोली हानी हत्या गर...

माइतीघरमा हेटौँडा सडक विस्तारका पीडितको बाजासहित विरोध प्रदर्शन

काठमाडौँ । हेटौँडा सडक विस्तारका क्रममा प्रभावित भएका स्थानीयहरूले माइतीघर मण्डलामा बाजासहित विरोध प्रदर्शन गरेका छन्। हेटौँडामा २५ गज सडक सीमाभित्...

काठमाडौँ महानगरभित्रका १०७ विद्यालय खारेज गरिदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको क्षेत्रभित्र अनुमति लिएर पनि भौतिक रूपमा सञ्चालनमा नरहेका १०७ वटा विद्यालय फेला परेका छन्। महानगरपालिकाको नगर शिक्ष...

कांग्रेस लुम्बिनी प्रदेशले पठायो उम्मेदवारको सूची

भैरहवा। नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका उम्मेदवारका लागि जिल्लाबाट सिफारिस भएर आएका सबै नाम केन्द्रीय सम...

राप्रपाको प्रश्न: विदेशमा रहेका नेपालीले पैसा पठाउन पाउने, भोट हाल्न नपाउने किन ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...

ललितपुरको जंगलमा दुई जनाको हत्या प्रकरण: कारण बन्यो आर्थिक लेनदेन

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending