गोरखा । तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले एउटा कार्यक्रमको घोषणा गरेका थिए, ‘गाउँ–गाउँमा सहकारी, घर–घरमा भकारी।’
सरकारबाट १ लाख र गाविसबाट १ लाख अनुदान पाउने आसमा त्यस बेलाका प्रत्येक गाविसमा उपभोक्ता सहकारी गठन गरे। गोरखामा पनि २०६५ सालमा साबिक ५९ गाविसमा सहकारी गठन भएका थिए। माओवादी कार्यकर्ता मात्र आबद्ध ती संस्थामध्ये पाँचवटा बाहेक अरू डुबे।
गोरखामा विभिन्न वर्गका गरी ५ सय ३३ वटा सहकारी रहेको देखिन्छ। पालिकामा ४ सय ७५ र गण्डकी प्रदेशको सहकारी विभागमा दर्ता भएका ५६ वटा। सहकारीको मूल्यमान्यताअनुसार २ सय ८२ वटा मात्रै अस्तित्वमा छन्। २ सय ५१ वटा अस्तित्वमा छैनन्।
‘विभागमा ५६ सहकारी दर्ता भएकामध्ये १६ वटा मात्र नीति, नियम, विधि, विधानअनुसार चलेका छन्’, जिल्ला सहकारी संघ गोरखाका अध्यक्ष बाबुराम कोइराला भन्छन्, ‘बाँकी ४० वटा मृतप्रायः छन्। जिल्लाको सहकारीको अबस्था हेर्न यही तथ्यांक नै काफी छ।’
सहकारी ऐन २०७४ अद्यावधिक भएपछि सहकारी डिभिजन दमौलीले धार्चे गाउँपालिकालाई नौ संस्थाका फाइल हस्तान्तरण गरेको थियो। तीमध्ये ६ वटा कृषि सहकारी थिए। एउटा बहुउद्देश्यीय र दुइटा बचत तथा ऋण थिए।
यही वर्ष एउटा बहुउद्देश्यीय सहकारी संस्था दर्ता भएको छ। ती १० मध्ये सबैभन्दा कान्छोे सर्भे सुलभ बहुउद्देश्यीय सहकारी संस्था मात्र जीवित छ। नौवटा अस्तित्वमा नरहेको गाउँपालिकाको सहकारी शाखाको अभिलेखले देखाउँछ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: